सलमानलाई सार्वजनिक स्थानमा कुट्नेलाई २ लाख

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सलमानलाई सार्वजनिक स्थानमा कुट्नेलाई २ लाख

सारांश

  • मुम्बई, २० जेठ ।
  • सलमान खान प्रोडक्शनद्वारा निर्मित चलचित्र लवरात्रि सुरुदेखि नै विवादमा रहँदै आएको छ ।
  • विश्व हिन्दु परिषदले पहिले देखि नै फिल्मको विरोध गर्दै आएकोमा अब अर्को संगठन पनि थपिएको छ ।

मुम्बई, २० जेठ । सलमान खान प्रोडक्शनद्वारा निर्मित चलचित्र लवरात्रि सुरुदेखि नै विवादमा रहँदै आएको छ । विश्व हिन्दु परिषदले पहिले देखि नै फिल्मको विरोध गर्दै आएकोमा अब अर्को संगठन पनि थपिएको छ । त्यो हो हिन्दु नै अगाडी भन्ने भारतीय हिन्दु धर्मालाम्बीहरुको संगठन ।

सोही संगठनले सलमानलाई सार्वजनिक स्थानमा कुट्नेलाई दुई लाख इनाम दिने घोषणा गरेको हो । अन्य धेरै हिन्दु संगठनहरुले फिल्मको नामलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन् ।

विश्व हिन्दु परिषदको घोर विरोध पश्चात सलमानले यसअघि नै फिल्मको नाम परिवर्तन गर्ने बताएका थिए । र राम्रो नाम जुराईदिन आफ्ना फ्यानलाई नै आग्रह गरेका थिए । फिल्मको शुटिङ् अझै चलिरहेको छ । जुन आउने नवरात्रीमै रिलीजको तयारी गरीएको छ ।

फिल्म गुजरातको कथामा आधारीत छ । फिल्ममा उनकै बैनी ज्वाईं आषिश शर्मा अभिनय गर्दैछन् जुन उनको पहिलो चलचित्र हुनेछ । फिल्मको नाम परिवर्तनपछि कसैले फिल्ममा अवरोध नपु¥याउने धेरैले आशा गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?