टर्कीए भूकम्पः एकचालिस हजारभन्दा बढीको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३, २०७९
|
|
४० पटक हेरिएको
Shares
टर्कीए भूकम्पः एकचालिस हजारभन्दा बढीको मृत्यु

सारांश

  • इस्तानबुल ।
  • टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छभने दशौँ हजार घाइते भएका छन् ।
  • दुवै देशमा हजारौँ घरबारविहीन भएका छन् ।

इस्तानबुल । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छभने दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौँ घरबारविहीन भएका छन् ।

खोज तथा उद्धारमा संलग्न सरकारी अधिकारीहरूका अनुसार टर्कीएमा ३५ हजार चार सय १८ जना तथा सिरियामा पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । टर्कीएमा आठ हजारभन्दा बढीलाई भग्नावशेषबाट उद्धार गरिएको छ । सिरियामा ५३ लाख मानिस घरबारविहीन भएका छन् । टर्कीएमा दुई सय १५ भन्दा बढी परकम्प महसुस भएको छ । टर्कीएमा ४६ लाख तथा सिरियामा २५ लाख बालबालिका भूकम्पबाट प्रभावित भएका छन् ।

टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्प र त्यसको केही क्षणपछिको भएको त्यति नै शक्तिशाली अर्को परकम्पबाट टर्कीएका दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । छिमेकी सिरियामा पनि जनधनको व्यापक क्षति भएको छ ।

भैँचालोले भत्काएको भवनको भग्नावशेषबाट जीवितै उद्धार गर्न टर्र्कीएमा उद्धारकर्मी अझै सङ्घर्ष गरिरहेका छन् भने भूकम्पको एक सय २०५ घण्टापछि एक महिलासहित नौ जनालाई जीवितै उद्धार गरिएको छ । टर्कीएका राष्ट्रपति तैयेप एर्दोगानले भूकम्पका प्रारम्भिक दिनमा समस्या भए पनि अब परिस्थिति नियन्त्रणमा आएको बताउनुभएको छ । राष्ट्रिय टेलिभिजनबाट वक्तव्य जारी गर्दै उहाँले मानव इतिहासमा सबैभन्दा त्रासदीपूर्ण प्राकृतिक विपत्तिको चपेटामा आफ्नो देश परेको बताउनुभएको छ ।

आवास र खानेकुराको व्यवस्था दुवै देशका निम्ति चुनौती बनेको छ । टर्कीए सरकारले गुणस्तरहीन भवन बनाएको अभियोगमा कैयौँ निर्माण व्यवसायीलाई पक्राउ गरेको छ । अदाना शहरका अभियोजकले भत्केका भवनका सम्बन्धमा अनुसन्धान गर्न ६२ जनालाई हिरासतमा राख्न आदेश दिएका छन् । भवन संहिता कडाइका साथ कार्यान्वयन गर्न सरकारले सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।

टर्कीएको तुलनामा सिरियाको स्थित दयनीय बनेको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले बताएका छन् । युरोपका लागि विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले दुवै देशका करिब दुई करोड २६ लाख भूकम्प पीडितलाई तत्काल मानवीय सहायता आवश्यक भएको बताएका छन् । प्रतिकूल मौसम, स्वास्थ्य तथा सरसफाइको उचित व्यवस्थापन नहुँदा सङ्क्रामक रोगको जोखिम बढेको छ ।

विद्रोहीको पकड रहेको उत्तरपश्चिमी सिरियमा उद्धारका काम समाप्त भएको जनाउँदै स्यम्सेवी संस्थाहरूले लामो गृहयुद्धका कारण त्यहाँ राहतका कार्यक्रम सञ्चालन गर्न कठिनाइ भएको बताएका छन् । सिरिया सरकारले विद्रोही नियन्त्रित क्षेत्रमा राहतका कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको छ । सिरियाका भूकम्प पीडितले आफूहरूलाई मार्न वा आफ्ना घर फर्काउन माग गरेका छन् । गृहयुद्धका कारण आफ्नै भूमिमा शरणार्थी बनेका उनीहरूले सिरिया सरकारसँग घरफिर्तीको माग गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घले आगामी तीन महिनासम्म सिरियामा मानवीय सहायताका कार्यक्रम सञ्चालन गर्न ३९ करोड ७० लाख अमेरिकी डलर आवश्यक परेको जनाउँदै अन्तर्राष्ट्रिय समुदायसँग नगद सहयोग गर्न अपील गरेको छ । महासचिव एन्टोनियो गुटरेसले टर्कीएका लागि पनि सहयोग जुटाउन विश्व समुदायसमक्ष आग्रह गर्नुभएको छ । टर्कीएको रेडक्रिसेन्टले आगामी डेढ वर्षसम्म क्षतविक्षत टर्कीएमा सहायता परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताएको छ ।

यसैबीच, दश वटा अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले पठाएका मानवीय सहायता सामग्री बोकका मालबाहक ट्रक सिरिया पुगेका छन् ।

एल साल्भाडोर, जर्मनी, मेक्सिको, कतार, दक्षिण कोरिया, स्विटजरल्याण्ड, युक्रेन र अमेरिकाबाट उद्धारकर्ताले ल्याएका तालिम प्राप्त कुकुरको सहयोगमा भूकम्पको एक सातापछि पनि भग्नावशेषबाट मानिसलाई जीवित उद्धार गर्न सफलता प्राप्त भएको खोज तथा उद्धारमा संलग्न स्वयम्सेवकहरूले बताएका छन् । लागू औषध नियन्त्रण, सुरक्षा कारबाही र दैवी विपत्तिका बेला सहयोग गर्न विशेष रुपमा तालिम दिइएका कुकुर टर्कीए र सिरियाका भूकम्पले भत्काएका घरका भग्नावशेषबाट उद्धार गर्न साँच्चै सहयोगी भएका एक जना कतारी उद्धारकर्ताले एएफपीलाई बताए ।

प्रारम्भिक आकलनअनुसार टर्कीएमा ८५ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको छ । झण्डै ७१ अर्ब डलरको भौतिक क्षति आवास क्षेत्रमा भएको छ । एक दशकभन्दा लामो समयदेखि गृहयुद्धले गाँजेको सिरियाको क्षतिको आकलन भइसकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको बृद्धभत्ता र सामुदायिक संगठनले कांग्रेसलाई हरायो,  कल्याण गुरुङ/
एमालेको बृद्धभत्ता र सामुदायिक संगठनले कांग्रेसलाई हरायो, कल्याण गुरुङ/
यसकारण शेखर र सशांकबीच बोलचाल बन्द !
यसकारण शेखर र सशांकबीच बोलचाल बन्द !
गठबन्धनका कारण नमिठो स्वाद पनि चाखेका छौंः धनराज गुरुङ
गठबन्धनका कारण नमिठो स्वाद पनि चाखेका छौंः धनराज गुरुङ
अस्पतालको लापर्बाही, ब्लड क्यान्सरको औषधिमा धमिरा
डेढ शताव्दी पछिको महा खण्डग्रास चन्द्रग्रहण
डेढ शताव्दी पछिको महा खण्डग्रास चन्द्रग्रहण
कुनै पनि बहानामा काममा ढिलाई गर्ने छुट छैन : प्रम ओली
कुनै पनि बहानामा काममा ढिलाई गर्ने छुट छैन : प्रम ओली
पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।”प्रधानमन्त्री ओली.
पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ । यो कुनै मजाकको विषय होइन ।”प्रधानमन्त्री ओली.
राष्ट्रिय सभा निर्वाचन, ७ जना निर्वाचन अधिकृत नियुक्त
राष्ट्रिय सभा निर्वाचन, ७ जना निर्वाचन अधिकृत नियुक्त
एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
एएफसी एसियन कप छनौट अन्तर्गत तेस्रो चरणको आफ्नो दोस्रो खेलमा नेपालले आज यमनबिरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
मतदान केन्द्रमा खसेको मत भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित !
मतदान केन्द्रमा खसेको मत भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित !