शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ८, २०७९
|
|
२५ पटक हेरिएको
Shares
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सारांश

  • काठमाडौ ।
  • शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ।
  • कम्पनीको मङ्सिर ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

काठमाडौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८र७९ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले १३।३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।७० प्रतिशत नगद लाभांश गरि कुल १४ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ७८ करोड १० लाख रहेको छ । बैंकले १३।३० प्रतिशतले हुन आउने ५० करोड २८ लाख ७४ हजार रुपैयाँ बराबरको बोनस शेयर , कर प्रयोजनको लागि ०।३० प्रतिशतले हुन औअने २ करोड ६४ लाख ६७ हजार बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?