अघिल्लो निर्वाचनको लागि दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३१, २०७९
|
|
२६ पटक हेरिएको
Shares
अघिल्लो निर्वाचनको लागि दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने

सारांश

  • काठमाडौं।
  • निर्वाचन आयोगले २०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने बताएको छ।
  • आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

काठमाडौं। निर्वाचन आयोगले २०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरेको उम्मेदवारको बन्दसूची असोज १ गते राति १२ बजेदेखि कायम नरहने बताएको छ। आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

‘२०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची २०७९ असोज १ गते राति १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ,’ विज्ञप्तिमा आयोगले भनेको छ।

राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको यही भदौ २८ गतेको पत्र तथा भदौ २९ गतेको राजनीतिक दलसँगको बैठक वाट प्राप्त सुझाव समेतका आधारमा उक्त निर्णय गरिएको आयोगले जनाएको छ।

‘आयोगले गरेको उक्त निर्णयको जानकारी प्रतिनिधि सभा, प्रदेश सभा, संघीय संसद राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र राजनितिक दलहरुलाई दिने तथा नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय समेत गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?