सहिमाको ‘हर हर महादेव’मा नीताको छमछमी
सारांश
- काठमाडौं ।
- हरेक वर्ष तीज गीत सार्वजनिक गर्दै आइरहेकी गायिका सहिमा श्रेष्ठले यसवर्ष पनि नयाँ तीज गीत लिएर आएकी छन् ।
- सहिमाको तीज गीत ‘हर हर महादेव’ शनिबार राजधानीमा एक भब्य कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ ।
काठमाडौं । हरेक वर्ष तीज गीत सार्वजनिक गर्दै आइरहेकी गायिका सहिमा श्रेष्ठले यसवर्ष पनि नयाँ तीज गीत लिएर आएकी छन् ।सहिमाको तीज गीत ‘हर हर महादेव’ शनिबार राजधानीमा एक भब्य कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । यस गीतलाई पनि दर्शकरस्रोताले आफ्ना अघिल्ला तीज गीतझैँ रुचाउनेमा विश्वास व्यक्त गरेकी छन् । यस गीत मार्फत सहिमाले यो वर्षको तीजमा केही त होलाकी भन्ने आशय ब्यक्त गरेकी छिन् ।सहिमाले कयौं तीजमा व्रत बस्दा पनि कोही साथि नभेटिएको भन्दै यो वर्षको ब्रतले शिरमा सिन्दुर भरिदिने कोही आईदेउ भन्दै आग्रह गरेकी छिन् । गीतमा चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत र अमर वान्तुले शब्द सिर्जेका छन् ।
कृष्ण पुनको एरेञ्ज रहेको गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना प्रमुख फिचर्ड छिन् । उनीसँगै गायिका श्रेष्ठले पनि गीतमा ठुम्का लगाएकी छन् । सूयोग्य पति माग्दै हरेक वर्ष तीजमा व्रत बसेको युवतीको कथा गीतमा उतारिएको छ । गीतको भिडियोमा अभिनेत्री पवित्रा आचार्यको एक्सन कट छ भने उनकै कोरियोग्राफी छ ।सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई दिव्य सुवेदीले खिचेका हुन् । गीतमा नृत्य गर्ने कलाकारलाई सिल्क फेशनले पहिरन उपलब्ध गराएको छ ।शनिबार सो तीज गीतसँगै आधुनिक गीति संग्रह ‘अमर भावना २’को विमोचन गरिएको थियो । कार्यक्रममा उक्त एल्बममा समावेश एक आधुनिक गीतको भिडियो समेत देखाईएको थियो ।
हाल तीज गीतलाई मात्र इन्टरनेटमा रिलिज गरिएको छ भने आधुनिक गीत भने केही दिनमा सार्वजनिक गरिने बताईएको छ ।बसन्त निरौलाको निर्देशन तथा पवित्रा आचार्यको कोरियोग्राफी रहेको ‘तिम्रो शहर’ बोलको गीतमा गायिका सहिमा श्रेष्ठको स्वर तथा दिपक शर्माको संगीत छ भने गीतकार अमर वान्तुका शब्द छन् ।गीतको भिडियोमा नायक अनुप बिक्रम शाही र नायिका आँचल शर्माको अभिनय छ । विमोचन समारोहमा पूर्वमन्त्री एवं गीतकार एस।पि। कोईराला प्रमूख अतिथि थिए भने बरिष्ठ गीतकार राजेन्द्र थापा, चलचित्र निर्देशक दीपाश्री निरौला लगायतका व्यक्तित्वहरुको साथै संचारकर्मीहरुको उपस्थिती थियो ।
प्रतिक्रिया