थाहा पाउनुस प्रधानसेनापति थापाको सम्पत्ति कति छ ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २५, २०७६
|
|
१९ पटक हेरिएको
Shares
थाहा पाउनुस प्रधानसेनापति थापाको सम्पत्ति कति छ ?

सारांश

  • नेपाली सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्पत्ति विवरण पहिलो पटक सार्वजनिक गरेको छ ।
  • प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको वेबसाईटमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
  • आफ्नो एक वर्षे कार्यकालको अवसर पारेर सैनिक मुख्यालय भद्रकालीमा एक कार्यक्रमका बीच मंगलबार उनले आफ्नो सम्पत्ति वितरण नेपाली सेनाको वेबसाईटमार्फत सार्वजनिक गरेका हुन् ।

नेपाली सेनाले प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्पत्ति विवरण पहिलो पटक सार्वजनिक गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको वेबसाईटमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

आफ्नो एक वर्षे कार्यकालको अवसर पारेर सैनिक मुख्यालय भद्रकालीमा एक कार्यक्रमका बीच मंगलबार उनले आफ्नो सम्पत्ति वितरण नेपाली सेनाको वेबसाईटमार्फत सार्वजनिक गरेका हुन् । उनले नेपाली सेनामा आवद्ध सबैलाई पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न सचेत गराए । प्रधानसेनापति थापाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हार रहेको उल्लेख गरिएको छ ।

त्यसैगरी दुईवटा बैंकमा गरेर ६५ लाख नगद आफ्नो नाममा र श्रीमतीको नाममा ५० हजार नगद रहेको पनि नेपाली सेनाको वेभसाईटमार्फत सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ । श्रीमती र छोरीको नाममा ४३ लाख बराबरको सेयर सम्पत्ति रहेको तथा काठमाडौं, नवलपरासी र लमजुङमा घरजग्गा रहेको पनि प्रधानसेनापति थापाको सम्पत्ति विवरणमा समावेश गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?