२० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ
सारांश
- काठमाडौं, ३ भदौ ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ एमएमको २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेका छन् ।
- पक्राउ पर्नेमा चितवन स्थायी घर भइ हाल काठमाडौंको सामाखुशी बस्दै आएका ४१ वर्षीय भारतीय सेनाका कर्नेल बलबहादुर पुन छन् ।
काठमाडौं, ३ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ एमएमको २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ परेका छन् ।पक्राउ पर्नेमा चितवन स्थायी घर भइ हाल काठमाडौंको सामाखुशी बस्दै आएका ४१ वर्षीय भारतीय सेनाका कर्नेल बलबहादुर पुन छन् ।
बुद्ध एयरको विमानबाट पोखरा जान लागेको अवस्थामा डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचको क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।विमानस्थल प्रहरीको टोलीले आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो ।हाल उनलाई महानगरीय प्रहरी वृत्त, गौशालामा राखिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया