सांसद अमरेश कुमार सिँहलाई लक्षित गरी सर्लाहीमा गोली प्रहार

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
४३ पटक हेरिएको
Shares
सांसद अमरेश कुमार सिँहलाई लक्षित गरी सर्लाहीमा गोली प्रहार

सारांश

  • सर्लाही ।
  • तराई मधेसमा तेस्रो चरणमा हुन लागेको स्थानीय तहको चुनावको अघिल्लो दिन आइतबार राति नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहलाई लक्षित गरी गोली प्रहार भएको छ ।
  • सिंहमाथि लक्षित गरेर गोली प्रहार भएको नेपाली कांग्रेसद्वारा सोमबार बिहान जारी प्रेस नोटमा उल्लेख छ ।

सर्लाही । तराई मधेसमा तेस्रो चरणमा हुन लागेको स्थानीय तहको चुनावको अघिल्लो दिन आइतबार राति नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहलाई लक्षित गरी गोली प्रहार भएको छ ।

सिंहमाथि लक्षित गरेर गोली प्रहार भएको नेपाली कांग्रेसद्वारा सोमबार बिहान जारी प्रेस नोटमा उल्लेख छ । प्रहार भएको गोली सांसद सिंहको सवारी साधनमा लागेको छ ।

सर्लाही वलरा नगरपालिका वडा नं. ३ मा कांग्रेसका महिला उमेदवार चन्द्रिका देवीलाई भेट्न जाँदा आफूमाथि गोली प्रहार गरिएको सिंहले जानकारी दिए ।

सोही नगरपालिकाको वडा नं. ३ मा राजपा नेपालका तर्फबाट अध्यक्षका प्रत्यासी सुशील मिश्राले आफूमाथि गोली प्रहार गरेको सिंहले दाबी गरेका छन् ।

‘मेरो ज्यान लिने उद्देश्यका साथ प्रहार गरिएको गोलीले सवारीमा प्वाल परेको छ’, सांसद सिंहले भनेका छन्, ‘ममाथि गोली प्रहार भएपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीले प्रतिकारमा एक राउण्ड फायर गरेका छन् ।’

सर्लाहीस्थित सुरक्षा स्रोतका अनुसार मिश्रा विहारमा हत्या र अपहरणको मुद्दा खेपिरहेका र खोजीका सूचीमा छन् । राजपा नेपालबाट उम्मेदवार बनेका सुशील मिश्र भारतीय प्रहरीको सूचीमा मोष्ट वान्टेड व्यक्ति हुन् ।

चुनावलाई प्रभावित पार्न अघिल्लो रात आफूमाथि आक्रमणको घटना भएको उल्लेख गर्दै कांग्रेस सांसद सिंहले यसको जानकारी प्रधानमन्त्रीदेखि सुरक्षा निकाय सबैलाई गराएको बताए । उनले शान्तिपूर्ण चुनाव गराउन गृह प्रसासन र सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?