मन्त्री योगेश भट्टराईलाई हटाउन लागि पर्ने को को हुन् ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २८, २०७६
|
|
३३ पटक हेरिएको
Shares
मन्त्री योगेश भट्टराईलाई हटाउन लागि पर्ने को को हुन् ?

सारांश

  • मिसन र भिजनका साथ मन्त्री बनेका एकजना उदयीमान नेतालाई मन्त्रीबाट हटाउन उड्डयन क्षेत्रमा एउटा समूह नै सक्रिय भएको छ ।
  • संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेलगत्तै योगेशले लोकप्रीय निर्णयहरु गरेका थिए ।
  • जुन व्यवसायीहरुले पचाउन सक्ने थिएन ।

मिसन र भिजनका साथ मन्त्री बनेका एकजना उदयीमान नेतालाई मन्त्रीबाट हटाउन उड्डयन क्षेत्रमा एउटा समूह नै सक्रिय भएको छ । संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेलगत्तै योगेशले लोकप्रीय निर्णयहरु गरेका थिए । जुन व्यवसायीहरुले पचाउन सक्ने थिएन ।

देशको पर्यटन देखि सामाजको दुरगामी हितका लागि मन्त्री भट्टराईले लिएको निर्णयमध्ये हवाईजहाजमा ७५ वर्ष उमेर पार गरेकालाई छुट देखि आन्तरिक उडानमा समान भाडादर महत्वपूर्ण बन्यो । वृद्धवृद्धाको हितका लागि लिएको निर्णयले योगेशलाई समाजको तल्लो तहसम्म प्रीय बनायो । विगतमा तत्कालिन नेकपा एमालेको नौ महिने सरकारका पालामा ७५ वर्ष उमेर पार गरेकालाई वृद्धभत्ता दिने निर्णयले आजसम्म नेकपाको उचाई बढाएको छ ।

योगेशले हवाई भाडामा वृद्धवृद्धाका लागि छुटको घोषणा गरेपछि वृद्धवृद्धाको मन जित्न सके । तर, उड्डयन क्षेत्रका व्यवसायीका लागि असह्य भयो । उनीहरु मन्त्रीका विरुद्ध भित्री रुपमा सक्रिय भए ।

यसैगरी, मन्त्री भट्टराईले स्वदेशी र विदेशीलाई समान भाडादर लागू गराउने कदम चाले । विदेशीबाट दोब्बर भाडा असुलेर लाभ लिइरहेका व्यवसायीका लागि यो झन् अह्य भयो । असमान भाडादरका कारण विदेशी पर्यटक जति आउनुपर्ने हो त्यति नआएको बुझेपछि भट्टराईले कठोर तर दुरगामी महत्वको कदम चाल्न खोजे । यसप्रति नागरिक उड्डयन क्षेत्रका व्यवसायी असन्तुष्ट बनेका छन् । विदेशीलाई दोब्बर भाडा तिराएर लाभ लिइआएका उनीहरुले सार्वजनिक रुपमा आपत्ती जनाइसके । त्योसँगै मन्त्री हटाउने लबिङ गर्न थालेका छन् ।

मन्त्रिहरु परिवर्तन र जिम्मेवारी हेरफेरको चर्चा चलिरहँदा योगेशलाई अर्को मन्त्रालयमा पठाउने गरी उड्डयन क्षेत्रका व्यापारीहरुको सक्रियता बढेको छ । विशेषगरी निजी क्षेत्रका हवाई कम्पनिहरु मन्त्रीविरुद्ध लागेका छन् । नाम चलेका केही व्यवसायी शक्ति केन्द्र धाएर मन्त्रिमण्डल परिवर्तन गर्दा योगेश भट्टराईलाई अर्को मन्त्रालयमा सार्न भन्न थालेका छन् । सकेसम्म उनी मन्त्री नबनुन् भनेर लबिङ भइरहेको छ । व्यापारको स्वार्थमा भन्दा समग्र समाज र देश हितमा लाग्दा योगेशलाई मन्त्रीमा टिक्न मुश्किल परिरहेको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाईडबडी घोटाला प्रकरणमा कांग्रेस चुप, देउवाले दिए यस्तो निर्देशन
वाईडबडी घोटाला प्रकरणमा कांग्रेस चुप, देउवाले दिए यस्तो निर्देशन
विप्लवका नेतालाई राज्यविरुद्ध अपराधमा मुद्दा, आजीवन कैद हुन सक्ने
विप्लवका नेतालाई राज्यविरुद्ध अपराधमा मुद्दा, आजीवन कैद हुन सक्ने
Armaan Kohli’s girlfriend Neeru Randhawa withdraws assault case against the actor!
Armaan Kohli’s girlfriend Neeru Randhawa withdraws assault case against the actor!
र, यसरी तोडियो नेपालमाथिको भारतको एकाधिकार
र, यसरी तोडियो नेपालमाथिको भारतको एकाधिकार
“मतदाता, उम्मेदवार र चुनावमा खटिने सबै कर्मचारीको सुरक्षा गर्ने दायित्व सुरक्षा निकायको हो”-यादव ।
“मतदाता, उम्मेदवार र चुनावमा खटिने सबै कर्मचारीको सुरक्षा गर्ने दायित्व सुरक्षा निकायको हो”-यादव ।
मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित
मस्जिदमा नमाज पढ्ने कार्यक्रम स्थगित
साढे तीन करोड भन्दा बढीको लागतमा २ ओटा स्वास्थ्य चौकी भबन निर्माण
साढे तीन करोड भन्दा बढीको लागतमा २ ओटा स्वास्थ्य चौकी भबन निर्माण
बृटिश उपप्रधानमन्त्री अनुसन्धानमा दोषी देखिएपछि राजिनामा
बृटिश उपप्रधानमन्त्री अनुसन्धानमा दोषी देखिएपछि राजिनामा
बागी र वाम दुुबैलाई हराए कास्की कांग्रेसका विन्दुकुमार थापाले
बागी र वाम दुुबैलाई हराए कास्की कांग्रेसका विन्दुकुमार थापाले
केसीको स्वास्थ्य चिन्ताजनक, अनसनको अन्त्य कहिले ?
केसीको स्वास्थ्य चिन्ताजनक, अनसनको अन्त्य कहिले ?

तपाईंले छुटाउनुभयो कि?