उमेर हदबन्दी विवादले माओवादी अखिलमा ‘भद्रगोल’

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १५, २०८१
|
|
३३ पटक हेरिएको
Shares
उमेर हदबन्दी विवादले माओवादी अखिलमा ‘भद्रगोल’

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को जारी २३औं राष्ट्रिय सम्मेलन उमेर हदबन्दी विवादका कारण ‘भद्रगोल’ भएको छ ।
  • उमेर हदबन्दी विवादका कारण १७ पुसमा गर्ने भनिएको निर्वाचन हुने कि नहुने भन्ने अन्योलसमेत बढेको छ ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को जारी २३औं राष्ट्रिय सम्मेलन उमेर हदबन्दी विवादका कारण ‘भद्रगोल’ भएको छ । उमेर हदबन्दी विवादका कारण १७ पुसमा गर्ने भनिएको निर्वाचन हुने कि नहुने भन्ने अन्योलसमेत बढेको छ ।

यसअघि अखिल क्रान्तिकारीको अधिवेशन १० असोजमा उद्घाटन भएर स्थगित भएको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको अधिवेशन नेतृत्व चयन नगर्दै विवादका कारण स्थगित भएको थियो । उमेर हदबन्दी विवादका कारण स्थगित भएको अधिवेशन सम्पन्न गर्न नेताहरूले पहल गरिरहेका छन् ।

अखिल क्रान्तिकारीमा नेताहरूको उमेर हद २८, ३० वा ३२ वर्षे राख्ने भन्ने विवाद रहेको थियो । विवाद भएपछि स्थगित अधिवेशन सम्पन्न गर्न उमेर हदबन्दीका ’boutमा निर्णय गर्न निर्वाचन भयो । तर, त्यसको मत परिणामलाई लिएर अहिले पनि विवाद रहेको छ । विवाद भएपछि आइतबार बसेको पार्टीको पदाधिकारी बैठकले निर्वाचनबाट जुन परिणाम आएको हो, सोहीअनुसार अगाडि बढ्न निर्देशन दिएको छ ।

विद्यार्थी संगठनमा उमेर हदबन्दी राख्न हुने र नहुने भन्ने विवाद रहेको छ । यसअघि पनि यस्तो विवाद देखिएकाले पार्टीले मतदानबाटै टुंगोमा पुग्न निर्देशन दिएको थियो । अधिवेशनमा उमेर हदको विवादमा आपसमा कुर्सी हानाहानसमेत भएको थियो ।

३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा भएको निर्वाचनको मत परिणाम’bout निर्वाचन आयोगले शनिबार राति नै विज्ञप्ति जारी गरी स्थगित गरेको थियो । शनिबार भएको मतदानमा ३२ वर्ष उमेर हद लगाउनुपर्छ भन्ने र लगाउनुहुँदैन भन्ने पक्षबीच विवाद हुँदा मत परिणाम घोषणामा ढिलाइ भएको हो ।

तर, निर्वाचन समितिका सदस्य रहेका संगठनका पूर्वअध्यक्ष हिमाल शर्माले मत परिणाम जोड्ने काम भइरहेकाले आइतबार रातिसम्ममा सार्वजनिक गरी सोहीअनुसार अखिलको उम्मेदवारी दर्ता र नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न गर्ने जनाएका छन् ।

गुल्मी, बाजुरा, बैतडी र मोरङमा भएको मतदानको परिणामलाई लिएर अखिलभित्र नयाँ विवाद भएको छ । ३२ वर्ष उमेर हदका पक्षवालाहरूले शनिबार सबै जिल्लाको मत गणना गरेर सकिएकाले मत परिणाम घोषणा गर्नुपर्ने भन्दै माओवादी पार्टी कार्यालय पेरिसडाँडामा नाराजुलुससमेत गरेका छन् ।

उमेर हद लगाउनुपर्छ भन्ने विद्यार्थीहरूले आफूहरूले ११ मतले जितेकाले पार्टीबाट निर्वाचन गराउने जिम्मेवारी पाएकाले नै धाँधली गरेर मत परिणाम घोषणा गर्न रोकेको जनाएका छन् । ‘पार्टी उपमहासचिव शक्ति बस्नेत, विद्यार्थी इन्चार्ज हिमाल शर्माले नै उमेर हदको विपक्षमा लबिङ गर्नुभयो, जसका कारण मत परिणाम रोकिएको हो, विवाद भएपछि उहाँहरूले नै पार्टी गुहार्नुभएको हो, अब हामीलाई हराउने त होलान्,’ एक जना विद्यार्थी नेताले भने ।

उमेर हदको पक्षमा भएका विद्यार्थीहरूले मत परिणाम नेतृत्वका कारण रोकिएको आरोप लगाए पनि निर्वाचन आयोगको विज्ञप्तिमा भनिएको छ– ‘जिल्लाहरूको मतदान केन्द्रबाट निर्वाचनसम्बन्धी कागजपत्र प्राप्त हुन बाँकी भएकाले सो कागजपत्रहरू प्राप्त भएपछि मात्रै मतगणनाले पूर्णता पाउने हुँदा तत्पश्चात् मतगणनाको परिणाम सार्वजनिक गरिने व्यहोरा सबैलाई जानकारी गराउन चाहन्छौं ।’

अखिल (क्रान्तिकारी)का २ हजार ४ सय ५ जना प्रतिनिधि रहेकामा १ हजार ८ सय १ जनाले मतदान गरेका थिए । अधिवक्ता मुक्ति प्रधान प्रमुख रहेको निर्वाचन समितिमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र नेता हिमाल शर्मा सदस्य छन् ।

अखिल क्रान्तिकारीमा यसअघिको कमिटीमा १९ जना उपाध्यक्ष थिए । तीमध्ये १३ जनाले आगामी कार्यकालका लागि अध्यक्षमा दाबेदारी गरेका हुन् । नेता उत्पादन गर्ने नर्सरीका रूपमा लिइने विद्यार्थी संगठनको नेतृत्व लिन धेरै विद्यार्थी नेताले आकांक्षा राखेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    binance-

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/zh-TC/register?ref=DCKLL1YD

    Comment Author

    创建个人账户

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?