अघिअघि स्विस सरकार, पछिपछि नेपाली सेना

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
१९ पटक हेरिएको
Shares
अघिअघि स्विस सरकार, पछिपछि नेपाली सेना

सारांश

  • गोरखा ।
  • पछिपछि नेपाली सेनाले सडक बनाउँदैछ भन्ने थाहा पाउँदापाउँदै स्विस विकास नियोग (एसडीसी) ले नौ करोड खर्च गरेर गोरखामा गोरेटो बाटो बनाइरहेको छ ।
  • पर्यटन विभागसँग समन्वय गरेर एसडीसीले नौ करोड रुपैयाँको लागतमा मनास्लु क्षेत्र जाने पर्यटन पदमार्ग निर्माण गर्न लागेको हो ।

गोरखा । पछिपछि नेपाली सेनाले सडक बनाउँदैछ भन्ने थाहा पाउँदापाउँदै स्विस विकास नियोग (एसडीसी) ले नौ करोड खर्च गरेर गोरखामा गोरेटो बाटो बनाइरहेको छ । पर्यटन विभागसँग समन्वय गरेर एसडीसीले नौ करोड रुपैयाँको लागतमा मनास्लु क्षेत्र जाने पर्यटन पदमार्ग निर्माण गर्न लागेको हो ।

लापुबेसी, माछाखोला, तातोपानी, हुल्चुक, जगत, फिलिम हुँदै लार्के पुग्ने सडक निर्माण गर्न गत वैशाख ११ गतेदेखि नेपाली सेनाले काम गरिरहेको छ । उक्त रुटमा सडक निर्माण गर्न सेनाले गत वर्षदेखि प्रक्रिया सुरु गरेको थाहा पाउँदापाउँदै पर्यटन विभागको अनुमतिमा एसडीसीले सर्भेक्षेत्रभित्रै पर्यटन पदमार्ग निर्माण थालेको हो।

अर्बौ खर्च गर्ने गरी नेपाली सेनाले बेनीघाट, आरुघाट, लार्के सडकको लापुभीरबाट काम सुरु गरेको छ । एसडीसीले पनि लापुबेसीबाटै काम सुरु गरेको हो । अहिलेसम्म करिब तीन किलोमिटर पदमार्ग निर्माण सकिसकेको स्थानीय सुरेश गुरुङले जानकारी दिनुभयो । एसडीसीले लापुबेसीदेखि खानीबेसीसम्म बाटो बनाइसकेको छु, उहाँले भन्नुभयो, हामीले यहाँ सेनाले रोड खन्दैछ भन्ने कुरा धेरै पहिलेदेखि जानकारी गराइसकेका थियौं । तर सुन्दै सुनेनन् । एकै ठाउँमा दुई निकायले काम नगर्न गाउँ तथा जिल्लाका नेता, सांसद, जिल्लाका सीडीओ, एलडीओसमेतले आग्रह गरेका थिए ।

अर्बौं खर्च गर्ने गरी नेपाली सेनाले बेनीघाट, आरुघाट, लार्के सडकको लापुभीरबाट काम सुरु गरेको छ । एसडीसीले पनि लापुबेसीबाटै काम सुरु गरेको हो । अहिलेसम्म करिब तीन किलोमिटर पदमार्ग निर्माण सकिसकेको छ ।

यो कार्यक्रम कहाँबाट कसरी आयो, समन्वय पनि गर्दैन । पछिपछि सेनाले सडक बनाउँदैछ भन्ने जानकारी हामीले लिखित मौखिक रूपमा गराएका थियौुं, उक्त क्षेत्रका जननिर्वाचित सांसद छमबहादुर गुरुङ भन्नुहुन्छ, यो बाटोको औचित्य छैन । वैकल्पिक ठाउँमा बनाउनुस् भनेर कैयौंपटक भन्यौं तर टेर्दैनन् । टेलिफोनमा, भेटेर, पत्रद्वारा धेरै पटक अनुरोध गरिसकेका छौं । जिल्ला दैवी प्रकोप उद्धार समितिले लिखित रूपमा काम गर्ने स्थल परिवर्तन गर्न अनुरोध गरेको उहाँले जानकारी गराउनुभयो ।

तर, एसडीसीका अमन जोन्सेले भने स्विस सरकार र नेपाल सरकारको सहमतिअनुसार काम भएको दाबी गर्नुभयो । सेनाले त्यहाँ काम गर्दैछ भन्ने आफूहरूलाई लिखित जानकारी नभएको उहाँको दाबी छ । हामीले त्यहाँ काम गर्ने भनेर पहिल्यै निर्धारण गरिसकेका थियौं । सेनाले पनि गर्दैछ भनेर नेपाल सरकारले स्विस सरकारलाई जानकारी गराउनुपर्ने हो, त्यसो भएनु, उहाँले भन्नुभयो, अब हामी यो आर्थिक वर्षमा गरिसक्नुपर्ने त गर्नै पर्‍यो ।आउँदो वर्ष गर्ने काम रोक्न बाध्य भएका छौं । अर्को वर्षदेखि काम नगर्नेबारे जिल्ला विकास समिति, जिल्ला दैवी प्रकोप उद्धार समितिलाई जानकारी गराइएको उहाँले बताउनुभयो ।

डुप्लिकेसन हुने गरी काम नगर्न धेरैपटक लिखित र मौखिक जानकारी गराइएको गोरखाका स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले बताउनुभयो । सुरुमा पनि जिल्लामा समन्वय नै नगरी काम गरेको र लिखित मौखिक आग्रह अटेरी गरिरहेको उहाँको भनाइ छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले केही दिनअघि पर्यटन विभागलाई पत्राचार गरेपछि भन्ने बल्ल एसडीसी र पर्यटन विभागबीच यस विषयमा छलफल हुने जानकारी प्राप्त भएको छु, उहाँले भन्नुभयो, काम रोक्नू भन्ने जानकारी भने अझै आएको छैन । अन्नपूर्णपोष्ट बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?