सांसदहरुको प्रश्न :युरोपियन मुलुकमा हटाउन थालिएको पारमाणविक भट्टी नेपालमा किन चाहियो ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १६, २०७६
|
|
४७ पटक हेरिएको
Shares
सांसदहरुको प्रश्न :युरोपियन मुलुकमा हटाउन थालिएको पारमाणविक भट्टी नेपालमा किन चाहियो ?

सारांश

  • काठमाडौं।
  • सरकारले ल्याएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति प्रतिनिधिसभाका सांसदहरुले आपत्ति जनाएका छन्।
  • संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले सो विधेयक राष्ट्रको हित हुनेगरी नआएको भन्दै आपत्ति जनाएका हुन्।

काठमाडौं। सरकारले ल्याएको ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति प्रतिनिधिसभाका सांसदहरुले आपत्ति जनाएका छन्।संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको सोमबारको बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले सो विधेयक राष्ट्रको हित हुनेगरी नआएको भन्दै आपत्ति जनाएका हुन्। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले सरकारले बाह्य ‘इन्टे«ष्ट’मा पारमाणविक भट्टी नेपालमा संचालन गर्नेसम्बन्धि विधेयक ल्याएको आशंका गर्दै मान्य नहुने अडान राखे। उनले युरोपियन मुलुकहरुका समेत पारमाणविक भट्टी हटाउने काम भइरहेका बेला नेपालमा त्यसको स्थापनाको आवश्यक्ता नरहेको जिकिर गरे।

सत्तारुढ नेकपाका सांसद भिम रावलले पारमाणविक भट्टी स्थापना गर्न ल्याइएको सो विधेयक राष्ट्रको हितमा नरहेको बताए। उनले सो सम्बन्धि कानुन बनाउँदा व्यापक अध्ययन गरेर मात्रै अघि बढाउन पनि सरकारलाई सचेत गराए। सांसद रावलले पारमाणविक भट्टी निजी क्षेत्रलाई खोल्न दिने सरकारको प्रस्तावप्रति पनि आपत्ति जनाए। रेडियोधर्मी सम्बन्धि कानुन बनाउन भने सरकारले ढिलाई गर्न नहुने सांसद रावलको भनाइ छ। बैठकमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री डा। भरत प्रदानलेपारमाणविक भट्टी नेपालको आवश्यक्ता नभएको बताए। उनले मुलुकलाई नै ध्वस्त पार्ने खालका आणविक भट्टी नेपालको हितमा नरहेको बताए।

डा। प्रदानले रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोग नभएका कारण क्यान्सर जस्ता प्राणघातक रोग लाग्ने भएकाले सो सम्बन्धि कानुन निर्माण गर्न भने उपयुक्त हुने बताए।
भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक विद्यापति झाले रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोगको अभावमा धेरैले क्यान्सर जस्ता रोगका कारण ज्यान गुमाउनु परेकाले त्यसको उचित प्रयोगका लागि आवश्यक कानुन बनाउन सरकारलाई सुझाव दिए। उनले रेडियोधर्मी पदार्थको प्रयोगलाई सुरक्षित बनाउन आवश्यक प्रविधि भित्र्याउने व्यवस्था तत्काल गर्न सरकारको ध्यानाकर्षण गराए।
विधेयकमा पारमाणविक भट्टी स्थापनाका लागि निजी क्षेत्रलाई दिने सरकारको प्रस्तावप्रति विज्ञहरुको आपत्ति छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
 चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन
The most disturbing parts of the 171-page warrants for the Golden State Killer suspect
The most disturbing parts of the 171-page warrants for the Golden State Killer suspect
६० वर्षसम्म फिल्ममा काम गरेका धर्मेन्द्र अहिले गाई भैंसी पाल्छन्
६० वर्षसम्म फिल्ममा काम गरेका धर्मेन्द्र अहिले गाई भैंसी पाल्छन्
उदयीमान फुटबलर समीक्षाको उपचारमा लापारवाही, आँखाको ज्योति गुम्ने खतरा
उदयीमान फुटबलर समीक्षाको उपचारमा लापारवाही, आँखाको ज्योति गुम्ने खतरा
जनकपुरमा झडप, स्थिति नियन्त्रणमा लिन भोलीसम्म निषेधाज्ञा
जनकपुरमा झडप, स्थिति नियन्त्रणमा लिन भोलीसम्म निषेधाज्ञा
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा गुर्जो विरुवा र धुलो प्याकेट निःशुल्क वितरण
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा गुर्जो विरुवा र धुलो प्याकेट निःशुल्क वितरण
अघिअघि स्विस सरकार, पछिपछि नेपाली सेना
अघिअघि स्विस सरकार, पछिपछि नेपाली सेना
सि ए पढदै गरेकी युवती भागेर भारत जाँदै गर्दा कृष्णनगर बाट उद्धार
सि ए पढदै गरेकी युवती भागेर भारत जाँदै गर्दा कृष्णनगर बाट उद्धार
बर्खास्त गोपालबहादुर खड्का  नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा पुनर्बहाल,
बर्खास्त गोपालबहादुर खड्का नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा पुनर्बहाल,
जिल्ला र उच्च अदालतका २३४ न्यायाधीशको सरुवा
जिल्ला र उच्च अदालतका २३४ न्यायाधीशको सरुवा