भारतले मान्ला त नेपालको ‘इनर्जी बैकिङ’ को अवधारणा ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १२, २०७४
|
|
२८ पटक हेरिएको
Shares
भारतले मान्ला त नेपालको ‘इनर्जी बैकिङ’ को अवधारणा ?

सारांश

  • काठमाडौं, फागुन १२ ।
  • नेपाल विद्युत प्राधिकरणले बर्षायामको विद्युत भारत पठाएर हिउँदमा भारतबाट ल्याउने तयारी गरेको छ ।
  • नेपालमा सुख्खायाममा हुने विद्युत अभावलाई टार्नका लागि प्राधिकरणले ‘इनर्जी बैंकिङ’ को यो अवधारणा ल्याएको हो ।

काठमाडौं, फागुन १२ । नेपाल विद्युत प्राधिकरणले बर्षायामको विद्युत भारत पठाएर हिउँदमा भारतबाट ल्याउने तयारी गरेको छ । नेपालमा सुख्खायाममा हुने विद्युत अभावलाई टार्नका लागि प्राधिकरणले ‘इनर्जी बैंकिङ’ को यो अवधारणा ल्याएको हो । तर यसप्रति भारतले भने महत्व दिएको छैन् ।

नेपालका जलविद्युत आयोजनाहरु पानीको बहावमा आधारित भएकोले बर्षायाममा विद्युत उत्पादन बढि हुने र हिउँदको समयमा लोडसेडिङको मार खेप्नुपर्ने बाध्यता रहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । उनले बर्षायामका विद्युतलाई खपत गराउनका लागि भारत पठाउने र नेपालमा अभाव भएको बेला भारतबाट ल्याउने गरी तयारी भइरहेको जानकारी दिए ।

आगामी ऊर्जा सचिवस्तरीय बैठकमा नेपालले भारतसँग यस्तो प्रस्ताव लिएर जाने प्राधिकरणले जनाएको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य लगभग सकिएको र उक्त आयोजना सञ्चालनमा आएसँगै नेपाललाई बढी हुने बिजुली भारत पठाउने प्राधिकरणका प्रवक्ता अधिकारीले बताए ।

प्राधिकरणले चारबर्ष अघि नै यो अवधारणा ल्याएर नेपाल–भारत सचिवस्तरीय बैठकमा समेत प्रस्ताव लगेको थियो । तर त्यो समयमा नेपालमा संचालनमा रहेका जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत निकै कम भएको र बर्षायाममा पनि लोडसेडिङ गर्नुपर्ने बाध्यताका कारण उक्त ‘इनर्जी बैंकिङ’ को अवधारणा कार्यन्वयन हुन सकेको थिएन् ।

४५६ मेगावाटको माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि नेपालबाट भारततर्फ विद्युत् पठाउन सम्भव भएकाले यो विषय उठान गर्न लागिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भारत जलविद्युत्मा पूर्ण निर्भर नभएको र जलविद्युतको क्षमता ५० हजार मेगावाट रहेकोले भारतमा थर्मल, सौर्य र हावाबाट उत्पादित बिजुलीले मुलुकको माग धान्दै आएको छ । तर विगत लामो समय अघिदेखि नेपालले छिमेकी मुलुक भारतको बजारलाई लक्षित गरी ‘इनर्जी बैंकिङ’ को अवधारणालाई महत्वका साथ हेरेपनि भारतले भने महत्व दिएको छैन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रवासमा बसेर नेपाली संस्कृतिको पहिचान बनाउदै सुजाता काफ्ले, प्रवासमै बन्यो तीज गीतको भिडियो
प्रवासमा बसेर नेपाली संस्कृतिको पहिचान बनाउदै सुजाता काफ्ले, प्रवासमै बन्यो तीज गीतको भिडियो
पाटन औद्योगिक क्षेत्रको प्लास्टिक कारखानामा आगलागी
पाटन औद्योगिक क्षेत्रको प्लास्टिक कारखानामा आगलागी
निसर्ग चक्रवातका कारण काठमाडौँ सहित मध्य र पश्चिम क्षेत्रमा अविरल वर्षा
निसर्ग चक्रवातका कारण काठमाडौँ सहित मध्य र पश्चिम क्षेत्रमा अविरल वर्षा
स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ
स्रोत नखुलेको २० लाखसहित एक जना पक्राउ
नेपालको लोकतान्त्रिक आन्दोलनका सहयोगी डी पी त्रिपाठीको निधन
नेपालको लोकतान्त्रिक आन्दोलनका सहयोगी डी पी त्रिपाठीको निधन
रुपन्देहीका एक उपमहानगरपालिका र पाँच नगरपालिकामा एमालेले लगायो उम्मेद्वारको टुंगो!
रुपन्देहीका एक उपमहानगरपालिका र पाँच नगरपालिकामा एमालेले लगायो उम्मेद्वारको टुंगो!
१३ औं सागः महिला टिम कातामा नेपाललाई स्वर्ण पदक
१३ औं सागः महिला टिम कातामा नेपाललाई स्वर्ण पदक
भीम रावलसँग कड्किए ओली- ‘आत्मालोचना कुनै पनि हालतमा गर्दिनँ’
भीम रावलसँग कड्किए ओली- ‘आत्मालोचना कुनै पनि हालतमा गर्दिनँ’
पूर्वमन्त्रीले गरे मन्त्रीकै हैसियतमा शिलान्यास
पूर्वमन्त्रीले गरे मन्त्रीकै हैसियतमा शिलान्यास
संघका आयोजना स्थानीय र प्रदेशमा हस्तान्तरण हुने, प्रदेशको भन्दा स्थानीयलाई अनुदान धेरै
संघका आयोजना स्थानीय र प्रदेशमा हस्तान्तरण हुने, प्रदेशको भन्दा स्थानीयलाई अनुदान धेरै

तपाईंले छुटाउनुभयो कि?