विश्वकप छनोटमा अस्ट्रेलियाको आधा दर्जन गोल
सारांश
- काठमाडौं ।
- विश्वकप फुटबल छनोट अन्तर्गत नेपालको समूहमा रहेको अष्ट्रेलियाले तेस्रो खेलमा फराकिलो जित निकालेको छ ।
- मंगलबार भएको खेलमा अष्ट्रेलिया चाईनिज ताइपेलाई ७–१ गोल अन्तरले पराजित गर्यो ।
काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत नेपालको समूहमा रहेको अष्ट्रेलियाले तेस्रो खेलमा फराकिलो जित निकालेको छ । मंगलबार भएको खेलमा अष्ट्रेलिया चाईनिज ताइपेलाई ७–१ गोल अन्तरले पराजित गर्यो । अष्ट्रेलियाको जितमा एडम टाग्गर्ट, ह्यारी सुटर, ज्याक्सन इर्भिनेले समान २–२ गोल गरे ।
जामी म्याकलरेनको नाममा एक गोल रह्यो । ताइपेका यी वि चेनले एक गोल फर्काए । समूह बी को अष्ट्रेलियाले ३ खेलमा ३ जितसहित ९ अंक जोडेको छ । अष्ट्रेलिया शीर्ष स्थानमा छ । तीन खेलमा पराजित ताइपे अंक विहिन रहदै समूहको पुछारमा रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया