प्रदेश सभामुख अधिकारीलाई महराद्वारा स्वास्थ्यलाभको कामना
सारांश
- काठमाडौं, २९ बैशाख ।
- संघीय संसदका सभामुख कृष्णबहादुर महराले प्रदेश नं.
- ४ का सभामुख नेत्रनाथ अधिकारीको स्वास्थ्य अवस्था बुझेका छन् ।
काठमाडौं, २९ बैशाख । संघीय संसदका सभामुख कृष्णबहादुर महराले प्रदेश नं. ४ का सभामुख नेत्रनाथ अधिकारीको स्वास्थ्य अवस्था बुझेका छन् । महराले ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी हस्पिटल पुगेर प्रदेश सभामुख अधिकारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
शौचालयमा लडेर घाइते भएका प्रदेश सभामुख अधिकारीलाई महराले स्वास्थ्य लाभको कामना गरे । डाक्टरहरुले खतरामुक्त भएको बताएको उल्लेख गर्दै सभामुख महराले अधिकारीलाई आफूहरु साथमा रहेको भन्दै नआत्तिन आग्रह गरेका थिए ।
उपचारमा सक्रिय डाक्टरहरुले अधिकारी खतरामुक्त रहेको र उपचार चलिरहेको सभामुख महरालाई बताएका थिए । सभामुख महराले अधिकारीको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई आग्रह गरेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया