इजिप्टको राष्ट्रिय टोली छाड्दै स्ट्राइकर मोहम्मद सलाह !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०७५
|
|
४६ पटक हेरिएको
Shares
इजिप्टको राष्ट्रिय टोली छाड्दै स्ट्राइकर मोहम्मद सलाह !

सारांश

  • विश्वकपमा विवादबाट घेरिएपछि स्टार स्ट्राइकर मोहम्मद सलाह इजिप्टको राष्ट्रिय टोली छाड्ने विषयमा सोचिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले खबर सम्प्रेषण गरेका छन्।
  • विश्वकपमा इजिप्टको टोली बसेको रुसको प्रान्त चेचन्यामा भएको एउटा घटनापछि उनी राष्ट्रिय टोलीबाट सन्यास लिने सोचिरहेको सिएनएनले उल्लेख गरेको छ।
  • गतसिजनमा सिजनमा प्रिमियर लिगमा सर्बाधिक गोलकर्ता बनेपछि सलाहलाई क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र नेमार जस्ता स्टारहरुसँग तुलना गर्न थालिएको थियो।

विश्वकपमा विवादबाट घेरिएपछि स्टार स्ट्राइकर मोहम्मद सलाह इजिप्टको राष्ट्रिय टोली छाड्ने विषयमा सोचिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले खबर सम्प्रेषण गरेका छन्।

विश्वकपमा इजिप्टको टोली बसेको रुसको प्रान्त चेचन्यामा भएको एउटा घटनापछि उनी राष्ट्रिय टोलीबाट सन्यास लिने सोचिरहेको सिएनएनले उल्लेख गरेको छ।

गतसिजनमा सिजनमा प्रिमियर लिगमा सर्बाधिक गोलकर्ता बनेपछि सलाहलाई क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र नेमार जस्ता स्टारहरुसँग तुलना गर्न थालिएको थियो।

च्याम्पियन्स लिगमा उनको प्रेरणामा लिभरपुलले फाइनलमा स्थान बनाएको थियो। तर, फाइनलमा घाइते भएका सलाहले उरुग्वेसँगको विश्वकपको पहिलो खेलपनि गुमाएका थिए। रुसविरुद्धको दोस्रो खेलमा भने उनले एक गोल गरेका थिए।

फिटनेशसँग जुझिरहेका सलाह पछिल्लो समयमा चेचन्या प्राप्तका विवादित नेता रामजान कोडिरोभबाट राजनैतिक प्रोपोगान्डाको सिकार भएको भन्दै ब्यापक आलोचना भएको थियो।

विवादित नेता कोडिरोभसँग हातमा हात राखेका सलाह

विवादित नेता कोडिरोभसँग हातमा हात राखेका सलाह

कोडिरोभले २००४ देखि चेचन्याको शासन थालेदेखि त्यहाँ व्यापक मानव अधिकार हननका घटना भएको रिपोर्ट अन्तराष्ट्रिय संघसंस्थाले प्रकाशित गरेका थिए। सत्तामा आउन आफ्ना विरोधीहरुको उनले हत्या गरेको र धेरै मानिसहरुलाई यातना भएको रिपोर्टहरु सार्वजनिक भएपछि अमेरिकाले उनीमाथि प्रतिबन्ध लगाएको छ।

लगातार सुरुवाती दुई खेल हारेपछि विश्वकपबाट बाहिरिएको इजिप्टको टोली सोमबार साउदी अरेबियाविरुद्ध अन्तिम खेल खेल्दैछ। चेचन्याबाट खेल खेल्न भोल्गोगार्ड जानुअघि विवादित रामजानले आफ्नो दरबारमा टोलीलाई रात्रीभोजको निम्तो दिएका थिए।

शुक्रबार राति राजधानी ग्रोन्जीमा भएको रात्रिभोजमा सलाहलाई रामजानले चेचन्याको सम्मानार्थ नागरिक पनि घोषित गरेका थिए। सो कुराको पुष्टि गर्दै सामाजिक सञ्जालमा उनले सलाहलाई सम्मानार्थ नागरिकको परिचय पत्र दिइसकेको लेखेका छन्।

रसियाको न्यूज एजेन्सी आरटीले सार्वजनिक गरेको उक्त रात्रिभोजको भिडियोमा रामजानले मन्तव्य दिदाँ र चेचन्याको राष्ट्रिय झन्डाको ब्याच आफ्नो टी–सर्टमा लगाइदिँदा सलाह मुस्कुराई रहेको देखिन्छन्।

रात्रीभोजमा रामजान कोडिरोभका साथमा सलाह

रात्रीभोजमा रामजान कोडिरोभका साथमा सलाह

विवादित मुस्लिम नेतासँग सलाहले हातमा हात समातेको तस्वीरहरु व्यापक भाइरल भएपछि मानव अधिकारको व्यापक हनन गरेका नेतालाई साथ दिएको भन्दै सलाहको तीव्र आलोचना भएको थियो। आफूलाई राजनैतिक रुपमा विवादमा तान्दै बदमान गराउन खोजेको भन्दै निराश बनेका सलाहले राष्ट्रिय टोलीबाट नै सन्यास लिने सोच बनाएको सलाह निकटका गोप्य स्रोतलाई उदृत गर्दै सिएनएनले उल्लेख गरेको छ।

यसबारे सिएनएनको इमेलमा प्रतिक्रिया दिँदै इजिप्टियन फुटबल संघले सलाहले राष्ट्रिय टोली छाड्ने सोच बनाएको प्रति आफूहरु अचम्मित भएको बताएका छन्।

‘सलाहले कुनै निर्णय लिन अघि हामीसँग सल्लाह गर्ने गरेका छन्,’ इमेलमा उल्लेख छ, ‘रात्रिभोजका बेला सलाहले पूरैदिन टोलीसँगै विताएका थिए। तर, उनले कसैलाई पनि राष्ट्रिय टोली छाड्नेबारे कुनै कुरा बताएका छैनन्।’

गोल डटकमलाई दिएको प्रतिक्रियामा संघका सदस्य इशाम अब्दुल फताहले सलाहले इजिप्ट छाड्न लागेको भन्ने खबर सही नभएको बताएका छन्।

कोडिरोभले सलाहलार्इ सम्मानित नागरिक घोषणा गरेको भिडियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनआरएनए आईसीसीको सह–कोषाध्यक्षमा ददीवल खड्काको बलियो सम्भावना
एनआरएनए आईसीसीको सह–कोषाध्यक्षमा ददीवल खड्काको बलियो सम्भावना
युवा संघ नेपाल र वाइसियल को एकता छिट्टै , अध्यक्ष पौडेल युवा संघ नेपाल’
नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शन
नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शन
मदारबाबा मेलामा एकको मृत्यु
मदारबाबा मेलामा एकको मृत्यु
जापानलाई चीन र उत्तर काेरियाबाट खतरा, प्रतिरक्षा बजेटमा गर्याे वृद्धि !
जापानलाई चीन र उत्तर काेरियाबाट खतरा, प्रतिरक्षा बजेटमा गर्याे वृद्धि !
समाचार संकलनमा रोक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप: महासचिव विष्ट
समाचार संकलनमा रोक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप: महासचिव विष्ट
इजलासमै प्रधानन्यायाधीसलाई डा. केसीले भ्रष्ट र माफिया भनेपछि…
इजलासमै प्रधानन्यायाधीसलाई डा. केसीले भ्रष्ट र माफिया भनेपछि…
बाँकेबाट तीन हजार खसी काठमाडौँ पठाइँदै
बाँकेबाट तीन हजार खसी काठमाडौँ पठाइँदै
ओलीको एकता प्रस्तावमा माधव झलनाथको यस्तो निष्कर्ष
ओलीको एकता प्रस्तावमा माधव झलनाथको यस्तो निष्कर्ष
बेनी–लभ्लीहिल पदमार्ग निर्माण शुरु
बेनी–लभ्लीहिल पदमार्ग निर्माण शुरु