सरकार पूर्णरुपमा असफल: नेता सिंह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०७५
|
|
४१ पटक हेरिएको
Shares
सरकार पूर्णरुपमा असफल: नेता सिंह

सारांश

  • काठमाडौं, ४ मंसिर।
  • नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुक संचालनमा वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेका छन्।
  • मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिकमा गरेको आलटालले सरकार कस्तो छ भन्ने प्रस्ट उनको भनाइ थियो।

काठमाडौं, ४ मंसिर। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुक संचालनमा वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेका छन्। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिकमा गरेको आलटालले सरकार कस्तो छ भन्ने प्रस्ट उनको भनाइ थियो।

मंगलबार प्रेस युनियनले प्युठानमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका हुन्। ‘सरकारले न विकास बजेट खर्च गर्न सकेको छ नत दैनिक प्रशासन नै प्रभावकारी रुपमा संचालन गर्न सकेको छ,’ नेता सिंहले भने, ‘शान्ति सुरक्षा दिन, अन्तर्राष्ट्रिय सम्बन्ध सहज बनाउन पनि सरकार असफल भएको छ। यति सहज वातावरण हुँदासमेत केही गर्न नसक्ने सरकारलाई कसरी सफल भन्ने?’ काम केही गर्न नसक्ने तर विभिन्न मन्त्रालयका अधिकार कटौती गरी प्रधानमन्त्री कार्यालयमा ल्याउन लागिएको भन्दै नेता सिंहले सरकारले संघीयतामा ध्यान नदिइ मुलुकमा राजनीतिक अन्योलता बढाउन खोजेको आरोप लगाए।

आफूहरुले सरकारलाई रचनात्मक प्रतिपक्षीको रुपमा खबरदारी गरिहेकाले विपक्षीकोे भूमिका प्रभावकारी भएन भन्नु उचित नहुने बताए। फरक प्रसंगमा नेता सिंहले कांग्रेस नेतृत्व प्रभावकारी रुपमा संचालन हुन नसकेको भन्दै विधि र प्रक्रियाबाट नेतृत्व चल्नुपर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्यटन मन्त्रालयः राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक
पर्यटन मन्त्रालयः राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक
ललिता निवास प्रकरणमा नक्कली मोही बनेको आरोपमा दुई पक्राउ
ललिता निवास प्रकरणमा नक्कली मोही बनेको आरोपमा दुई पक्राउ
धर्मगुरु टुल्कु लामा बलात्कारी ठहर, ३० लाख क्षतिपूर्ति र ७ वर्ष कैदको फैसला
धर्मगुरु टुल्कु लामा बलात्कारी ठहर, ३० लाख क्षतिपूर्ति र ७ वर्ष कैदको फैसला
सीजी सिमेन्ट उद्योगमा स्थानीयको तालाबन्दी
सीजी सिमेन्ट उद्योगमा स्थानीयको तालाबन्दी
दीपकराज गिरी भन्छन :मरेर जाने मान्छे मरेर गए तर म छिनछिनमा मरिरहेछु
दीपकराज गिरी भन्छन :मरेर जाने मान्छे मरेर गए तर म छिनछिनमा मरिरहेछु
विश्वकपमा स्पेनको सर्वाधिक सात गोल
विश्वकपमा स्पेनको सर्वाधिक सात गोल
डा. स्वर्णिम वाग्ले तनहुँ–१ बाट फराकिलो मतान्तरले विजयी
डा. स्वर्णिम वाग्ले तनहुँ–१ बाट फराकिलो मतान्तरले विजयी
पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन’
पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन’
सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल
सामाजिक रूपान्तरणमा सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री दाहाल
समूह फेर्दै नेकपाका नेता कार्यकर्ता
समूह फेर्दै नेकपाका नेता कार्यकर्ता