कतारमा नेपाली अलपत्र, ९ सय जनाले एउटै मेसमा खिचडी बनाएर खाँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १८, २०७५
|
|
३२ पटक हेरिएको
Shares
कतारमा नेपाली अलपत्र, ९ सय जनाले एउटै मेसमा खिचडी बनाएर खाँदै

सारांश

  • कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् ।
  • सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेका छन् ।
  •  कम्पनी डुबेपछि भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेका हुन् ।

कतारस्थित हम्टान अन्तर्राष्ट्रिय कम्पनीका सञ्चालक कामदारलाई तलब नदिई भागेका छन् ।
सञ्चालक सम्पर्कविहीन भएपछि १ सय ४९ नेपालीसहित ९ सय विदेशी कामदार अलपत्र परेका छन् । कम्पनी डुबेपछि भारतीय नागरिक रलिइफ केएम कतारबाट भागेका हुन् ।

उनी कम्पनीका मुख्य सञ्चालक हुन्। कम्पनीका अध्यक्ष कतारी नागरिक युसुफ मलालाका अल हरामी कामदारको सम्पर्कमा छैनन्। कतारको श्रम कानुनअनुसार कम्पनी टाट पल्टे कामदारको बक्यौता भुक्तानी गरी स्वदेश फर्काउनुपर्छ।

सञ्चालक फरार भएकाले कामदारले खानासमेत पाएका थिएनन्। भारतीय दूतावास, कतार च्यारिटी संस्था, लुलु हाइपरमार्केट, गोरखा सेवा समाज, लमजुङ सेवा समाजलगायतले उनीहरूलाई खानाको प्रबन्ध मिलाएका छन्। ‘९ सय जनाका लागि एउटै मेस छ। खाद्यान्न सहयोग मिलिरहेको छ। चामल कम भएका बेला खिचडी बनाएर खाने गरेका छौं,’ चन्द्रबहादुर सेजवालले भने।

कामदारले गत मे महिनादेखि तलब पाएका छैनन्। कम्पनीमा १६ महिनादेखि ११ वर्षसम्म कार्यरत नेपाली छन्।

‘हामीले तलब र उपदान माग्दै विवाद समाधान समितिमा मुद्दा हालेका छौं। मुद्दा जिते पनि पैसा पाइँदैन कि भन्ने चिन्ता छ,’ लमजुङका मोहन गुरुङले भने। हम्टानले एक वर्षदेखि कामदारलाई नियमित तलब दिन सकिरहेको थिएन।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?