प्रदेश नम्बर ५ मा झण्डै २ लाख मत बदर !

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १, २०७४
|
|
२३ पटक हेरिएको
Shares
प्रदेश नम्बर ५ मा झण्डै २ लाख मत बदर !

सारांश

  • प्रतिनिधि सभामा १ लाख, प्रदेश सभामा समेत ९० हजारभन्दा बढी मत बदर आचार्य प्रदीप बुटवल ।
  • मंसिर १० र २१ गते गरी २ चरणमा सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएको छ ।
  • प्रदेश नम्बर ५ मा २१ गत सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा १२ जिल्लामा प्रत्यक्षतर्फ खसेको कुल मतको ५।

प्रतिनिधि सभामा १ लाख, प्रदेश सभामा समेत ९० हजारभन्दा बढी मत बदर

आचार्य प्रदीप बुटवल । मंसिर १० र २१ गते गरी २ चरणमा सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएको छ । प्रदेश नम्बर ५ मा २१ गत सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा १२ जिल्लामा प्रत्यक्षतर्फ खसेको कुल मतको ५।०५ प्रतिशत मत बदर भएको छ । १२ जिल्लामा खसेको ३८ लाख ३३ हजार ४ सय २३ मतमध्ये १ लाख ९३ हजार ७ सय ४४ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन् । निर्वाचन कार्यालयका अधिकारीहरूका अनुसार यस पटकको प्रतिनिधि सभाको निर्वाचनमा १ लाख १ हजार ५ सय १५ मत बदर भएको छ भने प्रदेश सभामा ९२ हजार २ सय २९ मत बदर भएको छ ।

सबैभन्दा बढी प्युठान, रूपन्देही, कपिलवस्तु, दाङ, बाँकेलगायतका जिल्लामा अत्याधिक मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिममा प्रतिनिधि सभा र प्रदेशसभामा गरेर १५ हजार ११ मत बदर भएको छ । प्रतिनिधिसभामा १ लाख ६१ हजार ३ सय ८५ मत खसेकोमा ७ हजार ६ सय ७७ मत बदर भएका छ भने प्रदेशसभामा १ लाख ६१ हजार ३ सय ११ मत खसेकोमा ७ हजार ३ सय ३४ मत बदर भएको निर्वाचन कार्यालय परासीले जनाएको छ ।

रूपन्देहीमा पाँच सिटको लागि भएको प्रतिनिधि सभामा ३ लाख ९२ हजार ५ सय १९ मत खसेकोमा ३ लाख ७० हजार ४ सय मत सदर भएको छ भने २२ हजार १ सय १९ मत बदर भएको छ । प्रदेश सभामा दश सिटका लागि भएको मतदानमा १९ हजार ५ सय ८५ मत बदर भएको छ । जिल्लामा कुल मत बदर संख्या ४१ हजार ७ सय १ रहेको जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।

पाल्पा जिल्लामा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ लाख २३ हजार १ सय ६८ मत खसेकोमा २ हजार ८ सय ७० मत बदर भएको छ । प्रदेश सभातर्फ १ लाख २३ हजार २ सय ५ मत खसेकोमा २ हजार ३ सय ५१ मत बदर भएको छ । जिल्लामा प्रतिनिधि प्रदेश सभा गरेर २ लाख ६३ हजार ३ सय ७३ मत खसेकोमा ५ हजार २ सय २१ मत बदर भएको पाइएको छ ।

गुल्मी जिल्लामा प्रतिनिधि सभामा ३ हजार ९ सय १६ मत बदर भएको छ भने प्रदेश सभामा ३ हजार १ सय ५७ मत बदर भएको छ । गुल्मीमा प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेश सभा गरेर २ लाख ५६ हजार ५ सय ६१ मत खसेको थियो । प्रतिनिधि–प्रदेश गरेर ७ हजार ७३ मत बदर भएको गुल्मी निर्वाचन कार्यालयले जनाएको छ ।

अर्घाखाँचीमा एउटा प्रतिनिधि सभा रहेको छ । प्रदेश सभा भने दुई रहेका छन् । यो जिल्लामा प्रतिनिधि सभातर्फ ८८ हजार ३ सय ६२ मत खसेको थियो भने प्रदेश सभातर्फ ८४ हजार १ सय ७१ मत खसेको थियो । प्रतिनिधि सभातर्फ ३ हजार ४ सय ७१ मत बदर भयो । प्रदेश सभातर्फ ३ हजार ६५ मत बदर भएको छ । प्रतिनिधि–प्रदेशको गरी १ लाख ७२ हजार ५ सय ३३ मत खसेकोमा ६ हजार ५ सय ३६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

कपिलवस्तु जिल्लामा तीन प्रतिनिधि सभा तथा छ प्रदेश सभामा भएको निर्वाचनमा प्रतिनिधिसभाको लागि २ लाख ३० हजार ३ सय ५२ मत खसेकोमा १३ हजार ८ सय १४ मत वदर भएको छ । प्रदेश सभातर्फ भने २ लाख १६ हजार ४ सय ३० मत खसेको थियो । प्रदेश सभातर्फ पनि १४ हजार ८ सय ३ मत बदर भएको छ । प्रतिनिधि–प्रदेश सभामा जम्मा गरेर ४ लाख ६० हजार ५ सय ८६ मत खसेकोमा २८ हजार ६ सय १७ मत बदर भएको निर्वाचन कार्यलयले जनाएको छ ।

प्युठान एउटा प्रतिनिधि सभा तथा २ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको प्युठान जिल्लामा प्रतिनिधि सभामा ८८ हजार ९ सय ८१ मत खसेको थियो भने जसमा ८२ हजार ६ सय ४६ मत सदर रहेको छ भने बदर मत ६ हजार ३ सय ३५ मत बदर रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । प्रदेश सभातर्फ ८८ हजार ९ सय ४५ मत खसेकोमा ८३ हजार ७ सय ७९ मत सदर रहेको छ । जसमा ५ हजार १ सय ६६ मत बदर रहेको छ । जिल्लामा कुल ११ हजार ५ सय १ मत कुल बदर भएको छ । यता सबैभन्दा बढी प्रतिशत मत बदर प्युठान जिल्लामा भएको छ । जिल्लामा दुवै तर्फको निर्वाचनमा खसेको कुल १ लाख ७७ हजार ९ सय २६ मतमध्ये ११ हजार ५ सय १ मत बदर भएको छ । जुन ६ दशमलब ५ प्रतिशत हुन आउँछ ।

दाङ जिल्लामा तीन प्रतिनिधिसभाको लागि भएको निर्वाचनमा २ लाख २९ हजार २ सय ७७ मत खसेकोमा १३ हजार ७ सय १६ मत बदर भएको छ भने प्रदेशसभा ६ सिट तर्फ २ लाख २९ हजार २ सय ८० मत खसेकोमा ११ हजार ९ सय ६९ मत बदर भएको छ । प्रतिनिधि प्रदेश गरेर ४ लाख ५८ हजार ५ सय ५७ मत खसेकोमा ४ लाख ३२ हजार ८ सय ७२ मत सदर भएको र २५ हजार ६ सय ८५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

रुकुम पूर्वमा प्रतिनिधि र प्रदेशसभा गरेर १ हजार ८ सय ६३ मत बदर भएको छ । प्रतिनिधि सभामा १८ हजार १ सय ३२ मत खसेको थियो । यसमा १ हजार १ सय ८६ मत बदर भएको छ । प्रदेश सभाको २ सिटमा १८ हजार ८८ मत खसेकोमा ६ सय ७७ मत बदर भएको कार्यालयले जनाएको छ । रोल्पा रोल्पा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा ७० हजार ६ सय ५९ मत खसेकोमा ६५ हजार २ सय ९६ मत सदर भएको छ भने ५ हजार ३ सय ७३ मत बदर भएको छ । यस्तै प्रदेश सभातर्फ भने ७१ हजार १ सय ९५ मत खसेकोमा ४ हजार ७ सय ८० मत बदर भएको छ । तथा ६६ हजार ४ सय १५ सदर भएको पाइएको छ । जिल्लामा प्रतिनिधि–प्रदेश सभातर्फ गर्दा १० हजार १ सय ५३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 बाँके जिल्लामा तीन प्रतिनिधि सभाको लागि १ लाख ९६ हजार ४ सय ८० मत खसेको थियो भने १२ हजार ४ सय १ मत बदर भएको छ । प्रदेश सभाका लागि भएको मतदानमा १ लाख ९६ हजार ८ सय ६७ मत खसेको छ भने १२ हजार २ सय ३१ मत बदर भएको छ । जम्मा ३ लाख ९३ हजार ३ सय ४७ मत खसेको प्रत्यक्षतर्फ २४ हजार ७ सय ३२ मत वदर भएको बाँके निर्वाचन कार्यालयले जनाएको छ । बर्दिया बर्दिया जिल्लामा प्रतिनिधि सभामा १ लाख ९० हजार ७ सय ४२ मत खसेको छ भने प्रदेश सभामा १ लाख ९० हजार ५ सय ८९ मत गरेर ३ लाख ८१ हजार ३ सय ३१ मत खसेको छ ।

प्रतिनिधि सभामा ८ हजार ६ सय ३७ मत बदर भएको छ र प्रदेश सभामा ७ हजार १ सय १४ मत बदर भएको छ । प्रतिनिधि र प्रदेश सभा गरेर प्रत्यक्षतर्फ १५ हजार ७ सय ५१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ishwori Meshaamber Thapa

    Dukha lagdai6, kehile najanere ra kehile janerai huna sakchha.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?