नौमूले बन्यो पर्यटकीय केन्द्र

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
२२ पटक हेरिएको
Shares
नौमूले बन्यो पर्यटकीय केन्द्र

सारांश

  • दैलेख, २ असोज ।
  • नौमूले गाउँपालिकाका अध्यक्ष भदे बूढा आफँै अचम्ममा हुनुहुन्छ ।
  • सशस्त्र द्वन्द्वको समयमा दुई महिनासम्म विस्थापित भएर दैलेख सदरमुकाम बस्नुभएका सन्तबहादुर चन्द भन्नुहुन्छ, “नौमूले यस्तो होला भनेर कल्पना पनि गरेको थिएनँ ।

दैलेख, २ असोज । नौमूले गाउँपालिकाका अध्यक्ष भदे बूढा आफँै अचम्ममा हुनुहुन्छ । सशस्त्र द्वन्द्वको समयमा दुई महिनासम्म विस्थापित भएर दैलेख सदरमुकाम बस्नुभएका सन्तबहादुर चन्द भन्नुहुन्छ, “नौमूले यस्तो होला भनेर कल्पना पनि गरेको थिएनँ । दाम्लोमा बाँधिएका गाईभैँसी दाम्लोमै छोडेर सुरक्षित स्थान खोजी गर्दै हजारौँ नौमूलेका बासिन्दा विस्थापित भएका थियौँ ।’’मुलुक शान्ति प्रक्रियामा गएपछि नौमूलेलगायत द्वन्द्वबाट बढी प्रभावित बन्न पुगेका वस्तीमा विगतमा विस्थापित भएकाहरु घर फर्किएसँगै बाहिरबाट पनि मानिस आएर वसोवास गर्न थालेपछि नयाँ रौनक थपिएको छ । द्वन्द्वलाई नजिकबाट निहालेका गणेश सलामी भन्नुहुन्छ, ‘‘नौमूले यसरी परिवर्तन होला भनेर सोचेको पनि थिइन् ।

तत्कालीन द्वन्द्वका कारण मसानघाटझैँ बनेको नौमूले अहिले पर्यटकको केन्द्र बन्दैछ । कुनै समय गाउँमा कसैको मृत्यु हुँदा मलामी पाउन मुस्किल थियो । २०५७ सालमा माओवादी विद्रोहीले नौमूलेमा रहेको प्रहरी चौकीमा आक्रमण गर्दा ३५ प्रहरीले ज्यान गुमाएका थिए भने तत्कालीन विद्रोहीतर्फका आठ लडाकू मारिएका थिए ।उहाँ भन्नुहुन्छ, “अहिले नौमूलेमा घडेरीसमेत पाउन मुस्किल छ । एक मिटर जग्गाको मूल्य रु तीन लाख ५० हजार पुग्यो । गाईभैँसी दाम्लोमै छोडेर सुरक्षित स्थान खोज्दै हिँडेका व्यक्ति घर फर्किएका छन् । नौमूले बजार अहिले पक्की भवनले भरिभराउ हुन थालेको छ । साना झुपडी पक्की घरमा बदलिएका छन् ।”

गाउँपालिकाका आठवटै वडामा जोड्ने सडकलाई पक्की गर्ने र दैलेखदेखि नौमूले पुग्ने मुख्य सडक यसै वर्ष कालोपत्रे गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष भदे बूढाले बताउनुभयो । गत वर्ष रु एक करोड १० लाख रकम खर्च गरिएको १४ किलोमिटर सडक दुईतर्फी चौडा बनाइएको छ । वर्षात्का कारण धेरै स्थानमा पहिरो खसेको भए पनि दशैँ अघिदेखि पुनः काम शुरु हुने बूढाले बताउनुभयो ।आठवटा वडाको मुख्य केन्द्र मानिएको नौमूले बजार, गाउँपालिका बनेपछि परिवर्तन भएको छ । नौमूलेमै निर्माण शुरु गरिएका चारवटा जलविद्युत् आयोजनाले पनि यो क्षेत्रको आर्थिक अवस्था सुधारमा महत्वपूर्ण योगदान पु¥याउने देखिएको छ ।

तीनचुले लेक, द्वारी झरना, महाबु क्षेत्रलगायत जडीबुटीको प्रशस्त सम्भावना रहेको नौमूलेमा अहिले आन्तरिक र बाह्य पर्यटकसमेत बढेको प्रमुख प्रशासकीय अधिकृत हरि खत्रीले बताउनुभयो । यहाँ भएको जडीबुटीको प्रशोधन र संरक्षण मनमोहक लेक र झरना नौमूलेको पर्यटनका आकर्षक स्थल रहेको खत्रीले जानकारी दिनुभयोे । गाउँपालिका घुम्न आउने पर्यटकलाई घरवासमा बस्ने व्यवस्था मिलाइने छ ।शैक्षिक क्षेत्रमा उल्लेख्य फड्को मार्न नसकेको नौमूलेमा अहिले ४८ वटा सामुदायिक चार संस्थागत विद्यालय रहेका छन् । विद्यालय सङ्ख्याको आधारमा शिक्षक दरबन्दी न्यून भएकाले शैक्षिक अनुदानको व्यवस्था गरेर गाउँपालिकाले शैक्षिक क्षेत्रको सुधारसँगै विद्यालय समायोजनको काम शुरु गरेको नौमूले गाउँपालिकाका शिक्षा शाखाका प्रमुख झलक कोइरालाले बताउनुभयो ।

नौमूलेको पूर्वाधार विकासका लागि सात वर्षदेखि नमूना वस्ती विकास आयोजना कार्यक्रम लागू गरिएको छ । वस्ती विकासअन्तर्गतका कतिपय काम प्रभावकारी नभएको गुनासो स्थानीयले बारम्बार उठाउँदै आएका छन् ।स्थानीय सरकारले अनुगमन र रेखदेखको जिम्मेवारीको दायरा बढाउँदै विकासमा सुशासन र पारदर्शिता कायम गर्न पनि स्थानीयवासीले सुझाव दिएका छन् । नौमूले गाउँपालिकामा रहेका मनोरम दृश्यावलोकन गर्न पनि अहिले सयौँ पर्यटक यहाँ पुग्न थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ को प्रहरी ऐनप्रति प्रचण्डकोअसन्तुष्टि
प्रदेश २ को प्रहरी ऐनप्रति प्रचण्डकोअसन्तुष्टि
ऋषि धमलाकै अगाडि श्रीमति एलिजाले ब्वाईफ्रेण्डको बारेमा बोलेपछि हंगामा !(भिडियाेसहित)
ऋषि धमलाकै अगाडि श्रीमति एलिजाले ब्वाईफ्रेण्डको बारेमा बोलेपछि हंगामा !(भिडियाेसहित)
रुकुम(पश्चिम)का २ मतदान केन्द्र : पुनः मतदानमा कम मत खस्यो
रुकुम(पश्चिम)का २ मतदान केन्द्र : पुनः मतदानमा कम मत खस्यो
रुसमा उत्पादिन कोरोना भ्याक्सिन सर्वसाधारणमा प्रयोग गरिदै
रुसमा उत्पादिन कोरोना भ्याक्सिन सर्वसाधारणमा प्रयोग गरिदै
उपरथी हमाल फोर्स कमान्डरमा नियुक्त
उपरथी हमाल फोर्स कमान्डरमा नियुक्त
एसियाड क्रिकेटमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा
एसियाड क्रिकेटमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा
स्वास्थ्यको कारण देखाउँदै जापानी प्रधानमन्त्रीले दिए राजिनामा
स्वास्थ्यको कारण देखाउँदै जापानी प्रधानमन्त्रीले दिए राजिनामा
मनाङमा पहिलो पटक ३३/११ केभीको सबस्टेसन सञ्चालनमा
मनाङमा पहिलो पटक ३३/११ केभीको सबस्टेसन सञ्चालनमा
एसियाकै उत्कृष्ट नमुनाः क्लब फरेनहाइट ठमेलमा
एसियाकै उत्कृष्ट नमुनाः क्लब फरेनहाइट ठमेलमा
जानकी मन्दिरबाट अाेली–माेदीकाे सम्बाेधनः दुवैले गरे एकअर्काकाे प्रशंसा
जानकी मन्दिरबाट अाेली–माेदीकाे सम्बाेधनः दुवैले गरे एकअर्काकाे प्रशंसा

तपाईंले छुटाउनुभयो कि?