उत्तराखण्डः केदारनाथ, बद्रीनाथमा भारी हिमपात

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १९, २०७९
|
|
४८ पटक हेरिएको
Shares
उत्तराखण्डः केदारनाथ, बद्रीनाथमा भारी हिमपात

सारांश

  • नयाँ दिल्ली।
  • भारतको उत्तराखण्डमा शुक्रबार बिहानैदेखि पहाडी क्षेत्रमा हिमपात भएको छ भने मैदानी क्षेत्रमा पानी परिरहेको छ।
  • केदारनाथ धाममा भारी हिमपातका कारण केदारनाथ धार्मिक यात्राको तयारी पनि प्रभावित भएको छ।

नयाँ दिल्ली। भारतको उत्तराखण्डमा शुक्रबार बिहानैदेखि पहाडी क्षेत्रमा हिमपात भएको छ भने मैदानी क्षेत्रमा पानी परिरहेको छ।

केदारनाथ धाममा भारी हिमपातका कारण केदारनाथ धार्मिक यात्राको तयारी पनि प्रभावित भएको छ। यसैबीच उक्त स्थानमा भइरहेको पूर्वाधार निर्माण कार्य केही समयका लागि रोकिएको छ।

धार्मिक यात्रा २५ अप्रिलबाट शुरु हुने बताइएको छ। साथै उत्तराखण्डका थुप्रै मैदानी इलाकामा पनि पानी परिरहेको बताइएको छ।

प्रशासनले राज्यमा सावधानीका साथै उद्धार कार्य पनि जारि राखेको छ। मौसममा बदली भएसँगै बद्रीनाथ धाममा पनि हिमपात शुरु भएको छ। बद्रीनाथ मन्दिरको द्वार २७ अप्रिलदेखि खोलिनेछ।

बारम्बारको खराब मौसम र कडा चिसोका कारण यात्रा तयारी र गुरुयोजनाको काम प्रभावित भएको अधिकारीहरूले बताएका छन्। वर्षात् हिमपातबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?