करोडौँ रकम बेरुजु

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २६, २०७५
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • जीतपुर फाल्गुण २६।
  •   जनप्रतिनिधिमा देखिएको अन्योलले प्रदेश नं ५ अतर्गत कपिलवस्तु जिल्लाको स्थानीय तहमा जनअपेक्षा अनुसार बिनियोजित रकम खर्च हुन नसक्दा करोडौ रकम बेरुजु भएको छ ।
  • हरेक वर्ष बजेट बिनियोजन गरी विकास निमार्णका योजना अघि बढाइए पनि कतिपय योजना अधुरै छन् ।

जीतपुर फाल्गुण २६।   जनप्रतिनिधिमा देखिएको अन्योलले प्रदेश नं ५ अतर्गत कपिलवस्तु जिल्लाको स्थानीय तहमा जनअपेक्षा अनुसार बिनियोजित रकम खर्च हुन नसक्दा करोडौ रकम बेरुजु भएको छ । हरेक वर्ष बजेट बिनियोजन गरी विकास निमार्णका योजना अघि बढाइए पनि कतिपय योजना अधुरै छन् ।
काम पूरा नगर्दा पेश्की लगेको रकम फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था भए पनि बिगत बर्षदेखीका योजना अपुरै रहेको र लगेको पेश्की पनि अहिलेसम्म बुझाइएको छैन । केही योजनाको नक्कली कागजात र बिल बनाएर पेश गरी बजेट दुरुपयोग गरिएका चर्चा पनि बढेको छ । सङ्घीय सरकारले स्थानीय तहलाई भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशुसेवा, महिला विकास, समाजिक सुरक्षा योजना अनुगमनलगायत जिम्मेवारी दिए पनि दरबन्दी अनुसारका दक्ष कर्मचारी अभावमा विकासे योजना कार्यान्वयन हुन नसक्दा १० वटा स्थानीय तहका केही नगर र गाउँपालिकाको बेरुजु रकम बर्षेनी बढदै गएको हो ।

प्राप्त विवरण अनुसार बेरुजु रकममध्ये सबैभन्दा बढि बुद्धभूमि नगरपालिकाको रू ३ करोड ९५ लाख ५९ हजार छ भने सबैभन्दा कम बेरुजु कृष्णनगर नगरपालिकाको छ । उक्त नगरको बेरुजु रू ९ लाख २० हजारको हो ।
यस्तै बाणगङ्गा नगरपालिकाको पनि बिगत बर्षमा रू २२ लाख र यसबर्ष १ लाख ८३ हजार बेरुजु देखिएको प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनीले जानकारी दिनुभयो । महाराजगञ्ज नगरपालिकाको रू ३ करोड ६८ लाख ५९ हजार, शिबराज नगरपालिकाको रू ३ करोड १ लाख ५० हजार र कपिलवस्तु नगरपालिकाको रू ४८ लाख २९ हजार बेरुजु छ । यसैगरी गाउँपालिकामा सबैभन्दा बढि रकम बेरुजु मायादेबी गाउँपालिकाको रू २ करोड ५४ लाख ७८ हजार भने सबैभन्दा कम बिजयननगर गाउँपालिकाको छ ।

उक्त गाउँपालिकाको रू ६ लाख ३० हजार ७ सय ७४ बेरुजु देखिएको छ । यशोधरा गाउँपालिकाको रू १ करोड ८५ लाख ४१ हजार र शुद्धोधन गाउँपालिकाको रू ८७ लाख ४२ हजार बेरुजु रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । अधिकांश स्थानीय तहमा दरबन्दीअनुसारका कर्मचारी अभाव देखिएका कारण जनप्रतिनिधिका लागि योजना छनौट गर्न कठिन भएको जनप्रतिनिधिकोे भनाइ छ । बिगतका बर्षमा सम्बन्धित कार्यालयले बेरुजु रकम फर्छौट गर्न नसकेको, बिलभन्दा बढी रकम भुक्तानी गरेको, भुक्तानी दिँदा बिल भरपाई नराखेको, अनुगमन मूल्याङ्कन कमजोर भएको, सेवा प्रवाहको प्रतिफल सन्तोषजनक नभएको, प्राथमिकता निर्धारण नगरी योजना छनोट गरेकोजस्ता त्रुटीका कारण विकासे बजेट बेरुजु भएको बताइएको छ ।
बुद्धभूमि नगरपालिकाको बेरुजुबारे जिज्ञासा राख्दा प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्यले बिगतमा के–के शीर्षकमा बेरुजु भएको छ, त्यो हेर्न बाँकी रहेको तर आफू आईसकेपछि बढि बेरुजु रकम नभएको बताउनुभयो ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कविता : मेरो लोकतन्त्र
कविता : मेरो लोकतन्त्र
हराएको दुई सातापछि जङ्गलमा शव, मृतकको भिसेरा जाँच हुने
हराएको दुई सातापछि जङ्गलमा शव, मृतकको भिसेरा जाँच हुने
घामपानी र हावाहुरी हेरेर विकास हुँदैनः महेश बस्नेत
घामपानी र हावाहुरी हेरेर विकास हुँदैनः महेश बस्नेत
शेयर कीर्ते गरेर कम्पनी रजिष्ट्रार कार्यालयका दुई उप–रजिष्ट्रार बेपत्ता !
शेयर कीर्ते गरेर कम्पनी रजिष्ट्रार कार्यालयका दुई उप–रजिष्ट्रार बेपत्ता !
आईजीपी नियुक्ति विवाद-डीआईजी र एआईजीको मुद्दालाई ‘लगाउ’मा राख्न आदेश
आईजीपी नियुक्ति विवाद-डीआईजी र एआईजीको मुद्दालाई ‘लगाउ’मा राख्न आदेश
चुनाव पर्यवेक्षणका लागि जापानी उप-विदेशमन्त्री आउँदै
चुनाव पर्यवेक्षणका लागि जापानी उप-विदेशमन्त्री आउँदै
सर्लाही ४ मा वाम गठबन्धनको सहयोग पाएका राजपा उम्मेदवार पछि
सर्लाही ४ मा वाम गठबन्धनको सहयोग पाएका राजपा उम्मेदवार पछि
जिल्ला अदालतमा सात जना न्यायाधीश सिफारिस
जिल्ला अदालतमा सात जना न्यायाधीश सिफारिस
खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ : मन्त्री खनाल
खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ : मन्त्री खनाल
एसिसी यू–१९ एसिया कप : नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य, कप्तान एेरीले बनाए ८८ रन
एसिसी यू–१९ एसिया कप : नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य, कप्तान एेरीले बनाए ८८ रन

तपाईंले छुटाउनुभयो कि?