प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्री मोदीलाई टुँडिखेलमा गार्ड अफ अनर, पहिलो कुटनीतिक भेटघाट परराष्ट्रमन्त्री ज्ञवालीसँग

सारांश

  • काठमाडौं, २८ बैशाख।
  •   नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा टुँडिखेलमा गार्ड अफ अनर दिइएको छ।
  • सेनाको टुकडीले उनलाई गार्ड अफ अनर दिएको हो।

काठमाडौं, २८ बैशाख।  नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा टुँडिखेलमा गार्ड अफ अनर दिइएको छ।

सेनाको टुकडीले उनलाई गार्ड अफ अनर दिएको हो। मोदीले काठमाडौंमा आफ्नो पहिलो कुटनीतिक भेटघाट अन्र्तगत परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग भेट गरेका छन्।

होटल हायातमा मोदी र ज्ञवालीबीच भेटवार्ता भएको हो। जनकपुरको कार्यक्रमपछि मोदी दिउँसो साढे २ बजे काठमाडौं आएका हुन्। काठमाडौंमा पहिलो कुटनीतिक भेट अन्र्तगत परराष्ट्रमन्त्री ज्ञवालीसँग उनले भेटघाट गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

उपराष्ट्रपति र राष्ट्रपतिसँगको भेटघाटपनि उनी द्वारिका होटलमा जाने छन्। जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। आजै साँझ होटल द्वारिकामै अरुण तेस्रोको स्वीच थिचेर शिलान्यासको कार्यक्रम राखिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?