सवारीसाधन खरिद गर्न मात्रै १८ करोड रुपैयाँ रकमान्तर !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३१, २०७५
|
|
३५ पटक हेरिएको
Shares
सवारीसाधन खरिद गर्न मात्रै  १८ करोड रुपैयाँ रकमान्तर !

सारांश

  • काठमाडौं ३१ असार ।
  • सरकारले भौतिक सुविधाअन्तर्गत सवारीसाधन खरिद गर्न मात्रै पछिल्लो चार महिनामा १८ महिना १८ करोड रुपैयाँभन्दा बढी रकमान्तर गरेको छ।
  • विभिन्न सरकारी निकायले सवारीसाधन खरिदको नाममा फागुनदेखि जेठसम्म १८ करोड छ लाख ५९ हजार १८४ रुपैयाँ रकमान्तर गरेको अर्थ मन्त्रालयले जानकारी दिएको  छ।

काठमाडौं ३१ असार । सरकारले भौतिक सुविधाअन्तर्गत सवारीसाधन खरिद गर्न मात्रै पछिल्लो चार महिनामा १८ महिना १८ करोड रुपैयाँभन्दा बढी रकमान्तर गरेको छ।

विभिन्न सरकारी निकायले सवारीसाधन खरिदको नाममा फागुनदेखि जेठसम्म १८ करोड छ लाख ५९ हजार १८४ रुपैयाँ रकमान्तर गरेको अर्थ मन्त्रालयले जानकारी दिएको  छ। सामान्यतया बजेटमार्फत स्वीकृत कार्यक्रमभन्दा बाहिर गएर नयाँ कार्यक्रम आए या स्वीकृत कार्यक्रम पनि खर्च प्रगति राम्रो भयो भने अतिरिक्त रकम माग हुने गर्छ।

चालु आर्थिक वर्षको पछिल्लो चार महिनामा भने तीव्र रकमान्तर भएको देखिएको छ। यस अवधिमा २२ अर्ब ६५ करोड ६३ लाख ६९ हजार ९८५ रुपैयाँ रकमान्तर भएको अर्थ मन्त्रालयको तथ्यांकमा छ। नयाँ पत्रीकाका अनुसार  वर्तमान सरकाले सरकारी खर्च कटौती तथा बजेट कार्यान्वयनमा अनुशानस काय गर्ने नारासहित काम थालेको चार महिनाको अवधिमै तीव्र रकमान्तर देखिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ