दैलेखमा प्रहरी र जुवाडेबिच झडप, ४ राउण्ड हवाई फायर

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २४, २०७५
|
|
१६ पटक हेरिएको
Shares
दैलेखमा प्रहरी र जुवाडेबिच झडप, ४ राउण्ड हवाई फायर

सारांश

  • काठमाडौँ,  २४ कात्तिक ।
  •   दैलेखमा प्रहरी र जुवाडेको समूहबीच झडप हुँदा इन्सपेक्टरसहित दुईजना प्रहरी घाइते भएका छन् ।
  • दुल्लू नगरपालिका–७ मा गस्तीमा रहेको प्रहरीटोलीमाथि जुवा खेल्न पाउनुपर्ने भन्दै जुवाडेको समुहले आक्रमण गरेको हो ।

काठमाडौँ,  २४ कात्तिक ।  दैलेखमा प्रहरी र जुवाडेको समूहबीच झडप हुँदा इन्सपेक्टरसहित दुईजना प्रहरी घाइते भएका छन् । दुल्लू नगरपालिका–७ मा गस्तीमा रहेको प्रहरीटोलीमाथि जुवा खेल्न पाउनुपर्ने भन्दै जुवाडेको समुहले आक्रमण गरेको हो । जुवाडेले प्रहार गरेको ढुंगा लागेर प्रहरी निरीक्षक बजीरसिंह बिष्ट र प्रहरी सहायक निरीक्षक सुजन कुमार खड्का घाइते भएका हुन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बाटो अवरुद्ध गरेर जुवा खेलीरहेका बेला नियन्त्रण गर्न गएको प्रहरी टोलीमाथि झण्डै ५० जनाको समूहमा रहेका जुवाडेले आक्रमण गरेको दैलेखका प्रहरी प्रमुख प्रहरी प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । उनले झडपको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायर गरेको पनि जानकारी दिए । त्यहाँ प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोली तैनाथ रहेको पोखरेलले बताए । हवाई फायर पछि स्थिति नियन्त्रणमा आएको थियो ।

घटनाबारे बुझ्न अहिले प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पोखरेल र प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलको टोली घटनास्थल पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?