सरकारले १ लाख जनालाई रोजगारी दिने यस्तो छ तयारी
सारांश
- काठमाडौं ।
- सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म एक लाखभन्दा बढीलाई अल्पकालीन रोजगारी उपलब्ध गराउने तयारी गरेको छ ।
- आगामी असार मसान्तभित्र १ लाख ६ हजार बढी बेरोजगारलाई ३० दिन बराबरको रोजगारी दिइनेछ।
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्म एक लाखभन्दा बढीलाई अल्पकालीन रोजगारी उपलब्ध गराउने तयारी गरेको छ ।आगामी असार मसान्तभित्र १ लाख ६ हजार बढी बेरोजगारलाई ३० दिन बराबरको रोजगारी दिइनेछ। बेरोजगारले दैनिक ५ सय बढीका दरले पारिश्रमिक पाउनेगरी रोजगारी दिन लागिएको हो ।श्रम मन्त्रालयले अल्पकालीन रोजगारी सिर्जनाका लागि आयोजना सञ्चालन गर्न ‘कामका लागि पारिश्रमिकका आधारित सामुदायिक आयोजना कार्यविधि जारी गरिसकेको छ ।वैदेशिक रोजगारीलाई विकल्पका रुपमा लिएको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आन्तरिक श्रम बजारमा रोजगारीको अवसर सिर्जना गरी युवालाई आफ्ना गाउँघरमै रोजगारी दिन लागेको हो ।
सडक निर्माण, मर्मत, कृषि तथा सिँचाइ, ग्रामीण खानेपानी, स्वास्थ्य तथा सरसफाइ, शिक्षा, वन तथा जलाधार, पर्यटन र स्थानीय आवश्यकताअनुसारका अन्य श्रमप्रधान आयोजना सञ्चालन गरी रोजगारी सिर्जना गरिनेछ ।स्थानीय तहका सडकको नियमित मर्मत सम्भार, स्थानीय तहभित्रका बस्ती, स्वास्थ्य चौकी, विद्यालय, आर्थिक केन्द्र, हाटबजार, धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थल जोड्ने सडक निर्माण तथा मर्मतसम्भार गर्ने आयोजनामा काम गराइने बताइएको छकामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालन गरी रोजगारीका अवसर सिर्जना गर्न सरकारले सबै स्थानीय तहमा सशर्त अनुदानका रुपमा २ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ बढी ६९ हजार बजेट विनियोजन गरिसकेको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत सबै स्थानीय तहका लागि बजेट पठाएको हो । कार्यक्रमबाट ३२ लाख कार्यदिन बराबर रोजगारी सिर्जना हुने सरकारको लक्ष्य रहेको छ ।
प्रतिक्रिया