भारतमा आजदेखि जी-२० शिखर सम्मेलन शुरु हुँदै, विश्वका नेता भारतमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २३, २०८०
|
|
१९ पटक हेरिएको
Shares
भारतमा आजदेखि जी-२० शिखर सम्मेलन शुरु हुँदै, विश्वका नेता भारतमा

सारांश

  • नयाँ दिल्ली।
  • भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि शुरु हुने जी-२० शिखर सम्मेलनमा भाग लिन विश्व नेताहरु हिजै दिल्ली आइपुगेका छन् ।
  • सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडन हिजै दिल्ली आइपुग्नु भएको हो।

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि शुरु हुने जी-२० शिखर सम्मेलनमा भाग लिन विश्व नेताहरु हिजै दिल्ली आइपुगेका छन् । सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडन हिजै दिल्ली आइपुग्नु भएको हो।

यसैगरी बेलायती प्रधानमन्त्री ऋषि सुनक पनि हिजै दिल्ली आइपुग्नु भएको छ । यस सम्मेलनमा चीनिया राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने सहभागी नहुने भएका छन्।

धेरै मुद्दाहरुमा विभाजित जी-२० राष्ट्र प्रमुखहरु नयाँ दिल्लीमा एकै मञ्चमा सहभागी हुने भएका हुन्। यस सम्मेलनमा रुस युक्रेन युद्ध मुख्य मुद्दा हुनेछ।

हिजो साँझ दिल्ली आइपुग्नुभएका बाइडनले हिजै भारतीय प्रधानमन्त्री मोदीलाई भेटेर विभिन्न क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाइसकेका छन्। जी-२० मा विश्वका ठूला अर्थतन्त्र भएका १९ राष्ट्र र युरोपेली संघ रहेका छन्।

यसपटकको सम्मेलनको मुख्य चुनौती भनेको घोषणापत्रमा सहमत गराउनु हुनेछ। असहमतिका बाबजुद पनि भारतले सदस्य राष्ट्रहरुलाई दिल्ली घोषणापत्रमा सहमत गराउन कडा दवाब दिनेछ । घोषणापत्र विना नै सम्मेलन सहिएमा यो नै पहिलो सम्मेलन हुनेछ।

गत वर्ष इन्डोनेसियामा भएको शिखर सम्मेलनमा युद्धका विषयलाई लिएर तीब्र असहमति थियो। तर पनि जी-२० भित्रकै मतभेदलाई समेटेर घोषणापत्र जारी गरिएको थियो ।

यसपटक स्थिति अझै विग्रिएको छ। युक्रेन युद्धलाई लिएर रुस र चीनले कुनै पनि सहुलियत दिने राजी नहुन सक्छन् । अझ सी र पुटिनको अनुपस्थितिले यस विषयमा निर्णय लिन अझै कठिन हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?