प्रतिकूल मौसमले हवाई उडान प्रभावित

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०८०
|
|
३१ पटक हेरिएको
Shares
प्रतिकूल मौसमले हवाई उडान प्रभावित

सारांश

  • काठमाडौं ।
  • प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।
  • भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।

भिजिबिलिटी कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यको उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन् ।

कोलम्बोबाट काठमाडौँ आएको श्रीलङ्कन एयरलाइन्सको जहाज आधा घण्टादेखि आकाशमा होल्डमा छ । यस्तै मलेसियाको क्वालालालम्पुरबाट आएको बाटिक एयरको जहाज पनि अहिले सिमरामाथिको आकाशमा होल्ड भएको छ । आन्तरिकतर्फ केही जहाजको उडान ढिला भएको विमानस्थलले जनाएको छ ।

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाकै कारण शनिबार दिउँसोदेखि राति अबेरसम्म हवाई उडान प्रभावित भएको थियो ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । काठमाडौँको आकाशमा आज बिहानैदेखि आंशिक बदली रहेको छ । अहिले उपत्यकाका केही क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको छ ।

(ausoma.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरियो
नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरियो
आजको राशीफल
आजको राशीफल
प्रधानमन्त्री ओलीको पहिलो भ्रमण भारत, मोदीसँग चैत २४ मा भेट हुने
प्रधानमन्त्री ओलीको पहिलो भ्रमण भारत, मोदीसँग चैत २४ मा भेट हुने
यी हिरोइनले स्वतन्त्र चुनाव लडेर पूर्वप्रधानमन्त्रीका नाती तथा मुख्यमन्त्रीका छोरालाई हराइन्
यी हिरोइनले स्वतन्त्र चुनाव लडेर पूर्वप्रधानमन्त्रीका नाती तथा मुख्यमन्त्रीका छोरालाई हराइन्
स्वास्थ्य सामाग्री खरिद सेनाले गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकार संचालकमा देखियो : वरिष्ठ नेता पौडेल
स्वास्थ्य सामाग्री खरिद सेनाले गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकार संचालकमा देखियो : वरिष्ठ नेता पौडेल
३ तलाको अनुमति, १० तलाको घर, उद्घाटन उपराष्ट्रपतिको हातबाट
३ तलाको अनुमति, १० तलाको घर, उद्घाटन उपराष्ट्रपतिको हातबाट
सम्झनालाई बार लाएर राेक्न नखाेज्न अंकित बाबुकाे अाग्रह
सम्झनालाई बार लाएर राेक्न नखाेज्न अंकित बाबुकाे अाग्रह
नेपाल रेल पुर्‍याउने चिनियाँ राष्ट्रपतिकाे भिजन ,: प्रधानमन्त्री ओली
नेपाल रेल पुर्‍याउने चिनियाँ राष्ट्रपतिकाे भिजन ,: प्रधानमन्त्री ओली
पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डले सोधे : होटेल होटेलमा किन नाँच्दै हिँडेको ?
पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डले सोधे : होटेल होटेलमा किन नाँच्दै हिँडेको ?
खानेपानी मन्त्रालयको प्रगति विवरणः देशैभरि सम्पन्न भए ५ सय ४५ वटा आयोजना
खानेपानी मन्त्रालयको प्रगति विवरणः देशैभरि सम्पन्न भए ५ सय ४५ वटा आयोजना

तपाईंले छुटाउनुभयो कि?