लगानी सम्मेलनः १५ वटा परियोजनामा सम्झौता

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १७, २०७५
|
|
३४ पटक हेरिएको
Shares
लगानी सम्मेलनः १५ वटा परियोजनामा सम्झौता

सारांश

  • काठमाडौं ।
  • नेपाल लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १५ वटा परियोजनाका लागि हस्ताक्षर भएको छ ।
  • शुक्रबार र सनिबार राजधानीमा भएको लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत भएका ७७ वटा परियोजनामध्येबाट १५ वटा परियोजनाका लागि मात्रै एमओयुमा हस्ताक्षर भएको हो ।
काठमाडौं । नेपाल लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १५ वटा परियोजनाका लागि हस्ताक्षर भएको छ । शुक्रबार र सनिबार राजधानीमा भएको लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत भएका ७७ वटा परियोजनामध्येबाट १५ वटा परियोजनाका लागि मात्रै एमओयुमा हस्ताक्षर भएको हो ।
पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा विभिन्न १५ आयोजनामा विदेशी लगानीकर्तासँग सम्झौता भएको हो ।
९ सय मेगावाटको अरुण तेश्रो जललविद्युत् आयोजनाका लागि बैक अफ इण्डियाबाट ६ हजार ५ सय ६० करोड, एभरेष्ट बैकबाट ८ सय १२ दशमलब ६१ करोड, नबिल बैकबाट ४ सय ८७ दशमलब ५८ करोड लगानी गर्ने गरि संयुक्त हस्ताक्षर भएको छ । त्यसैगरी माथिल्लो त्रिशुलि १ हाईड्रो पावर आयोजनाका लागि कोरियाली कम्पनीले लगानी गर्ने भएको छ ।
चिनका दुई कम्पनीले १ सय ६४ मेगावाटको कालीगण्डकी गोर्ज जलविद्युत आयोजनाका लागि लगानी गर्ने गरि संझौता पत्रमा हस्ताक्षर गरेका छन् । सिमरालाई विशेष आर्थिक क्षेत्र बनाउनका लागि लगानी बोर्ड र इन्टरनेशसन फाईनान्स कर्पोरेसनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
त्यसैगरी सौर्य उर्जामा लगानी गर्ने गरि प्रदेश २ का मुख्य मन्त्री लालबहादुर राउत र  सिजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  
सिन्सियर कन्सल्टिङ कम्पनी लिमिटेड र हिमालय बुटिक भिलेज रिसोर्ट बनेपाबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालका औद्योगिक विकासका लागि एनआएनका तर्फबाट १० अर्बको सहयोग सम्झौतामा पनि उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंह र  एनआरएनएका अध्यक्ष भवन भट्टबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
मुथुट फाईनान्स इण्डिया र युनाईडेट फाइनान्स लिमिटेडबीच लगानीका लागि सम्झौता भएको छ ।  एपी पावर कम्पनी लिमिटेड र कडेल ग्रुप अफ कम्पनीबीच, सोलार, जलविद्युत् र वीन्ड प्रोजेक्टका लागि सम्झौता भएको छ ।
संयुक्त लगानीका आयोजनाका लागि चौधरी ग्रुप र सरार्फ गु्रुपबीच सम्झौतापत्रका हस्ताक्षर भएको छ । ६ सय मेगावाट सौर्य उर्जाका लागि स्काई पावर र चौधरी ग्रुपबीच पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी चौधरी ग्रुप सिजी कोर्प ग्लोबल टर्कीको कम्पनी टर्क सेलबीच  ५ जी मोबाईल सेवाका लागि सम्झौता भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किरातीलाई मुख्यमन्त्री बनाउन पहल गरिने
किरातीलाई मुख्यमन्त्री बनाउन पहल गरिने
भेटीबाट सडकबत्ती जडान
भेटीबाट सडकबत्ती जडान
रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी, ३५ वर्षसम्म एउटै व्यक्ति महामन्त्री
रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी, ३५ वर्षसम्म एउटै व्यक्ति महामन्त्री
राष्ट्रपति, सांसददेखि उच्च तहका नेताले विदेशमा उपचार गरे राज्यले खर्च नदिने
राष्ट्रपति, सांसददेखि उच्च तहका नेताले विदेशमा उपचार गरे राज्यले खर्च नदिने
‘भोजपुरमा शेरधन र राजेन्द्र राईमाथि सुरक्षा थ्रेट’
‘भोजपुरमा शेरधन र राजेन्द्र राईमाथि सुरक्षा थ्रेट’
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गृहमन्त्री बादलसँग के भनिन् ?
बिदाई भेटमा अमेरिकी राजदूत टेप्लिजले गृहमन्त्री बादलसँग के भनिन् ?
काठमाडौं ल्याइएका निर्मलाका बुबा टिचिङमा भर्ना
काठमाडौं ल्याइएका निर्मलाका बुबा टिचिङमा भर्ना
विवादास्पद अभिव्यक्तिले धरापमा मेटमणिको पद
विवादास्पद अभिव्यक्तिले धरापमा मेटमणिको पद
कांग्रेसले पत्रकारलाई कुनै दबाब दिनेछैन: कांग्रेस सभापति
कांग्रेसले पत्रकारलाई कुनै दबाब दिनेछैन: कांग्रेस सभापति
एकीकृत समाजवादीमा उमेरको हदबन्दी हटाइएपछि नेताहरु उत्साहित
एकीकृत समाजवादीमा उमेरको हदबन्दी हटाइएपछि नेताहरु उत्साहित

तपाईंले छुटाउनुभयो कि?