यि हुन नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक
सारांश
- काठमाडौं, १६ जेठ ।
- नेपाल कम्युनिष्ट पार्टीको बुधवार बसेको संसदीय दलको बैठकले संसदीय दलको उपनेता सुवास नेम्वाङलाई चयन गरेको छ ।
- त्यस्तै बैठकले देव प्रसाद गुरुङ संसदीय दलको प्रमुख सचेतकमा चयन गरेको छ ।
काठमाडौं, १६ जेठ । नेपाल कम्युनिष्ट पार्टीको बुधवार बसेको संसदीय दलको बैठकले संसदीय दलको उपनेता सुवास नेम्वाङलाई चयन गरेको छ ।
त्यस्तै बैठकले देव प्रसाद गुरुङ संसदीय दलको प्रमुख सचेतकमा चयन गरेको छ । त्यस्तै शान्ता चौधरी, सचेतकमा चयन गरेको छ । यसअघि एमालेबाट खगराज अधिकारी प्रमुख सचेतक थिए ।
अन्तर्राष्टि सम्मेलनमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
गत जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले संसदमा समेत नयाँ पार्टीको हैसियतमा कामकाज गर्न सुरु गरिसकेको छ ।
यसअघि संसदीय दलको नेतामा प्रधानमन्त्री केपी ओली चयन भइसकेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया