सरिता गिरी भन्छिन्ः सीमा विवाद अन्तराष्ट्रियकरण गर्न भने जस्तो कहाँ सजिलो छ ?
सारांश
- जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीले नेपालको सिमा सम्वन्धी विवादलाई अन्तर्रा्ष्ट्रियकरण गर्न कठिन भएको बताएकी छन् ।
- ‘अन्तर्रा्ष्टियकरण गर्न सजिलो छैन, प्रक्रिया धेरै लामो छ, त्यसैले समय पनि लाग्छ, उनले बताइन् ।
- नेतृ गिरीले अन्तराष्ट्रियकरण गर्ने विषयमा धेरै मानिसले कुरा नै नबुझेको दावीसमेत गरेकी छन्।
जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीले नेपालको सिमा सम्वन्धी विवादलाई अन्तर्रा्ष्ट्रियकरण गर्न कठिन भएको बताएकी छन् । ‘अन्तर्रा्ष्टियकरण गर्न सजिलो छैन, प्रक्रिया धेरै लामो छ, त्यसैले समय पनि लाग्छ, उनले बताइन् ।
नेतृ गिरीले अन्तराष्ट्रियकरण गर्ने विषयमा धेरै मानिसले कुरा नै नबुझेको दावीसमेत गरेकी छन्। उनले संसदीय समितिले नक्शा सार्वजनिक गर्न दिएको निर्देशनलाई सरकारले वेवास्ता गर्नु रहस्यमय भएको टिप्पणी गरिन् ।
भूमि व्यवस्था मन्त्रालयका अधिकारीहरुले भारतले सहमती जनाएपछि मात्रै नक्शा सार्वजनिक गर्न सकिने बताएर अचम्मित पारेको उनको भनाई छ । नेतृ गिरीले भनिन् ‘संसदको अन्तराष्ट्रिय सम्वन्ध समितिमा मन्त्रालयका सचिवले भारतले सहमती नजनाउदासम्म सरकारले नक्शा बनाउन नमिल्ने बताउनु भयो, मलाई अचम्म लाग्यो ।’
सिमाना र नक्शाका बारेमा विवाद भएकाले नै नक्शा सार्वजनिक गर्न माग गरिएको बताउदै उनले विवादित विषयमा भारतले कसरी सहमती जनाउछ भन्दै प्रश्न गरिन् ।
नेपालको सिमानामाथी दुवै छिमेकी मुलुकले हस्तक्षेप गरेकाले भारत र चीन दुवैसँग वार्ता गर्नु पर्नेमा नेतृ गिरीको जोड रहेको छ । पछिल्लो घटनाका बारेमा दुवैलाई पत्राचार गरिएकोमा भारतले जवाफ त दिएपनि चीनले भने कुनै जवाफ नदिनु अर्को रहस्यम भएको उनको भनाई छ ।
नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडनको टप सातमा
काठमाडौं । नेपाली युवा दिवेश पोख्रेल उर्फ आर्थर गनले अमेरिकन आइडलमा अर्को महत्वपूर्ण फड्को पार गर्दै उत्कृष्ट सातमा पर्न सफल भएका छन्। सोमबार भएको छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै दिवेश उत्कृष्ट सात मा छनौट भएका हुन्। हलिउडको कुनै पनि अन्तरााष्ट्रियस्तरको गायन प्रतियोगितामा उत्कृता हासिल गर्ने संभवत पहिलो नेपाली बनेका पोख्रेलले नेपाली हुनुमा आफूलाई गर्व अनुभूति भएको बताउँदै आएका छन्।
प्रतिक्रिया