सरसफाइ अभियानमा सप्ताहव्यापी कार्यक्रम शुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
३३ पटक हेरिएको
Shares
सरसफाइ अभियानमा सप्ताहव्यापी कार्यक्रम शुरु

सारांश

  • चितवन, २४ भदौ ।
  • भरतपुर महानगरपालिकाले विश्व सरसफाइ दिवसका अवसरमा आजबाट सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ ।
  • ‘नेपाल स्वच्छ वातावरण महाअभियान २०७५’ भन्ने नाराका साथ महानगरपालिकाले आज आफ्नै भवन सफाइ गरेको हो ।

चितवन, २४ भदौ । भरतपुर महानगरपालिकाले विश्व सरसफाइ दिवसका अवसरमा आजबाट सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । ‘नेपाल स्वच्छ वातावरण महाअभियान २०७५’ भन्ने नाराका साथ महानगरपालिकाले आज आफ्नै भवन सफाइ गरेको हो ।सोमबार शैक्षिक संस्था, मङ्गलबार सार्वजनिक संस्था तथा पार्क बुधबार धार्मिकस्थल, बिहीबार नदीनाला तथा जलाशय, शुक्रबार सहायक सडक र शनिबार मुख्य सडक क्षेत्र सरसफाइ गरी सो दिवस मनाउन लागिएको छ।

महानगरपालिका प्रमुख रेनु दाहालले सो अभियान अन्तर्गत साताव्यापी कार्यक्रम गर्न लागिएको र यस्मा सहभागी हुन महानगरमा रहेका विभिन्न सङ्घ, संस्था, टोल विकास संस्था, क्लब, सरसफाइ क्षेत्रमा क्रियाशील सङ्घ संस्था, आमा समूह र आम नागरिकलाई आग्रह गरिएकोे बताउनुभयो ।
हाल महानगरमा दैनिक ६५ टन फोहर सङ्कलन हुने गरेको छ । फोहरलाई कुहिने र नकुहिने फोहरको रुपमा व्यवस्थापन गरी वैकल्पिक ऊर्जाको रुपमा प्रयोग गर्न कोरियाली सरकार र नेपाल सरकारका ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरेर कामअघि बढाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

उक्त महानगरपालिका– २ र ३ को बिचमा नारायणी नदीको बाँधका रुपमा फोहर व्यवस्थापन गरिँदै आइएको छ भने जलदेवी सामुदायिक वनमा ल्याण्डफिल्ड साइट निर्माणका लागि काम पनि भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?