नेपाल चीन रेल्वे बैठकमा चीनले भन्योः रेलका लागि नेपालको तयारी पुगेन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ६, २०७६
|
|
४४ पटक हेरिएको
Shares
नेपाल चीन रेल्वे बैठकमा चीनले भन्योः रेलका लागि नेपालको तयारी पुगेन

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो रेलवे कनेक्टिभिटीमा जोड दिए पनि चिनियाँ पक्षले नेपालले गर्नुपर्ने न्यूनतम तयारीसमेत नगरेको बताएको छ ।
  • बेइजिङमा बिहीबार सम्पन्न नेपाल–चीन रेलवेसम्बन्धी चौथो बैठकमा चीनले केरुङ–काठमाडौं जोड्ने चिनियाँ रेलवेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा छलफल गर्नुअघि मूलभूत तयारीका पाँचवटा बुँदामा टुंगोमा पुग्नुपर्ने प्रस्ताव राख्यो ।
  • चिनियाँ पक्षले राखेका पाँच बुँदामध्ये पहिलोमा पूर्वसम्भाव्यता अध्ययनको गुणस्तर कायम गर्नेबारे गहन अध्ययन जरुरी भएको उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिनजसो रेलवे कनेक्टिभिटीमा जोड दिए पनि चिनियाँ पक्षले नेपालले गर्नुपर्ने न्यूनतम तयारीसमेत नगरेको बताएको छ । बेइजिङमा बिहीबार सम्पन्न नेपाल–चीन रेलवेसम्बन्धी चौथो बैठकमा चीनले केरुङ–काठमाडौं जोड्ने चिनियाँ रेलवेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा छलफल गर्नुअघि मूलभूत तयारीका पाँचवटा बुँदामा टुंगोमा पुग्नुपर्ने प्रस्ताव राख्यो ।

चिनियाँ पक्षले राखेका पाँच बुँदामध्ये पहिलोमा पूर्वसम्भाव्यता अध्ययनको गुणस्तर कायम गर्नेबारे गहन अध्ययन जरुरी भएको उल्लेख छ । चिनियाँ पक्षले नै पूर्वसम्भाव्यता अध्ययन गरी प्रतिवेदन नेपाल सरकारलाई बुझाइसकेको छ । यसमा विशेषगरी प्राविधिक अध्ययन अनुसन्धानको खाँचो चिनियाँ पक्षले औंल्याएको छ ।

दोस्रो बुँदामा इन्जिनियरिङ पक्षका चुनौती कसरी सामना गर्ने भन्नेमा तयारी हुनुपर्ने र तेस्रो बुँदामा भौगर्भिक प्रकोपबाट उत्पन्न चुनौती न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा गहन अध्ययन हुनुपर्नेमा जोड दिइएको छ । त्यस्तै चौथो बुँदामा रेलवेको सुरक्षामा अपनाउनुपर्ने उपायबारे अझै छलफल हुनुपर्ने र पाँचौं बुँदामा पर्यावरणमा पर्ने असर न्यूनीकरणमा वैज्ञानिक र प्राविधिक अध्ययन जरुरी भएको उल्लेख छ । यो समाचार आजको नागरिक दैनिकमा चेतनाथ आचार्यले लेखेका छन् ।

यस वर्षको मनसुन भित्रियो
यस वर्षको मनसुन बिहीबारदेखि नेपाल भित्रिएको छ । नेपालको पूर्वी क्षेत्र हुँदै मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यले जानकारी दिए । विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सुरु भएको औपचारिक जानकारी गराएको छ । मनसुन भित्रिएको जानकारी पाएसँगै अब धान रोपाइँ गर्ने किसानहरूमा खुशी छाएको छ ।

यतिबेला नेपालको इलाम, झापा, मोरङलगायतका पूर्वी तराईका जिल्ला र पहाडको ताप्लेजुङ इलाकामा मनसुनको असर परिरहेको छ ।
विभागका अनुसार पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको छ भने केही दिनभित्रै नेपालभर फैलिने अनुमान गरिएको छ ।

नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्नेगर्छ । यस आधारमा यस वर्षको मनसुन १० दिन ढिलो सुरु भएको हो । मनसुन सुरु हुनै लाग्दा अरब सागरमा उठेको आँधीले मनसुनको गतिविधिमा असर गरेका कारण नेपालमा ढिला गरी मनसुन भित्रिएको मौसमविद्हरू बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुर २ ख बाट नेपाली काँग्रेस प्रदेश सभाका लागि मदनकृष्ण श्रेष्ठ सर्बसम्मत सिफारिस,
भक्तपुर २ ख बाट नेपाली काँग्रेस प्रदेश सभाका लागि मदनकृष्ण श्रेष्ठ सर्बसम्मत सिफारिस,
एक्काइस तालिबान मारिए, २१ गाउँ पुनः कब्जा
एक्काइस तालिबान मारिए, २१ गाउँ पुनः कब्जा
चुरोट तान्दै देखा परिन् प्रियंका चोपडा, नराम्रोसँग ट्रोलको सिकार बनिन्
चुरोट तान्दै देखा परिन् प्रियंका चोपडा, नराम्रोसँग ट्रोलको सिकार बनिन्
सर्जक तथा गायक कृष्ण सुवेदीको बोत्तल ठडाउने तिज गितले र्चचा कमाउदै (भिडियो सहित)
सर्जक तथा गायक कृष्ण सुवेदीको बोत्तल ठडाउने तिज गितले र्चचा कमाउदै (भिडियो सहित)
बोल्दाबोल्दै फोन काटियो ? नआत्तिनुस् अब क्षतिपूर्ति पाइन्छ
बोल्दाबोल्दै फोन काटियो ? नआत्तिनुस् अब क्षतिपूर्ति पाइन्छ
विजयप्रकाश र सांसद सूर्य पाठकबीच जुहारी
विजयप्रकाश र सांसद सूर्य पाठकबीच जुहारी
सिन्की अचार… पनि रिमेक भर्सनमा:भिडियोमा यसरी प्रस्तुत भईन सुप्रिया..
सिन्की अचार… पनि रिमेक भर्सनमा:भिडियोमा यसरी प्रस्तुत भईन सुप्रिया..
राष्ट्रपतिद्वारा अपांग दिवस एवं उधौलीको शुभकामना
राष्ट्रपतिद्वारा अपांग दिवस एवं उधौलीको शुभकामना
सरकारले खटाएको ठाउँमा कर्मचारी नगएसम्म अब सरुवा हुन नपाउने
सरकारले खटाएको ठाउँमा कर्मचारी नगएसम्म अब सरुवा हुन नपाउने
खड्का र भण्डारी दशककै उत्कृष्ट खेलाडी
खड्का र भण्डारी दशककै उत्कृष्ट खेलाडी