नेकपाभित्र बढ्दो चीन मोह

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ६, २०७६
|
|
३४ पटक हेरिएको
Shares
नेकपाभित्र बढ्दो चीन मोह

सारांश

  • नेपाल कम्युनिष्ट पार्टीभित्र चीन मोह बढ्दै गएको छ ।
  • सैद्धान्तिक रुपमा नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युृनिष्ट पार्टी बीच निकटता हुनुलाई सामान्य मानिन्छ ।
  • तर, विगतमा भन्दा अहिले नेकपाका नेताहरु चीन आवत्जावत बाक्लिएको मात्र छैन दुवै पार्टी बीच समन्वय र कार्यक्रम समेतमा वृद्धि हुनथालेको छ ।

नेपाल कम्युनिष्ट पार्टीभित्र चीन मोह बढ्दै गएको छ । सैद्धान्तिक रुपमा नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युृनिष्ट पार्टी बीच निकटता हुनुलाई सामान्य मानिन्छ । तर, विगतमा भन्दा अहिले नेकपाका नेताहरु चीन आवत्जावत बाक्लिएको मात्र छैन दुवै पार्टी बीच समन्वय र कार्यक्रम समेतमा वृद्धि हुनथालेको छ ।

नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त प्रशिक्षण सोमबार साँझबाट काठमाडौंमा हुँदैछ । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख सोङ ताओ प्रशिक्षणका लागि नेपाल आइसकेका छन् । प्रशिक्षणमा नेकपाबाट दुई सय जना सहभागी हुँदैछन् भने चिनियाँ कम्युनिष्ट पार्टीबाट ४० जना सहभागी नेपाल आइसकेका छन् ।

नेकपाबाट प्रशिक्षणमा सहभागी हुन धेरैको दौडधुप चलेको थियो । अन्तिम समयमा दुई सय जना छानिएका थिए । छनोटमा समेत विवाद भएको छ । चीकपासँग नजिक बन्न नेकपाको नेताहरुको प्रतिष्पर्धाका रुपमा यसलाई लिइएको छ । चीनले विश्वभर प्रभाव बढाउँदै जाँदा चिनियाँ कम्युनिष्ट पार्टीसँग संयुक्त प्रशिक्षणलाई अर्थपूर्ण मानिएको छ ।

नेपालमा नेकपाको नेतृत्वमा दुई तिहाईको सरकार छ भने चीनमा एकदलीय चिनियाँ कम्युनिष्ट पार्टीको शासन छ । चीन विश्वकै धनी देश बन्न गइरहेको अवस्थामा नेपालसँग जोडिएको कारण उसको प्रभाव रहेको छ । यसैलाई मध्यनजर गरेर नेकपाभित्र चीनसँग नजिक बन्ने प्रतिष्पर्धा चलेको हो । तस्बिर स्रोतः नेकपाको वेवसाइट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
हंसपुर नपामा राजपा विजयी
हंसपुर नपामा राजपा विजयी
अमेरिकाको  DMV क्षेत्र मा दशै तिहार फेस्ट 2022 आयोजनाको मिति र स्थान तय
अमेरिकाको DMV क्षेत्र मा दशै तिहार फेस्ट 2022 आयोजनाको मिति र स्थान तय
सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु
सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु
जसपा लुम्बिनी सरकारमा सहभागी हुन्छ : अध्यक्ष यादव
जसपा लुम्बिनी सरकारमा सहभागी हुन्छ : अध्यक्ष यादव
बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र ‘इतिहासको जेल’ जापानमा प्रदर्शन
बिपीको जेल जीवनसम्बन्धी वृत्तचित्र ‘इतिहासको जेल’ जापानमा प्रदर्शन
Experience A Community Hookup Internet Utilizing Hookupdaters Com
देउवा पौडेल लडाई, वार कि पारतर्फ
देउवा पौडेल लडाई, वार कि पारतर्फ
यसवर्ष रासायनिक मलको अभाव हुँदैन : प्रधानमन्त्री दाहाल
यसवर्ष रासायनिक मलको अभाव हुँदैन : प्रधानमन्त्री दाहाल
अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको लचकता: सेयर र ईभी कर्जामा सुविधा, राष्ट्रिय परिचयपत्रको नियममा व्यावहारिक संशोधन
अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको लचकता: सेयर र ईभी कर्जामा सुविधा, राष्ट्रिय परिचयपत्रको नियममा व्यावहारिक संशोधन