स्थानीय चुनावमा एमालेलाई भोट दिनु पर्ने पाँच कारण -शंकर पोखरेल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २६, २०७४
|
|
११३७ पटक हेरिएको
Shares
स्थानीय चुनावमा एमालेलाई भोट दिनु पर्ने पाँच कारण  -शंकर पोखरेल

सारांश

  • पहिलो– स्थानीय तह शक्तिशाली हुनुपर्छ भन्ने मान्यता एमालेले ल्याएको हो ।
  • २०४८ सालमा जननेता मदन भण्डारीले स्थानीय निकायलाई शक्तिशाली बनाउनुपर्छ भन्ने मान्यता सहित संसदमा पहिलो पटक औपचारिक प्रस्ताव टेबुल गर्नुभएको हो ।
  • एमालैके पहलमा २०५४ सालमा अध्यादेश मार्फत स्थानीय स्वायत्त शासन ऐन ल्याइएको हो ।

पहिलो– स्थानीय तह शक्तिशाली हुनुपर्छ भन्ने मान्यता एमालेले ल्याएको हो । २०४८ सालमा जननेता मदन भण्डारीले स्थानीय निकायलाई शक्तिशाली बनाउनुपर्छ भन्ने मान्यता सहित संसदमा पहिलो पटक औपचारिक प्रस्ताव टेबुल गर्नुभएको हो । एमालैके पहलमा २०५४ सालमा अध्यादेश मार्फत स्थानीय स्वायत्त शासन ऐन ल्याइएको हो । एमालेको पहलमा आएको यो स्थानीय स्वायत्त शासन ऐन २०५५ ले वास्तविक रुपमा महानगर, उपमहानगर, नगरपालिका र गाउँ बिकास समितिलाई अधिकार सम्पन्न बनाउने बाटो खोल्यो ।

यसरी एमालेले स्थानीय तहलाई अधिकार सम्पन्न गराउने काम गर्यो । त्यसैले यही स्थानीय निकाय थप अधिकार सम्पन्न हुनुपर्छ भन्ने ‘भिजन’ स्थापित गर्न जरुरी भएकाले एमालेलाई जनताले मत दिएर जिताउन आवश्यक छ । एमालेलाई आफ्नो देश विकासको ‘भिजन’ कार्यान्वयन गर्न जनताले जिताउनु आवश्यक छ ।

दोस्रो – २०५४ सालमा एमालेको नेतृत्वमा स्थानीय स्वायत्त शासन ऐन आयो । उक्त ऐन आएपछि  भएको निर्वाचन नेकपा–एमाले देशकै अग्रणी शक्ति देखियो । हेटौडा नगरपालिका, इटहरी, धरान, बुटवल लगायतका मुख्य मुख्य शहरमा स्थानीय एमाले जनप्रतिनिधिले उल्लेखनीय काम गरेर देखाए । एमालेले सुबिधासम्पन्न राजधानी बनाउने अभियान कार्यक्रम सहित ल्यायो । त्यसैक्रममा माइतीघर मण्डला बन्यो, राजधानीका बिभिन्न ठाउँमा आकासे पुल बनाउने काम भए । त्यस्ता बिकासका आधार खडा गरिए । एमाले स्थानीय निकाय र तह संचालन गर्न सक्षम र अनुभब प्राप्त पार्टी हो । स्थानीय तह कसरी संचालन गर्न सक्छ भन्ने काममार्फत देखाउन सक्षम प्रमाणित पार्टी एमाले हो । अहिले स्थानीय तहलाई दिएका अधिकारको सही प्रयोग एमालेले मात्र गर्न सक्छ भन्ने बिगतका अनुभबबाट प्रमाणित छ । त्यसअर्थमा जनताले एमालेलाई मत दिनुपर्छ र दिनुहुन्छ ।

तेस्रो– एमालेका सकारात्मक कार्यक्रम । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको एमालेको अल्पमतको सरकारले जनतालाई प्रत्यक्ष रुपमा छुने केही नवीन कार्यक्रम ल्यायो । जस्तो ः आफ्नो गाउँ, आफैं बनाउँ, सामाजिक सुरक्षा भत्ता आदि । एमालेको सररकार बन्नु भन्दा अगाडि विकास खर्च मुस्किलले गाउँमा १०–हजार पुग्थ्यो । एमालेको सरकारले आफ्नो गाउँ आफैं बनाउँ भनेर हरेक गाउँलाई ५ लाख दिने थिति बसाल्यो । त्यही पैसाले गाउँमा स्कूल, ग्रामीण सडक, स्वास्थ्यचौकी, कुलोपैनी, पुल बन्न थाले । ५ लाख रुपैयाँ सरकारी अनुदान र त्यति नै जनश्रमदान गर्ने निर्देशिका थियो त्यसबेला । ५ लाखले १० लाखको काम हुन्थ्यो । अहिले गाउँ गाउँमा बनेका सडक र विद्यालय हेर्नुस् सबैजसो ०५१ सालपछि बनेको हामी देख्न सक्छौं ।

तर, बजेटलाई कनिकाजस्तै गाउँमा छरेको भनेर त्यस सरकारलाई कांग्रेसले ढाल्यो । अहिले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय बिकास, समृद्धिको खाका कोर्दै त्यसका कार्यक्रम ल्यायो । राष्ट्रिय स्वार्थ÷सार्बभौमिकताका बिषयमा अडान राख्दै ऐतिहासिक काम गर्यो  । केपी ओली सरकारले राष्ट्रिय एकताको अडान लियो, चीनसँग ऐतिहासिक सम्झौता गर्यो, जुन सम्झौता कार्यान्वयन गर्दा हाम्रो आर्थिक अवस्था बेग्लै उचाईमा पुग्छ र हाम्रो राष्ट्रिय सामथ्र्य विकास हुन्छ ।

ओली सरकार भारतीय नाकाबन्दीबिरुद्ध डटेर लड्यो । मुुलुकलाई नयाँ सोचका साथ अघि बढायो । त्यसरी मुलुकलाई अघि बढाउँदा सरकार ढाल्ने काम भयो । एमालेको सरकार हटाएकोमा जनतामा आक्रोश छ । ओली सरकार ढालेकोमा आक्रोशित जनता त्यसबिरुद्ध मत जाहेर गर्न चाहान्छन् । २०५१ मा पनि एमालेको लोकप्रिय सरकार ढालिएको थियो, अहिले लोकप्रिय ओली सरकार त्यसैगरि ढालियो । मनमोहन सरकार ढालेपछि नेपालको राजनीतिमा निराशा उत्पन्न भयो, जसले हिंसात्मक राजनीतिका लागि ग्राउण्ड तयार गर्यो । त्यसैले मनमोहन सरकार ढाल्दा जनतामा आक्रोश उत्पन्न भएको थियो, अहिले पनि त्यस्तै आक्रोस उत्पन्न भएको छ । २०५६ मा भएको स्थानीय निकायको निर्वाचनमा एमालेले सफलता प्राप्त गरेको थियो । जनताको बिश्वास आर्जन गर्न सफल ओली सरकार हटाएकोमा त्यसको बिपक्षमा जनता मतदान गर्न चाहान्छन् ।

चौंथो– एमालेको समृद्ध नेपालको प्रष्ट खाका । राजनीतिक अधिकार प्राप्तिपछि अव नेपालले विकास र समृद्धि अघि बढाउनुपर्नेछ । त्यसको स्पष्ट खाका एमालेसँग मात्र छ । एमालेले खाका ल्याएपछि अन्य दल पनि हामीले पनि विकास समृद्धि भनिरहेका छौं भन्छन् । तर, काम गर्ने तत्परतासाथ खाका ल्याउनु र देखाशेखी गरेर घोषणापत्र ल्याइटोपल्नुमा फरक छ । ओली नेतृत्वको एमाले सरकारले नेपालमा अन्तर्राष्ट्रिय बजारसँग रेल्वे सेवा जोड्नेगरी चीनसँग सम्झौता गर्यो । त्यसलाई हावादारी भनेर उडाउनेहरुले अहिले घोषणा पत्रमा रेल्वे लेखेका छन् । काम गर्न खाका तयार गर्ने र अर्काको देखाशेखी गर्नेबीचको भिन्नता यही हो । त्यसैले अरु दलसँग विकासको खाका देखिएको छैन ।

आर्थिक समृद्धिका लागि एमालेले अल्पकालीन र दीर्घकालीन सोचका साथ अघि बढ्ने प्रतिबद्धता जाहेर गरेको  छ ।  केपी ओली सरकारले त्यसलाई नीति तथा कार्यक्रम र बजेटमार्फत अघि बढाएको थियो । अहिले मुलुकले करिव ६.८ प्रतिशत आर्थिक बिकास लक्ष्य प्राप्त गर्ने प्रक्षेपण आईरहेका छन् । एमाले सरकारकै बजेटबाट अघि बढ्दा त्यो लक्ष्यमा पुग्ने अनुमान गरिएको हो । अझ जसले बजेट प्रस्तुत गर्यो, उसैले कार्यान्वयन गर्न पाएको भए त्यो लक्ष्य सहजै प्राप्त हुन्थ्यो । त्यसैले एमालेले जे ल्याउँछ, त्यो पूरा गरेर देखाउँछ भन्ने यसबाट पनि देखिन्छ ।  एमालले १० बर्षमा नेपाललाई बिकासशील राष्ट्र बनाउने र २० बर्षमा एउटा समृद्ध राष्ट्र बनाउने उदेश्य लिएको छ । त्यसैले जनताले देशलाई समृद्ध बनाउने स्पष्ट कार्यक्रमसहित आएको एमालेलाई मत दिन्छन् । यस्तो पार्टीको पक्षमा मत प्रकट गर्छन र गर्नुपर्छ ।

पाँचौं, एमाले स्थानीय तहलाई बलियो बनाउने र जनतालाई स्थानीय विकासमा अधिकतम रुपमा अधिकार सम्पन्न बनाएर लैजानु पर्छ भन्ने दृष्टिकोण र योजना अघि सार्दै आएको पार्टी हो । आफू सरकारमा भएका बेला ल्याएका स्वायत्त शासन सम्बन्धी कानुनहरुले यसको पुष्टि गरिरहेकै छन् । अहिले पनि त्यही जगमा उभिएर हामी स्थानीय तहलाई बलियो बनाउनु पर्छ भनिरहेका छौं । तर, अन्य पार्टीहरु स्थानीय तहलाई संविधानले दिएको अधिकार खोस्नेगरी संविधान संशोधन प्रस्ताव ल्याएर त्यसलाई पारित गर्न वार्गेनिङ गरिरहेका छन् । राष्ट्रियसभाका सदस्य चुन्ने स्थानीय तहका प्रतिनिधिको अधिकार कटौती गर्ने प्रयाससँग अहिले पनि एमाले संसदमा जुधिरहेको छ । स्थानीय तहको अधिकार संरक्षण गर्ने एमालेलाई मधेसी र जनजाति विरोधी भन्ने तर, स्थानीय तहको अधिकार खोस्न प्रस्ताव ल्याउने दलहरुले ‘सिंहदरवारको अधिकार गाउँमा’ भन्ने झूठो नारा दिने बिडम्बनापूर्ण अवस्था छ । त्यसैले यतिबेला जनताले बुझ्नु पर्छ– स्थानीय तहका लागि एमालेले के गरिरहेको छ, अन्य पार्टीहरुले के गरिरहेका छन् । जनताले आफ्नै भाग्य र भविश्यका लागि चुनावलाई उपयोग गर्ने हो भने भोट दिने एमालेलाई नै हो । यति कुरा मतदाताले बुझेका छन् भन्ने हामीलाई लाग्छ ।
(कुराकानीमा आधारित)  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी
सेमेष्टर भदौ तेस्रो र वार्षिक असोज पहिलो हप्तादेखि परीक्षा गर्ने तयारी
उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत सुकबीच भेटवार्ता, के भयाे कुराकानी ?
उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत सुकबीच भेटवार्ता, के भयाे कुराकानी ?
राष्ट्रपति भण्डारीले हेरिन्‘महापुरुष’
राष्ट्रपति भण्डारीले हेरिन्‘महापुरुष’
विवेकशील साझाका एक दर्जन कार्यकर्ता पक्राउ
विवेकशील साझाका एक दर्जन कार्यकर्ता पक्राउ
कान्स फिल्म फेस्टिभलमै भएको थियो अभिनेत्री अर्जेन्टोको बलात्कार !
कान्स फिल्म फेस्टिभलमै भएको थियो अभिनेत्री अर्जेन्टोको बलात्कार !
विदेशमा अलपत्र नेपालीको बारेमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै
विदेशमा अलपत्र नेपालीको बारेमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै
नाकामा पर्यटक तानातान गर्नेलाई कारवाही गरिने
नाकामा पर्यटक तानातान गर्नेलाई कारवाही गरिने
राष्ट्रपतिले शुक्रबार सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने
राष्ट्रपतिले शुक्रबार सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्ने
एसइइको मार्कसिटमा यस्तो त्रुटी
एसइइको मार्कसिटमा यस्तो त्रुटी
स्कुल विभागको प्रमुखमा सहमति नजुटेपछि नेकपा सचिवालय बैठक स्थगित
स्कुल विभागको प्रमुखमा सहमति नजुटेपछि नेकपा सचिवालय बैठक स्थगित