स्याडामा रुघाखोकीका चार सय बिरामी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २३, २०७६
|
|
२१ पटक हेरिएको
Shares
स्याडामा रुघाखोकीका चार सय बिरामी

सारांश

  • सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा रुघाखोकी र भाइरल ज्वरोका बिरामीले गाउँ नै थलिएको छ ।
  • गाउँका ३६५ जना रुघाखोकी र भारइल ज्वरोले बिरामी भएका छन् ।
  • सिमकोटबाट आठ कोस टाढा रहेको स्याडामा मौसमी रुघाखोकी र भाइरल ज्वरोका बिरामीप्रति सरोकार निकाय मौन भएको स्थानीयवासीले बताएका छन् ।

सिमकोट गाउँपालिका–८ स्याडा गाउँमा रुघाखोकी र भाइरल ज्वरोका बिरामीले गाउँ नै थलिएको छ । गाउँका ३६५ जना रुघाखोकी र भारइल ज्वरोले बिरामी भएका छन् ।

सिमकोटबाट आठ कोस टाढा रहेको स्याडामा मौसमी रुघाखोकी र भाइरल ज्वरोका बिरामीप्रति सरोकार निकाय मौन भएको स्थानीयवासीले बताएका छन् । मौसमी रुघाखोकीबाट पाँच जनाको अवस्था चिन्ताजनक रहेको स्याडा स्वास्थ्यचौकीका वरिष्ठ अहेव अर्जुन कार्कीले बताउनुभयो । “स्वास्थ्यचौकीमा पर्याप्त औषधि र दक्ष स्वास्थ्यकर्मी नहुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “गाउँपालिका स्वास्थ्य शाखाबाट दिएको औषधि सकियो तर गाउँभरि नै बिरामी थला परेकाले अहिले समस्या भएको छ ।”

गाउँमा रुघाखोकी र भाइरल ज्वरोले आक्रान्त वृद्धवृद्धा र बालबालिकाको समयमै उपचार हुन नसके यसले ठूलो रूप लिन सक्ने स्थानीयवासी नुर्बु बुढाले बताउनुभयो । हुम्लामा मौसमी रुघाखोकीका कारण विभिन्न गाउँपालिकाका १४ जनाको मृत्यु भइसकेको छ । जिल्लाभरि सयौँ बिरामी परेको स्वास्थ्य सेवा कार्यालयका नर्सिङ इन्चार्ज सरिता बोहोराले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवले दलहरुको रिस विद्यार्थीमाथि पोख्दै, स्कुलहरु तारो
विप्लवले दलहरुको रिस विद्यार्थीमाथि पोख्दै, स्कुलहरु तारो
१९० डिएसपीको सरुवाः को कहाँ पुगे ?
१९० डिएसपीको सरुवाः को कहाँ पुगे ?
ह्याम्मरले हानेर श्रीमतीको हत्या
ह्याम्मरले हानेर श्रीमतीको हत्या
झापामा ओली, सिटौला र विश्वप्रकाशको पछिल्लो मत परिणाम !
एमाले शीर्ष नेताहरूको छलफल: नयाँ मोडालिटीमा प्रचण्डसँग ‘निर्णायक वार्ता’
एमाले शीर्ष नेताहरूको छलफल: नयाँ मोडालिटीमा प्रचण्डसँग ‘निर्णायक वार्ता’
सौर्य सिमेन्टको चुनढुंगा खानीमा बम बिष्फोट
सौर्य सिमेन्टको चुनढुंगा खानीमा बम बिष्फोट
राजविराज घटना देशलाई बन्धक बनाउने सुनियोजित षडयन्त्र होः एमाले
राजविराज घटना देशलाई बन्धक बनाउने सुनियोजित षडयन्त्र होः एमाले
ऊर्जामन्त्री पुनले ल्याए २२ वर्षे प्रसारण लाइन विकास गुरुयोजना
ऊर्जामन्त्री पुनले ल्याए २२ वर्षे प्रसारण लाइन विकास गुरुयोजना
काङग्रेसद्वारा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकमाथि ध्यानाकर्षण
काङग्रेसद्वारा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी विधेयकमाथि ध्यानाकर्षण
बोनी कपुरसँग भाइरल भएको भिडियोबारे उर्वशी रौतेलाले मुख खोलिन्
बोनी कपुरसँग भाइरल भएको भिडियोबारे उर्वशी रौतेलाले मुख खोलिन्

तपाईंले छुटाउनुभयो कि?