माेटरसाइकल दुर्घटना मा २ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
माेटरसाइकल दुर्घटना मा २ को मृत्यु

सारांश

  • सिराहा, २८ असार ।
  •   सिरहा को धनगढीमाई नगरपालिका–११ छप्रारीस्थित सडकमा स४ प ४३७५ नम्बरको मोटरसाइकललाई ज७ प १४१२ नम्बरको मोटरसाइकलले बुधबार ठक्कर दिंदा भएको दुर्घटनामा दुबै मोटरसाइकलमा सवार ४ जना घाइते भएका छन ।
  • घाईते हरु को उपचार को लागि धनगढी स्थित श्रमजिबी अस्पताल सोनापुर पठाइए छ ।

सिराहा, २८ असार ।  सिरहा को धनगढीमाई नगरपालिका–११ छप्रारीस्थित सडकमा स४ प ४३७५ नम्बरको मोटरसाइकललाई ज७ प १४१२ नम्बरको मोटरसाइकलले बुधबार ठक्कर दिंदा भएको दुर्घटनामा दुबै मोटरसाइकलमा सवार ४ जना घाइते भएका छन ।

घाईते हरु को उपचार को लागि धनगढी स्थित श्रमजिबी अस्पताल सोनापुर पठाइए छ ।

मोटरसाइकलमा सवार ३७ वर्षीया रामकुमारी चौधरीलाई थप उपचारको लागि लहान तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

यसैगरी सप्तरी को खडक नगरपालिका–८ बिसनपुर चोकमा बा७० प ८०९२ नम्बरको मोटरसाइकल लाई ना५ ख ४८१७ नम्बरको बसले बुधबार ठक्कर दिंदा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका–२ बस्ने ३५ वर्षीय रुपेश चौधरी र मोटरसाइकलमा सवार २० वर्षीय रोशन चौधरी घाइते भएका छन ।

उपचारको लागि सप्तऋषि अस्पताल लहान सिरहा पठाइएकोमा उपचारको क्रममा रुपेशको मृत्यु भएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?