मालिमा शान्ति स्थापना गर्न राष्ट्रसंघीय प्रमुख गुटरेसकाे आग्रह

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
मालिमा शान्ति स्थापना गर्न राष्ट्रसंघीय प्रमुख गुटरेसकाे आग्रह

सारांश

  • संयुक्त राष्ट्रसंघ, १३ साउन ।
  • संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्रेसले मालीमा राष्ट्रपतीय निर्वाचनका लागि शान्ति स्थापना गर्न आह्वान  गरेका छन् ।
  • उनले निर्वाचन प्रचार प्रसारका क्रममा अहिलेसम्म देखिएको वातावरणबाट आफू उत्साहित भएको पनि बताएका छन्।

संयुक्त राष्ट्रसंघ, १३ साउन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेर्रेसले मालीमा राष्ट्रपतीय निर्वाचनका लागि शान्ति स्थापना गर्न आह्वान  गरेका छन् ।उनले निर्वाचन प्रचार प्रसारका क्रममा अहिलेसम्म देखिएको वातावरणबाट आफू उत्साहित भएको पनि बताएका छन्। तर पनि मुलुकको उत्तरी र मध्य भागमा अझै पनि सुरक्षा चुनौती रहेको तर्फ पनि उनले सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् ।

मुलुकलाई “शान्तिपूर्ण मार्ग” मा लैजानका लागि अझै पनि सुरक्षा व्यवस्थापन आवश्यक रहेको तर्फ महासचिव गुटेर्रेसले जोड दिएका छन् ।उनले “निर्वाचनलाई लोकतन्त्रको एउटा महत्वपूर्ण उत्सव”का रुपमा लिन सुझाव दिनु भएको अधिकारीहरुले जनाएका छन् । निर्वाचनसँग सम्बन्धित सबै राजनीतिक पार्टीहरुलाई पनि उहाँले निर्वाचनका लागि शान्तिपूर्ण वातावरण बनाउन आग्रह गरेका छन् । कानुन अनुसार स्वतन्त्र र पारदर्शी प्रक्रिया मार्फत निर्वाचन सम्पन्न गरेर मुलुकका समस्या समाधानको बाटोतर्फ लाग्न पनि महासचिव गुटेर्रेसले सुझाव दिएका छन्।

आइतबार हुन लागेको निर्वाचनका लागि वर्तमान राष्ट्रपति इब्राहिम बौबाकार कैतासहित २४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । चुनावमा ८० लाख भन्दा बढी मतदाता रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?