सर्वेन्द्र खनाल भन्छन्,– काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्छु

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १९, २०७९
|
|
२० पटक हेरिएको
Shares
सर्वेन्द्र खनाल भन्छन्,– काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्छु

सारांश

  • काठमाडौँ, ।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट काठमाडौँ क्षेत्र नं ६ का उम्मेदवार सर्वेन्द्र खनालले काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्ने बताउनुभएको छ ।
  • आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा एमालेबाट उम्मेदवार बन्नुभएका खनालले काठमाडौँ क्षेत्र नं ६ का खुला बस्तीमा नमूना समाज निर्माण गरिने बताउनुभएको हो ।

काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट काठमाडौँ क्षेत्र नं ६ का उम्मेदवार सर्वेन्द्र खनालले काठमाडौँ क्षेत्र नं ६ मा नमूना समाज निर्माण गर्ने बताउनुभएको छ ।

आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा एमालेबाट उम्मेदवार बन्नुभएका खनालले काठमाडौँ क्षेत्र नं ६ का खुला बस्तीमा नमूना समाज निर्माण गरिने बताउनुभएको हो । “एउटै समाजभित्र विद्यालय, स्वच्छ खानेपानी, खेल मैदान, ज्येष्ठ नागरिक पार्क, पुस्तकालय, प्राविधिक ल्याव, चमेना गृह, पसललगायतको सुविधासम्पन्न समाज निर्माण गर्ने मेरो लक्ष्य छ,”– उहाँले भन्नुभयो ।

तीस वर्ष नेपाल प्रहरीमा सेवा गर्नुभएका खनालले आफूले निर्वाचन जितेमा काठमाडौँ क्षेत्र नं ६ लाई नमूना क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो । खनालले आफू हरेक जनताको सुःख दुःखको साथी बन्न खोजेको उल्लेख गर्नुभयो ।

काठमाडौँ क्षेत्र नं ६ मा काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७ र २८, टोखा नगरपालिकाको वडा नं १, ८, ९, १० र ११ साथै तारकेश्वर नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११ वडा पर्छन् । काठमाडौँको बागबजार, पुरानो बसपार्क, कमलादी, असन, ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुशी, नयाँ बसपार्क, गोँगबु, बानियाँटार, काभ्रेस्थली, धर्मस्थली, मनमैजु, साङ्ला, झोरलगायतका क्षेत्र रहेको सो क्षेत्रमा ६२ हजार १०२ मतदाता छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘१ दिनका लागि ऋतिक रोशन बन्न पाए के गर्नुहुन्थ्यो’?कंगनाको जवाफ यस्तो!
‘१ दिनका लागि ऋतिक रोशन बन्न पाए के गर्नुहुन्थ्यो’?कंगनाको जवाफ यस्तो!
नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरियो
नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरियो
अवकाश हुँदै तीन सचिव, कस्को के दाउ
अवकाश हुँदै तीन सचिव, कस्को के दाउ
अमेरिकामा ५०० जना नेपाली कोरोना सङ्क्रमित
अमेरिकामा ५०० जना नेपाली कोरोना सङ्क्रमित
हवाइ इन्धनको मूल्य घटेपनि आन्तरिक उडान भाडा घटेन
हवाइ इन्धनको मूल्य घटेपनि आन्तरिक उडान भाडा घटेन
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी
पौष ३० गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य कार्टुनहरु
पौष ३० गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य कार्टुनहरु
३३ किलाे सुन प्रकरण: समीतिले नभेटेका एक दर्जन माथी अनुसन्धान सुरु
आमा सल्लाझैं सुसाइरहिन्- बलात्कारपछि हत्या गरिएकी १० वर्षे छोरीको शव अस्पतालमै
आमा सल्लाझैं सुसाइरहिन्- बलात्कारपछि हत्या गरिएकी १० वर्षे छोरीको शव अस्पतालमै
समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई छैन् : पत्रकार महासंघ
समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई छैन् : पत्रकार महासंघ

तपाईंले छुटाउनुभयो कि?