प्रधानमन्त्री ओलीलाई डाक्टरले भिडभाडमा नजान, हात नमिलाउन सुझाव दिए…

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई डाक्टरले भिडभाडमा नजान, हात नमिलाउन सुझाव दिए…

सारांश

  • चिकित्सकको सुझाब : धेरै भिडभाडमा नजानू, १६ घन्टाभन्दा बढी काम नगर्नू प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तुलनात्मक रूपमा अचेल ठीक छ ।
  • तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाब दिइरहेका छन् ।
  • मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले भिडभाडबाट जोगिन पनि उनीहरूको सल्लाह छ ।

चिकित्सकको सुझाब : धेरै भिडभाडमा नजानू, १६ घन्टाभन्दा बढी काम नगर्नू

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य तुलनात्मक रूपमा अचेल ठीक छ । तैपनि चिकित्सकहरूले उनलाई धपेडीबाट जोगिन बारम्बार सुझाब दिइरहेका छन् । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा संक्रमणको जोखिम धेरै हुने भएकाले भिडभाडबाट जोगिन पनि उनीहरूको सल्लाह छ ।

दैनिक हुने भेटघाट र कार्यक्रमको भिडभाडले प्रधानमन्त्रीलाई संक्रमणको जोखिम बढाएको निजी चिकित्सक डा. दिलीप शर्माले बताए । ‘दैनिक अबेरसम्म हुने भेटघाटलाई केही कम गराउनुपर्ने सुझाब हामीले दिएका छौँ,’ उनले नयाँ पत्रिकासँग भने ।

अचेल प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या भने नरहेको डा. शर्माले बताए । तर, यो समय सरुवा रोग फैलिने भएकाले जतिवेला पनि सचेत हुनुपर्ने उनको भनाइ छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कन्सल्ट्यान्ट युरोलोजिस्ट प्रा.डा. प्रेमराज ज्ञवालीले भिडभाडमा हुने भेटघाट तथा धेरै व्यक्तिसँग लगातारको उठबसले प्रधानमन्त्री संक्रमणको जोखिममा रहेको बताए ।

उनले गुम्म कोठामा र एसी प्रयोग गरेर लामो समयसम्म नबस्न पनि ओलीलाई सुझाब दिएका छन् । भेट्न आउने व्यक्तिमा रुघाखोकी लागेको भए मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा सहजै सर्ने उनले बताए ।

कम्तीमा ८ घन्टा आराम
‘देशले अहिले प्रधानमन्त्रीलाई आराम गर्न छुट त दिएको छैन,’ उनका निजी चिकित्सकले भने,’ ‘संक्रमणको उच्च जोखिममा परेर पनि प्रधानमन्त्रीले देश र जनताका हरेक गतिविधिमा संलग्न हुनुपरेको छ ।’ प्रधानमन्त्री ओली बिहान सबेरैदेखि राति १ बजेसम्म पनि काम र भेटघाटमा व्यस्त हुने गरेको स्रोतले बतायो । तर, आफूहरूले ८ घन्टा अनिवार्य सुत्न प्रधानमन्त्रीलाई सुझाब दिएको चिकित्सकले बताए ।

खानपानमा विचार
चिकित्सकले अहिले भइरहेको मौसम परिवर्तनले पनि ओलीलाई जुनसुकै समयमा संक्रमण हुन सक्ने बताए । अहिले कामभन्दा बढी आराममा ध्यान दिनुपर्ने, दिनमा कम्तीमा दुई लिटर शुद्ध पानी पिउनुपर्ने, शरीरले पचाउन सक्ने मात्रै खाना खानुपर्ने र धेरै समय खालीपेट बस्न नहुने चिकित्सकहरू बताउँछन् । हरेक २ घन्टामा पिसाब फेर्नुपर्ने, ४ घन्टामा खाजा खानुपर्ने, ६ घन्टामा आराम गर्नुपर्ने र ८ घन्टामा खाना खानुपर्ने नियम अवलम्बन गर्न पनि प्रधानमन्त्रीलाई सुझाब दिइएको छ ।

हात नमिलाउन सुझाब
चिकित्सकका अनुसार नेपालीले सम्मानस्वरूप नमस्कार गर्ने तरिका नै वैज्ञानिक छ । हातबाट चाँडै संक्रमण फैलन्छ । त्यसैले चिकित्सकहरूले प्रधानमन्त्रीलाई नमस्कारबाटै काम चलाउन सुझाब दिएका छन् ।

निगरानी गरिरहेका छौँ 
डा. दिव्या सिंह 
मिर्गौलारोग विशेषज्ञ
प्रधानमन्त्रीकी निजी चिकित्सक मिर्गौला प्रत्यारोपण गरेको लामो समय भएकाले उहाँलाई सुरुवाती अवस्थामा जस्तो संक्रमण हुने डर कम हुन्छ । नियमित औषधि सेवन गरिरहनुभएको छ । अहिले भेटघाट कम गराउनुपर्ने भने पनि उहाँले मान्ने अवस्था छैन । देशको प्रधानमन्त्री भएपछि भेटघाट पातलो गर्ने कुरा हुँदोरहेनछ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६५ वर्षपछि खुसीको अँगालो- ‘शान्तिपूर्ण युगको प्रारम्भ’
६५ वर्षपछि खुसीको अँगालो- ‘शान्तिपूर्ण युगको प्रारम्भ’
अभिनयमा पुनरागमन गर्दै अभिनेता राजबल्लभ
अभिनयमा पुनरागमन गर्दै अभिनेता राजबल्लभ
कांग्रेस फर्किएका राज्यमन्त्री श्रेष्ठले जिम्मेवारी पाए
कांग्रेस फर्किएका राज्यमन्त्री श्रेष्ठले जिम्मेवारी पाए
फुुटसल आजदेखि सञ्चालनमा
फुुटसल आजदेखि सञ्चालनमा
गायिका रचना रिमालको ‘आउ तिमी अँगालोमा’
गायिका रचना रिमालको ‘आउ तिमी अँगालोमा’
राेचक : यहाँ छ अनौठो चलन, युवतीको योनी सिलाउनेदेखि स्तनमा आइरन गर्नेसम्म
राेचक : यहाँ छ अनौठो चलन, युवतीको योनी सिलाउनेदेखि स्तनमा आइरन गर्नेसम्म
आजको मौसम-कोशी प्रदेशमा चक्रवात ‘दाना’ को आंशिक प्रभाव
एमालेलाई माओवादीको प्रश्न : सुन तस्करीको अनुसन्धानमा सहयोग गर्न केले छेक्यो ?
एमालेलाई माओवादीको प्रश्न : सुन तस्करीको अनुसन्धानमा सहयोग गर्न केले छेक्यो ?
चुनावमा खटिएकाले भोट हाल्नेबारे निर्णय गर्न सर्वोच्चले आयोगलाई नै दियो अधिकार
चुनावमा खटिएकाले भोट हाल्नेबारे निर्णय गर्न सर्वोच्चले आयोगलाई नै दियो अधिकार
संविधान कार्यान्वयन भएमात्र सबैको अधिकार सुरक्षित हुन्छ-मन्त्री मण्डल
संविधान कार्यान्वयन भएमात्र सबैको अधिकार सुरक्षित हुन्छ-मन्त्री मण्डल

तपाईंले छुटाउनुभयो कि?