रसुवाबाट पन्ध्र करोडको सामग्री चीन निर्यात

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २१, २०७९
|
|
४२ पटक हेरिएको
Shares
रसुवाबाट पन्ध्र करोडको सामग्री चीन निर्यात

सारांश

  • रसुवा ।
  • बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ ।
  • केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन् ।

रसुवा । बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ ।

केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन् । चीनको केरुङतर्फ सामान निर्यातका लागि यहाँका ६ वटा फार्म सक्रिय रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार १५ करोड बराबरको नेपाली सामग्री चीनको केरुङतर्फ निर्यात भइसकेको छ । निर्यात भएका सामग्रीमा बाँसका मुढा, कपडा, कार्पेट, भाँडाकुँडा, हातेकागज, हस्तकलाका सामग्रीसमेत छन् ।

उक्त सामग्रीमध्ये बाँसको मुढा मात्रै साढे तीन करोड मूल्य बराबर निकासी भएको प्रमुख भन्सार अधिकृत भण्डारीले जानकारी दिए । यस्तै, आयात तथा निर्यात वस्तुको शुल्कबाट रसुवा भन्सार कार्यालय रसुवाले चालू आवको आठ महिनामा रु चार अर्ब १८ करोड राजस्व आर्जन गरेको छ ।

आयात कमी हुँदा सामानका शुल्क बापतको राजस्व कमी भएको र अबका दिनमा केरुङबाट काठमाडौँसम्म नेपाली कन्टेनर सिधा आवतजावतको वातावरणले आयात सामग्रीको परिमाण बढ्न गई राजस्व बढ्ने आशा गरीएको छ ।

चीनबाट स्याउ, ओखर, अदुवा, लसुन जस्ता वस्तु आयातमा कमी हुँदै गएको बताइएको छ । जुत्ता, चप्पल, तयारी पोसाक, बच्चाका खेलौना, मोटरका पार्टपुर्जा, विद्युतीय कार, जिप, स्काभेटर, टिपर, थर्मस, रोल कपडा, इलेक्ट्रिक सामान, जलविद्युत् उत्पादनका उपकरणलगायत विविध सामग्री आयात भएको प्रमुख भन्सार अधिकृत भण्डारीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुपाल्चोकको ताजा परिणामः राजावादीको अाग्रता, एमाले-माके पछीपछी
सिन्धुपाल्चोकको ताजा परिणामः राजावादीको अाग्रता, एमाले-माके पछीपछी
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने अदालतको ठहर
पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक नलाग्ने अदालतको ठहर
चुनावमा खटिएकाले भोट हाल्नेबारे निर्णय गर्न सर्वोच्चले आयोगलाई नै दियो अधिकार
चुनावमा खटिएकाले भोट हाल्नेबारे निर्णय गर्न सर्वोच्चले आयोगलाई नै दियो अधिकार
प्रदेश नं. ५ मा संसदीय समितिकाे नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरू
प्रदेश नं. ५ मा संसदीय समितिकाे नेतृत्वका लागि निर्वाचन प्रक्रिया शुरू
मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु
मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु
अनामनगर क्षेत्रमा पनि डोजर चल्यो, विद्यालयको कम्पाउण्ड नै भत्काइयो
अनामनगर क्षेत्रमा पनि डोजर चल्यो, विद्यालयको कम्पाउण्ड नै भत्काइयो
दुई समूहबीच झडप हुँदा गोली लागेर एक जना घाइते
दुई समूहबीच झडप हुँदा गोली लागेर एक जना घाइते
सुतेकै अवस्थामा दुईजना मृत फेला
कांग्रेस माओवादी गठबन्धन फेल !! ११०० मत अन्तरले एमाले अगाडी
कांग्रेस माओवादी गठबन्धन फेल !! ११०० मत अन्तरले एमाले अगाडी
कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग
कोरोनाको त्रास देखाएर कालोबजारी गर्नेलाई कारवाही गर्न माग