साफ च्याम्पियनसिपको फाइनल नजिक नेपाल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १२, २०७६
|
|
२६ पटक हेरिएको
Shares
साफ च्याम्पियनसिपको फाइनल नजिक नेपाल

सारांश

  • काठमाडौँ।
  • भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबलमा भूटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको छ।
  • भारतको कोलकत्तास्थित कल्याणी रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भूटानलाई ६–० गोलअन्तरले पराजित गर्दै फाइनल नजिक पुगेको हो।

काठमाडौँ। भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबलमा भूटानलाई पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको छ।भारतको कोलकत्तास्थित कल्याणी रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भूटानलाई ६–० गोलअन्तरले पराजित गर्दै फाइनल नजिक पुगेको हो।

त्यस्तै राउन्ड रोविनको अन्तिम खेल भारत र बङ्गलादेशबीच आजै हुँदैछ। भारत र बङ्गलादेशबीचको खेलमा कम्तीमा ४ गोलको अन्तरमा विजयी भएको खण्डमा मात्र बङ्गलादेश फाइनलमा पुग्नेछ। अन्यथा, नेपालले फाइनलमा आफ्नो यात्रा सुनिश्चित गर्नेछ । भारत भने तीन खेल जितेर यसअघि नै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

नेपालको जितमा कप्तान प्रदीप लम्सालले दुई गोल गरे । यस्तै असिम राई, क्रिस सापकोटा, निराजन खत्री र सुगम जिम्मीले एक गोल गरे। खेलको पाँचौँ मिनेटमा प्रदीपले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलको नवौँ मिनेटमा निराजनले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए।

खेलको पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा चार गोल थप्यो। खेलको ४८ औँ मिनेटमा प्रदीपले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाए। त्यसैगरी खेलको ७५औँ मिनेटमा असिमले गोल गरे भने खेलको ८५औँ मिनेटमा क्रिसले गोल गरे। खेलको दोस्रो हाफको अतिरिक्त समयमा सुगमले एक गोल थप्दै नेपाललाई ६–० को सहज जित दिलाए।

पहिलो खेलमा भारतसँग पराजित नेपाली टोलीले त्यसपछिका तीन खेलमा श्रीलङ्का, बङ्गलादेश र भूटानलाई पराजित गर्न सफल भयो। प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भारत, श्रीलङ्का र भूटान सहभागी छन् जसमा श्रीलङ्का र भूटान भने प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?