प्रकाश पत्नी बिना अस्पताल पुगिन् !

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३, २०७४
|
|
५१ पटक हेरिएको
Shares
प्रकाश पत्नी बिना अस्पताल पुगिन् !

सारांश

  • पति प्रकाश दाहालको निधनको खबरसँगै उनकी पत्नी बिना मगर काठमाडौंको नर्भिक अस्पातल आइसकेकी छन्।
  • छोरासहित काठमाडौं आएकी उनी अर्धचेत अवस्था अस्पताल पुगेकी छन्।
  • कञ्चनपुर क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेकी मगर धनगढीबाट काठमाडौं आएकी हुन्।

पति प्रकाश दाहालको निधनको खबरसँगै उनकी पत्नी बिना मगर काठमाडौंको नर्भिक अस्पातल आइसकेकी छन्।

छोरासहित काठमाडौं आएकी उनी अर्धचेत अवस्था अस्पताल पुगेकी छन्। कञ्चनपुर क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेकी मगर धनगढीबाट काठमाडौं आएकी हुन्।

उनी तीन वर्षीय छोरा र बहिनीसहित काठमाडौं आएकी हुन्।

प्रकाश दाहालको असमायिक निधनपछि परिवार र आफन्तको अस्पतालमा भीड लागेको छ। चुनावी कार्यक्रममा झापा रहेका अध्यक्ष प्रचण्ड काठमाडौँ फर्किएका छन्। दिदी रेणु दाहाल पनि काठमाडौँ फर्कन लागेको पारिवारिक स्रोतले जानकारी दियो।

नर्भिक अस्पतालमा अहिले माओवादी केन्द्र, एमाले लगायतका दलका नेता, कार्यकर्ता र शुभतिन्तकको भीड लागेको छ। एमाले वरिष्ठ नेता झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल नर्भिक पुगेका छन्। यस्तै, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, पम्फा भुसाल, जनार्दन शर्मा लगायतका केन्द्रीय स्तरका नेताहरु पनि नर्भिक पुगेका छन्।

कांग्रेस नेता प्रकाशमान सिंह पनि नर्भिक अस्पताल पुगेका छन्। नर्भिक अस्पताल परिसरमा परिवारजन, आफन्त र शुभचिन्तकको उपस्थिति ठूलो संख्यामा छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Chakra Baduwal

    K.parkas parti hardik sardanjli aatmale santi paos pariwar janma dhaere gene sakti hos auta parchand putr yo sansar bat bida vay pani carodau putr tapae Ko sathma xau.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?