नेपालीको मत जित्न मोदीको ३ भाषामा सम्बोधन ! दुई वटा हेलिकप्टरले स्कर्टिङ गर्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
१०
|
२५ पटक हेरिएको
Shares
नेपालीको मत जित्न मोदीको ३ भाषामा सम्बोधन ! दुई वटा हेलिकप्टरले स्कर्टिङ गर्ने

सारांश

  • काठमाडौं, २४ बैशाख ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणको लागि यही बैशाख २८ गते नेपाल आउँदैछन् ।
  • उनी भ्रमणको दौरानमा नेपालमा यसपटक २९ घण्टा रहने बुझिएको छ ।

काठमाडौं, २४ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणको लागि यही बैशाख २८ गते नेपाल आउँदैछन् । उनी भ्रमणको दौरानमा नेपालमा यसपटक २९ घण्टा रहने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका मोदीको यो भ्रमण तेस्रो पटक हुन्छ । उनी यसअघि दुई पटक नेपाल भ्रमणमा आईसकेका छन् । भारतको ईतिहाँसमा भारतीय प्रधानमन्त्रीले एउटै कार्यकालमा नेपालको तीन पटक भ्रमण गरेको यो पहिलो हो । हुन त मोदी पूनः अर्को कार्यकालको लागि प्रधानमन्त्री बन्ने पक्का छ ।

यसपटक मोदीले नेपाल भ्रमणलाई धार्मिकसहित राजनीतिक बनाउने प्रयास गरेका छन् । त्यसको लागि उनले जनकपुरबाट भ्रमणको सुरुवात गर्दैछन् । हुन त मोदीले यसअघि नेपाल आउँदापनि जनकपुरको भ्रमण गर्ने ईच्छा प्रकट गरेका थिए । विविध कारणले उनको भ्रमण हुन सकेको थिएन् । अहिले भने उनलाई जनकपुर भ्रमण गर्ने साईत जुरेको छ ।

भ्रमणको दौरान मोदीले नेपालीहरुको मन जित्ने धेरैको विश्वास छ । मोदी भाषण गर्न सिप्पालु छन् । उनको कौशलतापनि भाषणप्रतिको निपुणता नै हो । पहिलो पटक नेपाल भ्रमण गर्दा उनले संविधान सभामा सम्बोधन गर्दै सम्पूर्ण नेपालीहरुको मन जितेका थिए ।

यसपटक पनि उनले नेपालीहरुको मन जित्नेगरि सम्बोधन गर्ने तयारी गरिसकेको भारतीय उच्च स्रोतले जनायो । स्रोतले भन्यो,‘मोदीले नेपालीहरुको मन जितेरै छाड्नुहुन्छ, उहाँको तयारी त्यस्तै छ।’

स्रोतका अनुसार मोदीले यसपटक नेपालको तीन ठाउँमा भ्रमण गर्दैछन् । जनकपुरमा उनलाई भव्य नागरिक अभिनन्दन गरिँदैछ । जनकपुरको रंगभुमीमा उनलाई लाखौं जनताको उपस्थितिमा अभिनन्दन गरिने दाबी प्रदेश सरकारले गरिरहेको छ । र, तयारी पनि सोही अनुरुप भैरहेको बुझिएको छ । मोदीले जनकपुरमा मैथलीमा र काठमाडौंमा नेपालीमा आफ्नो सम्बोधनको सुरुवात गर्ने स्रोतको दाबी छ ।

त्यतिमात्रै होईन, उनले मुक्तिनाथको भ्रमण गर्दा त्यहाँका जनताहरुसँग प्रत्यक्ष भेटपनि गर्ने योजना बुनेको स्रोतको दाबी छ । नेपालको संसदमा २०४७ पछि पहिलो पटक विदेशी सरकार प्रमुखका रुपमा सम्वोधन गरेका भारतीय प्रधानमन्त्री नेपालभित्र भारतप्रति देखिएका आशंका र संशय सम्वोधनको रुपमा प्रयोग गरेका थिए । केहीबेर नेपालीमा भाषा गर्दै आफूलाई नेपालमा निम्त्याएका नेपाली जनतालाई धन्यवाद दिएका मोदीले थुप्रै यस्ता बिषय उठाएका थिए, जुन बिषयलाई लिएर नेपालमा बर्षौदेखिका चिन्ता र चासो हुँदै आएका छन् ।

कट्टर हिन्दूवादी पृष्ठभूमिका मोदीले त्यतिवेला संसदमा बुद्ध नेपालमै जन्मिएको मात्र बताएनन्, उनले शान्तिको सन्देश दिएर बुद्धको भूमिलाई विश्वसामु उदाहरणको रुपमा लिन आग्रह गरेका थिए। नेपालमा बर्षौदेखि बुद्धको जन्म भारतमा भएको भनी सम्प्रेषित सन्देशलाई लिएर उठिरहेका विवादको सम्वोधन गर्ने क्रममा मोदीले भाषणको शुरुवात्मै बुद्धको प्रसंग उठाएका हुन् । उनले हिंसा छाडेर शान्ति प्रक्रिया हुँदै संविधान निर्माणमा जान लागेको सफलताका लागि शुभकामना दिएका थिए।

उनको भ्रमणलाई लिएर दुवै तर्फबाट अहिले बलियो सुरक्षा प्रबन्ध गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र जोमसोम भ्रमण सुरक्षा व्यवस्था बलियो पारिएको गृह मन्त्रालयले जनाएको छ।

दुई दिने भ्रमणमा आउन लागेका मोदीको सुरक्षा व्यवस्था अवलोकन गर्न गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं जनकपुर पुगेका छन्।

सोमबार बिहानै जनकपुर पुगेर गृहमन्त्री र महानिरीक्षक खनालले सुरक्षा व्यवस्थाबारे जानकारी लिए। मन्त्रालयले नेपाल प्रहरीका डिआईजी ठूले राईलाई जनकपुरमै राखेर सुरक्षा व्यवस्था मिलाउँदै आएको छ। मोदी ‘इन्डियन एयर फोर्स’ को हेलिकप्टरमा आउने भएका गृह मन्त्रालयले जनाएको छ। उनी सवार हेलिकप्टरलाई अरु दुई वटा हेलिकप्टरले स्कर्टिङ गर्नेछन्।

त्यस्तै पाँच घेराको सुरक्षा बन्दोबस्त पनि मिलाइएको छ। सुरक्षा व्यवस्था निम्ति भारतीय सुरक्षाकर्मीका उच्च अधिकारीहरु पनि जनकपुर पुगिसकेका छन्।

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Mongol Gunjan

    भाषा बोलेर मन जितिन्छ? अरुको मन जित्नलाई आफ्नो मन सफा राख्नु पर्छ।

    Comment Author

    Ganesh Shakya

    मोदि मोदि को मोदि? कस्को बाउ मोदि ?

    Comment Author

    Uday Paudel

    बिगतको नाकाबन्दि सम्झ॔दा ,,, शरिरका रौं सबै ठाडा भएर आउंछ ।

    Comment Author

    Laxman Dc

    जतिसुकै भुके पनि यहाँ भारतीय होइन नेपाली हुन नाकाबन्दी गरेर लगाएको गुन नेपाली जनताले भुल्न पुस्तानै जानुपर्ला यहाँको पार्टीले पनि फुर्ती नलगाए हुन्छ फेरि चुनाव आउँछ नै राष्ट्र बादको नाममा नेपाली नागरिक लाई मोदिको दासी बनाउने खेल बन्द गरौ पार्टीको कार्यकर्ता बनाउ गुलामी केही छैन नेता नै त्यस्तो कार्यकर्ता कहाँ को गतिलो खोज्नेर तर नेपाली नागरिकको लाई अभिनन्दन को नाममा बेच्न पाइदैन महोदय जय राष्ट्र वाद।

    Comment Author

    Jirel Tika

    छेपराले अनेक रंग फेर्छन यी कुरा नेपालिलाई राम्रो संग थाहा छ र हुनुपर्छ ?!! किनकी नक्कली र सक्कली चिन्नसक्छ नेपालीले ?!!

      Comment Author

      Rishi Acharya

      AB MODILE NEPALIKO MAN JITNA KADAPI SAKDAYAN KINAKI JABA DORI CHUD6 JODIN6 TAR BITCHMA DORI GAATHO PAR6 HOENAR ? JAB DOT TUT JAE TO GAATHI PADJAYA ?

    Comment Author

    Shrestha Prem

    अंग रक्षक बाहेक अन्य भारतीय सुरक्षा सेना लिएर नेपाल भ्रमन गर्न आउनु भने नेपालाई भारतको प्रान्तीय व्यवहार देखाउनु हो ।

    यसमा गम्भीर आपत्ति जनाउनु पर्छ ,। दुबै देशले सेनापतिहरुलाई मानार्थ सेनापतिको हैसियत दिने अनि विश्वास भने नगर्न ?

    Comment Author

    Nabraj Pandey

    bagwas ko ho modi

    Comment Author

    भबिन्द्र के सी

    Dislike modi

    Comment Author

    Thapachhabiraj Thapa

    Fuck oli government

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?