सरकार निर्वाचन बाट उम्कन खोज्दैछ् तर हामी भाग्न दिदैनौ : एमाले;

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १, २०७४
|
|
३५ पटक हेरिएको
Shares
सरकार निर्वाचन बाट उम्कन खोज्दैछ् तर हामी भाग्न दिदैनौ : एमाले;

सारांश

  • प्रमुख विपक्षी दल एमालेले स्थानीय तहको निर्वाचन गर्ने गम्भीर दायित्वबाट सरकार विचलित भएको निष्कर्ष निकालेको छ ।
  • स्थायी समितिको बुधबारको बैठकले सरकारको रबैयाप्रति गम्भीर आपत्तिसमेत प्रकट गरेको छ ।
  • ‘सबै राजनीतिक दलसँग संवाद गरी परिस्थिति सहज बनाउँदै १४ असारमा तोकिएको मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने गम्भीर दायित्वबाट विचलित हुँदै सरकारको नेतृत्व तहबाटै निर्वाचनको मितिबारे भ्रमपूर्ण वक्तव्य सार्वजनिक गर्ने, निर्वाचनबारे अनिश्चय सिर्जना गर्ने, राजनीतिक अस्थिरतालाई बढवा दिने र आफ्नो सर्वसत्तावादी सत्तालाई लम्ब्याइरहने सरकारको नेतृत्वबाट आएका सार्वजनिक अभिव्यक्तिप्रति हाम्रो पार्टी गम्भीर आपत्ति प्रकट गर्छ’ सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बैठकपछि भने, ‘यसले सरकारको नेतृत्वको नियतमाथि समेत गम्भीर ढंगले प्रश्न उठेको छ ।

प्रमुख विपक्षी दल एमालेले स्थानीय तहको निर्वाचन गर्ने गम्भीर दायित्वबाट सरकार विचलित भएको निष्कर्ष निकालेको छ । स्थायी समितिको बुधबारको बैठकले सरकारको रबैयाप्रति गम्भीर आपत्तिसमेत प्रकट गरेको छ ।

‘सबै राजनीतिक दलसँग संवाद गरी परिस्थिति सहज बनाउँदै १४ असारमा तोकिएको मितिमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुपर्ने गम्भीर दायित्वबाट विचलित हुँदै सरकारको नेतृत्व तहबाटै निर्वाचनको मितिबारे भ्रमपूर्ण वक्तव्य सार्वजनिक गर्ने, निर्वाचनबारे अनिश्चय सिर्जना गर्ने, राजनीतिक अस्थिरतालाई बढवा दिने र आफ्नो सर्वसत्तावादी सत्तालाई लम्ब्याइरहने सरकारको नेतृत्वबाट आएका सार्वजनिक अभिव्यक्तिप्रति हाम्रो पार्टी गम्भीर आपत्ति प्रकट गर्छ’ सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बैठकपछि भने, ‘यसले सरकारको नेतृत्वको नियतमाथि समेत गम्भीर ढंगले प्रश्न उठेको छ ।’

निर्वाचन सार्ने षड्यन्त्र भइरहेको आरोप लगाउँदै एमालेले सरकारका तर्फबाट हुने षड्यन्त्रप्रति सजग रहँदै प्रतिवाद गर्न आमजनसमुदायमा अपिल गरेको छ । बैठकले तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोगको पुनः ध्यानाकर्षण गराएको छ ।

संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग
एमालेले स्थानीय तहको निर्वाचन र संविधान संशोधन अलग–अलग विषय भएकाले राष्ट्रिय हितविरुद्ध राजनीतिक धु्रवीकरणलाई बढवा दिने संविधान संशोधन प्रस्ताव फिर्ता लिन माग गरेको छ । प्रस्तावले राजनीतिक र संवैधानिक स्थायित्वमाथि नै गम्भीर प्रश्न उठेको एमालेको दाबी छ । संशोधन प्रस्ताव फिर्ता लिनसमेत एमालेले सरकारसँग माग गरेको छ ।

संशोधनबाहेक राजपाका मागमा समर्थन
एमालेले संविधान संशोधनबाहेक राष्ट्रिय जनता पार्टी (राजपा) ले उठाउँदै आएका आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिने, घाइतेहरूको उपचारको व्यवस्था गर्नेलगायत मागमा सकारात्मक रहेको स्पष्ट पारेको छ । बैठकले ती माग पूरा गर्न सरकारको गम्भीर ध्यानाकर्षण पनि गरेको छ । गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति दिन नहुने तर कुनै पनि निर्दोष नेपाली नागरिकमाथि अनुचित दण्ड सजाय नहोस् भन्नेमा सचेत रहेको एमालेले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दरबार हत्याकाण्ड: किन दिए  ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन ?
दरबार हत्याकाण्ड: किन दिए ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन ?
बलात्कार, आत्महत्या जस्ता घटनाको रोकथामका लागि कार्ययोजना बनाउन निर्देशन
बलात्कार, आत्महत्या जस्ता घटनाको रोकथामका लागि कार्ययोजना बनाउन निर्देशन
मन्त्रीहरूकाे तिहार खल्बल्याउने प्रचण्डकाे याे पछिल्लाे अभिव्यक्ति !
नेपालमा योजना दिन्छ काम पुरा गर्दैन भारतिय दुतावास !
नेपालमा योजना दिन्छ काम पुरा गर्दैन भारतिय दुतावास !
२७ औ अपाङ्गता दिवसमा गुनासो: सेवा प्रदायक निकाय अपाङ्गमैत्री छैनन्
२७ औ अपाङ्गता दिवसमा गुनासो: सेवा प्रदायक निकाय अपाङ्गमैत्री छैनन्
आफन्तको पर्खाइमा पीडामा दिन बिताउँदै बेपत्ता परिवार
आज राष्ट्रियसभाको बैठक बस्दै
आज राष्ट्रियसभाको बैठक बस्दै
U.S. airstrike kills 3 civilians in Libya
U.S. airstrike kills 3 civilians in Libya
महासचिव पौडेल, भ्रम र वास्तविकता अनि वालुवाटार जग्गा प्रकरण
महासचिव पौडेल, भ्रम र वास्तविकता अनि वालुवाटार जग्गा प्रकरण
म यो गीत गाउंँछु असार ३० गतेबाट प्रर्दशन हँुदै !
म यो गीत गाउंँछु असार ३० गतेबाट प्रर्दशन हँुदै !

तपाईंले छुटाउनुभयो कि?