एपिएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०८०
|
|
१८ पटक हेरिएको
Shares
एपिएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा ससस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ ।
  • जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८७ रनमा समेटियो ।

काठमाडौँ । प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा ससस्त्र प्रहरी बलको एपिएफ क्लबले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको छ ।

जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८७ रनमा समेटियो । कोशीका लागि अप्सरी बेगमले ४८ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन बनाइन् ।

रुविना क्षेत्रीले २६ बलमा ४ चौकासहित २२ रन बनाइन भने काजोल श्रेष्ठ ४ रनमा आउट भइन् । त्यस्तै लकिता राजवंशीले १४ तथा विमला मलहाले ६ रन बनाइन् । बलिङतर्फ एपिएफकी रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता रानामगरले समान १÷१ विकेट झारे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै एक सय ३९ रनको योगफल बनाएको थियो । एपिएफका लागि इन्दु बर्माले सर्वाधिक ५६ रनको योगदान दिइन् । उनी ५० बलमा ३ चौका र १ छक्कासहित ५६ रनमा अविजित रहिन् ।

सीता रानामगरले ३७ बलमा ३ चौका र २ छक्कासहित ४५ रनमा रन जोडिन् । रोमा थापाले १८ रन जोड्दा ज्योति पाण्डेले १२ रन बनाइन् । एपिएफकी कप्तान रुविना क्षेत्रीले १ विकेट लिएकी थिइन् । यो हारसँगै कोशीले अब एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर भोलि खेल्नेछ । एलिमिनेटर खेलमा आज दिउँसो बागमती र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?