शहीद र बेपत्ता नागरिकका सपना मर्न नदिने मन्त्री मगरको उदघोष

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २, २०७५
|
|
२३ पटक हेरिएको
Shares
शहीद र बेपत्ता नागरिकका सपना मर्न नदिने मन्त्री मगरको उदघोष

सारांश

  • काठमाडौं, २ असार ।
  • खानेपानी मन्त्री बीना मगरले शहीद र वेपत्ता नागरिकले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
  • नेकपा (माओवादी)ले सञ्चालन गरेको दीर्घकालीन जनयुद्धका क्रममा काठमाडौंबाट बेपत्ता पारिएका विपीन भण्डारी (सुशील) र दिलबहादुर राई (प्रवीण)को स्मृतिमा आयोजित “वेपत्ता योद्धाहरुको योगदान र वर्तमानमा हाम्रो दायित्व” विषयक कार्यक्रममा बोल्दै मन्त्री मगरले त्यस्तो उद्घोष गरेकी हुन् ।

काठमाडौं, २ असार । खानेपानी मन्त्री बीना मगरले शहीद र वेपत्ता नागरिकले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेकपा (माओवादी)ले सञ्चालन गरेको दीर्घकालीन जनयुद्धका क्रममा काठमाडौंबाट बेपत्ता पारिएका विपीन भण्डारी (सुशील) र दिलबहादुर राई (प्रवीण)को स्मृतिमा आयोजित “वेपत्ता योद्धाहरुको योगदान र वर्तमानमा हाम्रो दायित्व” विषयक कार्यक्रममा बोल्दै मन्त्री मगरले त्यस्तो उद्घोष गरेकी हुन् ।

“हामी अहिले जुन राजनीतिक उपलब्धिको कुरा गर्दैछौं, त्यो सबै शहीद र वेपत्ता साथीहरुको योगदानका कारण हो”, मन्त्री मगरले भनिन्, “हाम्रा सपना अझै पूरा भएका छैनन, हाम्रो लडाई जारी छ ।” माओवादी नेता विपिन भण्डारीबाट आफूले राजनीतिकरुपमा धेरै कुरा सिकेको बताउँदै मन्त्री मगरले व्यक्तिगत स्वार्थभन्दा जनताको हितलाई माथि राखेर राजनीति गर्नुपर्ने शिक्षा र प्रेरणा उहाँहरुबाट आफूले प्राप्त गरेको बताइन् ।

कञ्चनपुरबाट काठमाडौं आएको बेला राजनीतिक सचेतना र नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरणा र ऊर्जा दिने दर्जनौं साथीहरु शहीद र केही वेपत्ता भएको उनले बताइन् । “हामीले वहाँहरुले साँचेको सपना बिर्सेका छैनौं । वहाँहरुको योगदानकै कारण आज देशमा यति परिवर्तन भएको छ ।” मन्त्री मगरले भनिन्, “तर वहाँहरुले खोजेको यतिमात्रै होइन, आम दुखी, मजदूर किसानको आँगनमा घाम झुल्किने व्यवस्था अझै आएको छैन । अहिले हामी त्यसकै लागि फेरि नयाँ संघर्षमा छौं ।”

मन्त्री मगरले बेपत्ताहरुको अवस्था सार्वजनिक गर्न पटकपटक बिभिन्न तहबाट प्रयास भएपनि कतिपय साथीहरुको अवस्था सार्वजनिक हुन नसकेकोमा दुख व्यक्त गरे । राज्यले यो विषयलाई उच्च प्राथमिकतामा राखेर तत्काल पहल गर्न समेत उनले जोड दिइन् ।

शहीद र वेपत्ता स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा वेपत्ता परिवारलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा बोल्दै कानुन मन्त्री शेरधन तामाङले एउटा भिन्न परिस्थितिमा चलेको राजनीतिक आन्दोलनमा लागेवापत नै शहीद र वेपत्ता भएका तमाम नेपाली योद्धाहरुप्रति उच्च सम्मान रहेको बताए । उनले भने, “देशका लागि, जनताका लागि योगदान गर्ने, जीवन उत्सर्ग गर्नेहरु महान हुन्, हाम्रो दायित्व वहाँहरुको सपना पूरा गर्ने हो ।”

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Uddhav Sharma

    Guf

    Comment Author

    Gurung Man

    अब नेताहरुको बोली र ब्याबाहार एउटै हुन देखाउन, सुत्ने समयबाहेक बांकी जति पूरा लाईभमा देखाउने सिस्टम होस् । यसको लागि प्रतिपक्क्षका र सत्ता पक्क्ष दुवैको पत्रकारहरुले फलोअप गर्न पाउन् ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?