जिल्ला र उच्च अदालतका २३४ न्यायाधीशको सरुवा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २, २०७६
|
|
१६ पटक हेरिएको
Shares
जिल्ला र उच्च अदालतका २३४ न्यायाधीशको सरुवा

सारांश

  • काठमाडौ।
  • न्याय परिषद्को विहीबार बसेको बैठकले जिल्ला अदालत र उच्च अदालतका २३४ न्यायाधीशहरूको सरुवा गरेको छ।
  • साथै बैठकले विशेष अदालत काठमाडौंको अध्यक्ष तथा सदस्य पदका लागि पनि नाम शिफारिस गरेको छ।

काठमाडौ। न्याय परिषद्को विहीबार बसेको बैठकले जिल्ला अदालत र उच्च अदालतका २३४ न्यायाधीशहरूको सरुवा गरेको छ।

साथै बैठकले विशेष अदालत काठमाडौंको अध्यक्ष तथा सदस्य पदका लागि पनि नाम शिफारिस गरेको छ। बैठकले उच्च अदालत दीपायलका न्ययाधीश शिवराज अधिकारीलाई विशेष अदालतको अध्यक्ष पदका लागि शिफारिस गरेको छ ।

अन्य सदस्यहरूमा कृष्ण गिरी न्ययाधीश उच्च अदालत सुर्खेत, बालेन्द्र रुपाखेती न्यायाधीश उच्च अदालत दीपायल, शान्ति सिंह थापा न्यायाधीश उच्च अदालत सुर्खेत, चन्द्रबहादुर सारु।

न्यायाधीश उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्ज र डा. रविशर्मा अर्याल न्यायाधीश उच्च अदालत विराटनगर, इलामा इजलास, को नाम सिशाफरिस गरेको छ ।

२०७२ भूकम्पपछि अहिलेसम्म कति पराकम्प आए ?
२०७२ सालको महाभूकम्पका कारण देशमा झण्डै नौ हजार मानिसको मृत्यु भयो । २२ हजार घाइते भएको घटना नेपालको इतिहासकै कालो दिन हो । ७.८ म्याग्निट्युडको भूकम्पले देशमा ठूलो जनधनको क्षति पछि पनि ठूला पराकम्पहरु आइरहे । मानिसहरु त्रसित भए । तर, देश विस्तारै सामान्य अवस्थामा फर्कियो ।

भूकम्पको त्रास हराउँदै गयो । देशमा भूकम्पको धक्का महशुश गर्ने क्रम चलिरहेपनि ठूला म्याग्निट्युडको भूकम्पको धक्का पर्न छाडेको छ । स—साना धक्का महशुश भएपनि मानिसहरुले ठूलो भूकम्पले ल्याएको त्रास बिर्सेका छन् ।

महाभूकम्पपछि पनि देशमा भूकम्प र पराकम्प आउने क्रम चलिनै रहेको छ । २०७२ साल अर्थात् सन् २०१५ मा महाभूकम्पपछि भूकम्प र पराकम्प आइनै रहेको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रको तथ्यांक अनुसार सन् २०१५ मा महाभूकम्पपछि कुल चार सय १९ पटक चार रेक्टर स्कलेभन्दा माथिको भूकम्प र पराकम्प आएको थियो ।

सन् २०१५ मा कुल चार सय २६ पटक भूकम्प आएको तथ्यांक छ । त्यसपछि भूकम्प र पराकम्प घट्दै गएको देखिन्छ । सन् २०१६ मा ६५ पटक भूकम्प आयो ।

२०१७ मा घटेर चार म्याग्निट्युडमाथिको भूकम्पको धक्का २७ पटक मात्र महशुश भयो । २०१८ मा २८ पटक भूकम्पको धक्का महशुश भयो ।
यस वर्ष अर्थात् सन् २०१९ मा २६ पटक चार म्याग्निट्युड माथिको भूकम्पको धक्का महशुश गरिएको छ । वर्षको मध्यमात्र भएकाले अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी भूकम्प जाने सम्भावना देखिन्छ ।

महाभूकम्पपछि मध्यपहाडी क्षेत्रमा बढी भूकम्प र पराकम्प गएको देखिन्छ । पछिल्लो वर्षहरुमा पश्चिम नेपालमा पनि भूकम्प जाने क्रम बढिरहेको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांक अनुसार भूकम्पको केन्द्रबिन्दु फरक देखिएको छ । तर, केही जिल्लाहरुमा बढी केन्द्रित रहेर भूकम्प जाने क्रम चलिरहेको छ ।

प्रियंका चोपडा लागिन ३७ वर्ष, आफुभन्दा १० वर्ष कान्छासँग विहे गरेर बनिन उद्धाहरण
बलिउड अभिनेत्री प्रियंका चोपडा निक जोन्ससँग आज आफ्नो ३७ औँ जन्म दिन मनाउँदैछिन् । प्रियंका अभिनेत्रीको रुपमा मात्रै होइन व्यक्तिगत जीवनका कारण पनि उद्धाहरणीय बनेकी छिन् । प्रियंकाको नाम धेरै बलिउड स्टारसँग जोडिएको थियो । उनको सम्बन्धको बारेमा मिडियामा धेरै समाचार तथा गसिप समेत बनेका थिए । तर उनले त्यसमा कुनै प्रतिक्रिया जनाइनन् ।

तर जब उनले आफ्नो विहेको बारेमा खुलासा गरिन्, पुरै बलिउड उद्योग नै चकित बनेको थियो । उनले आफुभन्दा १० वर्ष कान्छा अमेरिकी गायक निक जोन्ससँग विहे गर्न लागेको खबर बाहिरिए पछि बलिउड नै तरंगीत बनेको थियो । उनले आफुभन्दा कान्छा निकसँग विहे गरेर केटीले आफुभन्दा बढि उमेरको सँग मात्रै विहे गर्नु पर्छ भन्ने मान्यता तोडेकी छिन् ।

दुवैको विहे भएको ६ महिना बितिसकेको छ । श्रीमान निक र उनको परिवारसँग प्रियंकाको सुमधुर सम्बन्ध रहेको छ । केही दिन अघि मात्रै उनले सासुको फोटो सामाजिक सञ्जालमा राख्दै सासुको जन्म दिनको शुभकामना दिएकी थिइन् । निक र प्रियंकाको जोडीलाई उनका प्रशंसकहरुले पनि मन पराएका छन् । दुवैको भेट एक अमेरिकी टिभी कार्यक्रमको सेटमा भएको थियो । त्यही भेट पछि उनीहरुको सम्बन्ध कस्सिलो बन्दै जाँदा अन्ततः विहेमै परिणत भयो ।

दुबै २०१७ मा एउटा रेड कार्पेटमा सँगै देखा परेका थिए । यतिबेलासम्म उनीहरुको प्रेम गाढा बनिसकेको थियो । उनीहरुको अफेयर्सको विषयलाई लिएर मिडियामा छ्यापछ्याप्ती खबर आउन थाल्यो । त्यसपछि भने उनीहरु सार्वजनिक कार्यक्रममा सँगै देखिएनन् । तर २०१८ मा मेमोरियल डे विकेण्डमा प्रियंका र निकको धेरै निकटको सम्बन्ध झल्काउने फोटो सार्वजनिक भयो ।

यो फोटो सार्वजनिक भएसँगै उनीहरुको सम्बन्धको बारेमा मिडिया पनि दुवै खास सम्बन्धमा रहेको भन्नेमा विश्वस्त बन्यो । प्रियंकाले एउटा अन्तरवार्तामा भनेकी थिइन् उनीहरु दुवै एउटा फिल्मको रेड कार्पेटमा २०१७ मा पहिलो पटक भेटेका थिए । त्यसपछि प्रियंकाले निकलाई आफ्नो घर लगिन् र आमा मधु चोपडासँग पनि भेटाइन् ।

प्रियंकाको भनाई अनुसार उनको ३६ औँ जन्म दिनमा राती १२ बजे ग्रीसमा निकले घुँडा टेक्दै भने ‘के म तिमीलाई यो रिङ लगाइदिन सक्छु ?’ निकको यस्तो प्रस्ताव आउने बित्तिकै प्रियंकाले हुन्छ भन्ने जवाफ दिएपछि दुवै भारत आए र इन्गेजमेन्ट गरे । प्रियंकाले इन्गेजमेन्टको फोटो सोसियल साइटमा राख्दै लेखिन् ‘यो देसी गर्लको मुटु यो विदेसी केटोले चोर्यो’

त्यसपछि दुवैले आफ्नो रिलेसनलाई विहेमा परिणत गरे । गएको डिसेम्बर १ मा इशाई र डिसेम्बर २ मा हिन्दु संस्कार अनुसार प्रियंका र निकको विहे भयो ।

यी अभिनेत्रीको प्रेमा थिए राजेश खन्ना, विहे भए पनि सँगै बस्थे खन्ना
१८ जुलाई २०१२ मा करौडो फ्यानलाई स्तव्द बनाउँदै राजेश खन्नाले संसार छोडेका थिए । खन्नाको फिल्मी यात्राको सुरुवात चेतन आनन्दको फिल्म आखिरी खतबाट सुरु भएको थियो । उनले आफ्नो फिल्मी जीवनमा १८० भन्दा बढि फिल्ममा काम गरे । उनले ३ वर्ष लगातार १५ वटा हिट फिल्म दिएका थिए । लगातार १५ वटा हिट फिल्म दिएका कारण उनलाई बलिउडकै पहिलो सुपरस्टारको उपाधि दिइयो ।

खन्नाको फिल्मी जीवन जति रंगीन थियो, त्यति नै उनको प्रेम जीवन भने विवादित र रंगहिन रह्यो । उनले डिम्पल कपडियासँग विहे गरे । विहे भइसकेपछि उनी टिना मुनिमसँग रिलेसनमा बसे । यो थाहा पाएपछि डिम्पल घर छोडेर हिडिन् । डिम्पल नभएपछि खन्ना टिनासँगै बस्न थाले । उनीहरु कति गहिरो प्रेममा थिए भने खन्नाले कुनै समय दिएको अन्तरवार्ताबाटै थाहा हुन्छ । खन्नाले भनेका थिए ‘टिना र म एउटै टुथ ब्रस प्रयोग गथ्र्यौ ।’

दुई बीचको प्रेमको गठबन्धन कस्सिदै जाँदा टिनाले राजेशलाई विहेको दवाव दिन थालिन् । राजेशले डिम्पलसँग डिभोर्स गरेपछि विहे गर्ने आश्वासन दिए । तर टिनालाई राजेशको कुरामा विश्वार लागेन । उनले सोचिन ‘राजेश मसँग विहे गर्दैनन् ।’ त्यसपछि उनी खन्नाबाट टाढा हुँदै गइन् । भनिन्छ, टिनाले राजेशलाई छोडेर हिडेको समय खन्नाले उनलाई त्यसरी नजान निकै अनुरोध गरेका थिए । तर टिनाले राजेशको अनुरोधलाई वास्तै गरिनन् र छोडेर हिडिन् । र, राजेश खन्ना र टिनाको प्रेम सम्बन्ध खत्तम भयो ।

कविर सिंहको २७ दिनको बक्स अफिस कलेक्सन कति ?
बक्स अफिसमा धेरै वटा रेकर्ड तोड्न सफल साहिद कपुर र कियारा आडबाणी अभिनित फिल्म कविर सिंहको रफ्तारमा कमी आएको छ । कविर सिंहको रफ्तारको कमी हुनुको कारण पछिल्लो शुक्रबार प्रदर्शनमा आएका फिल्महरुलाई मानिएको छ । तर पनि फिल्म चौथो हप्तामा पनि ठीकैसँग चलिरहेको छ । कविर सिंहको अहिलेसम्मको कमाई २६४ करोड भारतीय रुपैयाँ रहेको छ ।

जुलाई १२ प्रदर्शन भएको ऋत्तिक रोशनको फिल्म सुपर ३० कारण कविर सिंहको व्यापार केही खुम्चिएको छ । प्रदर्शन भएको ६ दिनमै ऋतिक अभिनित फिल्म सुपर ३० ले ६५ करोड रुपैयाँको कारोबार गरेको छ । तर जुन २८ मा प्रदर्शन भएको आर्टिकल्स १५ भने कविर सिंहलाई केही असर पुर्याएको थिएन ।

कविर सिंहले गएको शुक्रबार २.५४ करोड, शनिबार ३.७५ करोड, आइतबार ४.०५ करोड, सोमबार १.६५ करोड, मंगलबार १.६० करोड र बुधबार करिब १ करोड रुपैयाँ कमाई गरेको थियो । कबिर सिंह २१ जुनदेखि प्रदर्शनमा आएको थियो । तेलगु हिट फिल्म अर्जुन रेड्डीको रिमेक कविर सिंहलाई शाहिद कपुरको करियरकै सबैभन्दा ब्लकबष्टर फिल्म हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?