सत्य-स्वरूपको दुई गीत सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०८०
|
|
३३ पटक हेरिएको
Shares
सत्य-स्वरूपको दुई गीत सार्वजनिक

सारांश

  • काठमाडौं।
  • गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको गीत सार्वजनिक गरिएको छ।
  • शनिबार आयोजित पत्रकार सम्मेलनमा उनीहरूको गीत सार्वजनिक गरिएको हो ।

काठमाडौं। गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको गीत सार्वजनिक गरिएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा उनीहरूको गीत सार्वजनिक गरिएको हो ।

गायक सत्यराज आचार्यले चलिरहेको शैलीभन्दा पनि सङ्गीतको माधुर्यतालाई बुझेर गीत तयार गरिएको जानकारी दिए। “हामीले अडियो तयार गरेर आँखालाई पनि बिझाउनु हुँदैन भनेर श्रव्यदृश्य पनि उस्तै मेहनत गरेर तयार गरेका छौं।

यो गीत हेर्दै गर्दा पक्कै केही भिन्नता र फरक महसुस गर्नुहुन्छ भन्ने लागेको छ”, गायक सत्यराजले भने। ‘पागलपन’ बोलको गीतमा उहाँलाई गायिका अञ्जु पन्तले स्वर दिएर सघाएका छन्।

अर्को ‘माया’ बोलको गीतमा स्वरूपराज आचार्य र अनु चौधरीले स्वर दिएका छन्। गायक आचार्यले सिधैँ रेकर्डिङ स्टुडियो छिरेर गीतमा स्वर दिने परम्परा बढेकाले पुराना गीत झैँ मिठास हराएको बताए।

“मैले यो गीत दुई साता अभ्यास गरेर गाएको हुँ। यसकारण पनि रेडियो नेपालमा रेकर्डिङ हुँदाको समय स्मरण गरे। यो चल्नु पर्ने वा टपक्कै मुखमा झुन्डिने शब्दभन्दा पनि मिठास बोकेको शब्द र सङ्गीत छ”, गायक आचार्यले भने, “गीतकारले बजार निर्देशितभन्दा पनि राम्रो गीत बनाउने प्रयास गर्नुभएको छ । यस्ता सर्जकले गीतसङ्गीतको आयु बढाउने काम गरिरहनु भएको हुन्छ ।”

सार्वजनिक गरिएको दुई गीतमा पदम लोहारले शब्द रचना गर्नुका साथै श्रव्यदृश्यमा अभिनय पनि गरेका छन्। चलचित्र गीतझैँ निर्माण गरिएको श्रव्यदृश्यले दर्शकलाई निराश नबनाउने निर्देशक कविराज गहतराजले बताए।

पत्रकार सम्मेलनमा सङ्गीतकार शम्भुजित बाँस्कोटा, राजन इसान, गायक शिलाबहादुर मोक्तान, सचिन रौनियार, गायिका प्राश्ना शाक्य, निर्देशक आशिफ शाह लगायतका व्यक्तित्वको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?