सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लब संगा एपीएफ १–० ले पराजित
सारांश
- काठमाडौं, १२ पुस ।
- सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले विभागीय टिम एपीएफविरुद्व अग्रता बनाएको छ ।
- एन्फा टेक्निकल सेन्टरमा पहिलो हाफको खेल सकिदाँ च्यासलले १–० को अग्रता बनाएको हो ।
काठमाडौं, १२ पुस । सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले विभागीय टिम एपीएफविरुद्व अग्रता बनाएको छ ।
एन्फा टेक्निकल सेन्टरमा पहिलो हाफको खेल सकिदाँ च्यासलले १–० को अग्रता बनाएको हो । सन्त बहादुर गुरुङले ३१ औ मिनेटमा गोल गर्दै च्यासललाई अग्रता दिलाए । विश्व अधिकारीले प्रहार गरेको बल एपीएफका सन्तोष कुमार कटवालले गोल लाईनबाट क्लियर गरेका थिए । त्यही रिबाउण्ड बलमा सन्तले गोल गर्न सफल भए । ४१ औ मिनेटमा एपीएफले पेनाल्टीमा गोल गर्न चुक्यो ।
एपीएफका हरि कार्कीलाई च्यासलका देबेन्द्र तामाङले फल गरेपछि प्राप्त पेनाल्टीमा एपीएफ गोल गर्न चुकेको हो । एपीएफका सुदिप शिख्राकारको प्रहार च्यासलका गोलकिपर दिनेश थापाले बिफल पारे । खेलको सुरुवातबाटै च्यासललाई दबाबमा राखेपनि एपीएफले गोल गर्न सकेन ।
१७ औ मिनेटमा एपीएफका सुदिपले प्रहार गरेको फ्रिकिक क्रसबारको केही इन्च माथिबाट मात्र बाहिरिएको थियो । २५ औ मिनेटमा आशिष लामाले एकल प्रयासमा डिबक्स बाहिरबाट हानेको बल क्रस बारमा लागेर फर्किएको थियो । एपीएफ १६ अंक सहित तालिकाको छैटौ स्थानमा छ । आठौँ स्थानको च्यासलको १४ अंक छ ।
प्रतिक्रिया